Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३

  • Ajnabee Khadka
  • May 07, 2026
  • 476

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३

Constitutional Council (Functions, Duties, Powers and Procedures) (First Amendment) Ordinance, 2083
अध्यादेशको आधारभूत जानकारी
  • अध्यादेशको नाम: संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३
  • नेपाल राजपत्रमा प्रकाशित मिति: २०८३/०१/२२
  • अध्यादेश नम्बर: संवत् २०८३ सालको अध्यादेश नं. ०८
  • संवैधानिक आधार: नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट जारी भएको,
  • संशोधन गरिएको मूल ऐन: संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६
मुख्य संशोधन तथा व्यवस्थाहरू
  • बैठक सम्बन्धी कार्यविधि (दफा ६):
    • परिषद्को बैठक आवश्यकता अनुसार अध्यक्ष (प्रधानमन्त्री) ले तोकेको मिति, समय र स्थानमा बस्ने,
    • बैठक बस्नुभन्दा कम्तीमा ४८ घण्टा अगावै सचिवले सदस्यहरूलाई कार्यसूची सहितको सूचना पठाउनुपर्ने; यस्तो सूचना लिखित वा आधिकारिक विद्युतीय माध्यमबाट पठाउन सकिने,
  • गणपूरक संख्या (कोरम): अध्यक्ष र कम्तीमा तीन जना सदस्यहरू गरी कम्तीमा चार जना उपस्थित भएमा परिषद्को बैठकका लागि गणपूरक संख्या पुगेको मानिने,
  • निर्णय प्रक्रिया:
    • बैठकमा पेस भएको प्रत्येक विषयको निर्णय सर्वसम्मतिको आधारमा हुने,
    • सर्वसम्मति हुन नसकेमा बहुमतको आधारमा निर्णय हुन सक्ने व्यवस्था गरिएको,
  • बहुमतको व्याख्या:
    • अध्यक्ष र ५ जना सदस्य उपस्थित भएमा: अध्यक्ष सहित कम्तीमा ३ जनाको निर्णय,
    • अध्यक्ष र ४ जना सदस्य उपस्थित भएमा: अध्यक्ष र कम्तीमा २ जना सदस्य गरी ३ जनाको निर्णय,
    • अध्यक्ष र ३ जना सदस्य उपस्थित भएमा: अध्यक्ष र २ जना सदस्य गरी ३ जनाको निर्णय,
  • संसदीय सुनुवाइ सम्बन्धी व्यवस्था (दफा ७):
    • संसदीय सुनुवाइ समितिले कुनै व्यक्ति नियुक्तिका लागि उपयुक्त नभएको निर्णय गरेमा सोको जानकारी परिषद्लाई गराउनुपर्ने,
    • त्यस्तो जानकारी प्राप्त भएमा परिषद्ले पुनः अर्को बैठक बसी अर्को व्यक्तिको नाम सिफारिस गर्नुपर्ने प्रावधान थपिएको,

Categories

  • Current Affairs 741
  • Gorkhapatra 333
  • Others 1136
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

International Youth Day, 2026
Current Affairs

अन्तराष्ट्रिय युवा दिवस, २०२६

  • Aug 12, 2026
  • 32
Importance of Legal Awareness: Topical Q&A (27 Shrawan 2083, Wednesday)
Gorkhapatra

कानुनी सचेतनाको महत्व: विषयगत प्रश्नोत्तर (२७ साउन २०८३, बुधबार)

  • Aug 12, 2026
  • 16
Public Service Preparation Special: Objective Questions and Answers (27 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२७ साउन २०८३, बुधबार)

  • Aug 12, 2026
  • 86
New One Day (ODI) Captain of Nepali National Men's Cricket Team — Sandeep Lamichhane
Current Affairs

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको नयाँ एकदिवसीय (ODI) कप्तान — सन्दीप लामिछाने

  • Aug 11, 2026
  • 73
Gandaki Pradesh, Fifth - 2083/04/23
Past Questions

गण्डकी प्रदेश, पाँचौ तह - २०८३/०४/२३

  • Aug 11, 2026
  • 313
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA