Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३

  • Ajnabee Khadka
  • May 02, 2026
  • 1729

सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३

Cooperatives (First Amendment) Ordinance, 2083

आधारभूत जानकारी:

  • अध्यादेशको नाम: सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३
  • प्रमाणीकरण मिति: २०८३/०१/१७
  • जारी गर्ने निकाय: मन्त्रिपरिषद्को सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट
  • संवैधानिक आधार: नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम 
  • मुख्य उद्देश्य: सहकारी ऐन, २०७४ लाई तत्काल संशोधन गरी सहकारी क्षेत्रको नियमन र बचतकर्ताको सुरक्षा मजबुत बनाउने,
मुख्य परिभाषाहरूमा गरिएका परिवर्तन:
  • इजाजतपत्र: बचत तथा ऋणको मुख्य कारोबार गर्न 'प्राधिकरण' बाट प्राप्त गर्नुपर्ने सञ्चालन अनुमति (अपेरेटिङ लाइसेन्स)
  • परिवारको दायरा: सदस्यका पति, पत्नी, छोरा, छोरी, बुहारी, ज्वाइँदेखि लिएर पाल्नुपर्ने दाजु, भाइ, दिदी, बहिनी र सासू-ससुरासम्मलाई समेटिएको,
  • नातेदारको थप: काका-काकी, भतिजा-भतिजी, मामा-माइजु, साला-साली लगायतका फराकिलो नाता सम्बन्धलाई 'नातेदार' भित्र समावेश गरिएको,
  • बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्था: जसको कुल सम्पत्ति वा दायित्वमा बचत वा ऋणको अनुपात ५० प्रतिशतभन्दा बढी छ वा जसको कुल बचत वा ऋण लगानी २५ करोड रुपैयाँभन्दा बढी,
नियमन र इजाजतपत्र सम्बन्धी व्यवस्था:
  • अनिवार्य लाइसेन्स: बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीले अध्यादेश प्रारम्भ भएको एक वर्षभित्र 'प्राधिकरण' बाट इजाजतपत्र लिनुपर्ने,
  • नवीकरण: यस्तो इजाजतपत्र वार्षिक रूपमा नवीकरण गर्नुपर्ने,
  • प्राधिकरणको अधिकार: प्राधिकरणले सहकारीहरूको अनुगमन, निरीक्षण र सुपरिवेक्षण गर्नेछ र निर्देशिका वा कार्यविधि बनाएर लागू गर्न सक्ने,
  • निक्षेप सुरक्षण: सहकारीहरूले प्रचलित कानून बमोजिम स्थापना भएको निक्षेप तथा कर्जा सुरक्षण कोषको सदस्यता लिई बचत र कर्जाको सुरक्षा गर्नुपर्ने,
बचतकर्ताको सुरक्षा र राहत कोष:
  • चक्रीय राहत कोष (Cyclical Relief Fund): समस्याग्रस्त सहकारीका सदस्यहरूलाई तत्काल बचत फिर्ता गर्ने प्रयोजनका लागि नेपाल सरकारले व्यवस्थापन समितिमा यो कोष स्थापना गर्न सक्ने,
  • कोषको स्रोत: नेपाल सरकारबाट प्राप्त रकम, सम्बन्धित संस्थाबाट शोधभर्ना भएको रकम र अन्य स्रोतहरू,
  • ब्याज सीमा: सहकारीले लिने कुल ब्याज सावाँ रकमभन्दा बढी नहुने,
रोक र प्रतिबन्धहरू:
  • सहकारी सङ्घहरूलाई रोक: सहकारी सङ्घहरूले बचत तथा ऋणको कारोबार गर्न नपाउने (हाल गरिरहेका सङ्घहरूले ३ वर्षभित्र यस्तो कारोबार बन्द गर्नुपर्ने)
  • सञ्चालक र नातेदारलाई कारबाही: समस्याग्रस्त सहकारीका सञ्चालक, व्यवस्थापक, कर्मचारी र तिनका परिवारका सदस्य वा नातेदारको समेत चल-अचल सम्पत्ति, बैंक खाता र सेयर रोक्का गर्न सकिने,
  • विदेश यात्रामा प्रतिबन्ध: बचत फिर्ता नगर्ने वा ठगीमा संलग्न देखिएका सञ्चालक र सम्बन्धित व्यक्तिहरूलाई विदेश यात्रामा प्रतिबन्ध लगाउन सकिने व्यवस्था गरिएको,
अन्य महत्वपूर्ण व्यवस्थाहरू:
  • कर्जा सूचना केन्द्र: बचत तथा ऋण सहकारीका हकमा प्राधिकरणले र अन्यको हकमा विभागले कर्जा सूचना केन्द्रसँग समन्वय गर्ने,
  • कार्यक्षेत्र अनुसारको नियमन: प्रदेश र स्थानीय तहको कार्यक्षेत्र भएका सहकारीको दर्ता र नियमन संघीय कानूनको प्रतिकूल नहुने गरी सम्बन्धित तहको कानून बमोजिम हुने,
  • हिसाव जाँच: बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको हिसाव जाँच प्राधिकरणले गर्न सक्ने,
 

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 72
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 321
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 271
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 298
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 413
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA