Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालका संविधानहरू र मस्यौदा समितिका अध्यक्षहरू

  • Ajnabee Khadka
  • May 23, 2026
  • 151

नेपालका संविधानहरू र मस्यौदा समितिका अध्यक्षहरू

Constitutions of Nepal and Chairmen of Drafting Committees
संविधानको नाम
मस्यौदा समितिका अध्यक्ष वा नेतृत्व
मुख्य सदस्यहरू र थप विवरण
नेपाल सरकार वैधानिक कानून, २००४
सिंहशमशेर ज.ब.रा (वैधानिक सुधार समितिको अध्यक्ष)
  • राणा प्रधानमन्त्री पद्मशमशेर ज.ब.राद्वारा घोषणा
  • मस्यौदा तयार गर्न भारतीय विशेषज्ञहरू (श्री प्रकाश गुप्ता, डा. रामउग्र सिंह र रघुनाथ सिंह) लाई आमन्त्रण गरिएको,
नेपालको अन्तरिम शासन विधान, २००७
भगवतीप्रसाद सिंह (मस्यौदा आयोगको नेतृत्व)
  • मन्त्रिमण्डलबाट स्वीकृत मस्यौदालाई राजा त्रिभुवनले प्रमाणीकरण गरी वि.सं. २००७ चैत २९ गते सार्वजनिक रूपमा घोषणा गरेका,
नेपाल अधिराज्यको संविधान, २०१५
भगवतीप्रसाद सिंह ("संविधान मस्यौदा कमिसन" को अध्यक्ष)
  • राजा महेन्द्रको २०१४ माघ १९ गतेको शाही घोषणाको आधारमा वि.सं. २०१४ चैत ३ गते ५ सदस्यीय मस्यौदा कमिसन गठन गरिएको,
    • सदस्यहरू: रामराज पन्त, रुद्रप्रसाद ज्ञवाली र सूर्यप्रसाद उपाध्याय
    • सदस्य-सचिव: रामराज पन्त
    • विशेषज्ञ: सर आइभर जेनिङ्स (Sir Ivor Jennings); बेलायतका प्रख्यात संविधानविद्
नेपालको संविधान, २०१९
ऋषिकेश शाह ("संविधान मस्यौदा आयोग" को अध्यक्ष)
  • वि.सं. २०१९ साल वैशाख २६ गते कूटनीतिज्ञ ऋषिकेश शाहको अध्यक्षतामा ६ सदस्यीय 'संविधान मस्यौदा आयोग' गठन गरेका;
    • सदस्यहरू: शम्भुप्रसाद ज्ञवाली, प्रकाशबहादुर खत्री, श्रीमती अंगुरबाबा जोशी र डम्बरनारायण यादव
    • सदस्य-सचिव: कुलशेखर शर्मा
नेपाल अधिराज्यको संविधान, २०४७
विश्वनाथ उपाध्याय ("संविधान सुझाव आयोग" को अध्यक्ष)
  • तत्कालीन राजा वीरेन्द्रले वि.सं. २०४७ जेठ १६ गते विश्वनाथ उपाध्यायको अध्यक्षतामा ९ सदस्यीय "संविधान सुझाव आयोग" गठन गरेका,
नेपालको अन्तरिम संविधान, २०६३
लक्ष्मण प्रसाद अर्याल ("अन्तरिम संविधान मस्यौदा समिति" को अध्यक्ष)
  • पूर्व न्यायाधीश लक्ष्मण प्रसाद अर्यालको अध्यक्षतामा १६ सदस्यीय मस्यौदा समिति गठन गरिएको,
नेपालको संविधान (२०७२)
कृष्ण प्रसाद सिटौला ("संविधान मस्यौदा समिति" को सभापति (अध्यक्ष))
  • संविधान मस्यौदा समितिमा अधिकतम ७३ जना सदस्य रहने कानुनी व्यवस्था,
  • मस्यौदा समिति अध्यक्ष सिटौला थिए भने संवाद समितिको नेतृत्व डा. बाबुराम भट्टराईले गरेका, 
  • संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङले यसलाई प्रमाणीकरण गरेका,

 

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 31
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 28
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 27
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 27
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 101
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA