Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३

  • Ajnabee Khadka
  • May 08, 2026
  • 669

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३

Constitutional Council (Functions, Duties, Powers and Procedures) (First Amendment) Ordinance, 2083
अध्यादेशको आधारभूत जानकारी
  • अध्यादेशको नाम: संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३
  • नेपाल राजपत्रमा प्रकाशित मिति: २०८३/०१/२२
  • अध्यादेश नम्बर: संवत् २०८३ सालको अध्यादेश नं. ०८
  • संवैधानिक आधार: नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट जारी भएको,
  • संशोधन गरिएको मूल ऐन: संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६
मुख्य संशोधन तथा व्यवस्थाहरू
  • बैठक सम्बन्धी कार्यविधि (दफा ६):
    • परिषद्को बैठक आवश्यकता अनुसार अध्यक्ष (प्रधानमन्त्री) ले तोकेको मिति, समय र स्थानमा बस्ने,
    • बैठक बस्नुभन्दा कम्तीमा ४८ घण्टा अगावै सचिवले सदस्यहरूलाई कार्यसूची सहितको सूचना पठाउनुपर्ने; यस्तो सूचना लिखित वा आधिकारिक विद्युतीय माध्यमबाट पठाउन सकिने,
  • गणपूरक संख्या (कोरम): अध्यक्ष र कम्तीमा तीन जना सदस्यहरू गरी कम्तीमा चार जना उपस्थित भएमा परिषद्को बैठकका लागि गणपूरक संख्या पुगेको मानिने,
  • निर्णय प्रक्रिया:
    • बैठकमा पेस भएको प्रत्येक विषयको निर्णय सर्वसम्मतिको आधारमा हुने,
    • सर्वसम्मति हुन नसकेमा बहुमतको आधारमा निर्णय हुन सक्ने व्यवस्था गरिएको,
  • बहुमतको व्याख्या:
    • अध्यक्ष र ५ जना सदस्य उपस्थित भएमा: अध्यक्ष सहित कम्तीमा ३ जनाको निर्णय,
    • अध्यक्ष र ४ जना सदस्य उपस्थित भएमा: अध्यक्ष र कम्तीमा २ जना सदस्य गरी ३ जनाको निर्णय,
    • अध्यक्ष र ३ जना सदस्य उपस्थित भएमा: अध्यक्ष र २ जना सदस्य गरी ३ जनाको निर्णय,
  • संसदीय सुनुवाइ सम्बन्धी व्यवस्था (दफा ७):
    • संसदीय सुनुवाइ समितिले कुनै व्यक्ति नियुक्तिका लागि उपयुक्त नभएको निर्णय गरेमा सोको जानकारी परिषद्लाई गराउनुपर्ने,
    • त्यस्तो जानकारी प्राप्त भएमा परिषद्ले पुनः अर्को बैठक बसी अर्को व्यक्तिको नाम सिफारिस गर्नुपर्ने प्रावधान थपिएको,

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 68
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 314
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 265
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 295
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 407
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA