Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३

  • Ajnabee Khadka
  • May 02, 2026
  • 864

सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३

Cooperatives (First Amendment) Ordinance, 2083

आधारभूत जानकारी:

  • अध्यादेशको नाम: सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३
  • प्रमाणीकरण मिति: २०८३/०१/१७
  • जारी गर्ने निकाय: मन्त्रिपरिषद्को सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट
  • संवैधानिक आधार: नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम 
  • मुख्य उद्देश्य: सहकारी ऐन, २०७४ लाई तत्काल संशोधन गरी सहकारी क्षेत्रको नियमन र बचतकर्ताको सुरक्षा मजबुत बनाउने,
मुख्य परिभाषाहरूमा गरिएका परिवर्तन:
  • इजाजतपत्र: बचत तथा ऋणको मुख्य कारोबार गर्न 'प्राधिकरण' बाट प्राप्त गर्नुपर्ने सञ्चालन अनुमति (अपेरेटिङ लाइसेन्स)
  • परिवारको दायरा: सदस्यका पति, पत्नी, छोरा, छोरी, बुहारी, ज्वाइँदेखि लिएर पाल्नुपर्ने दाजु, भाइ, दिदी, बहिनी र सासू-ससुरासम्मलाई समेटिएको,
  • नातेदारको थप: काका-काकी, भतिजा-भतिजी, मामा-माइजु, साला-साली लगायतका फराकिलो नाता सम्बन्धलाई 'नातेदार' भित्र समावेश गरिएको,
  • बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्था: जसको कुल सम्पत्ति वा दायित्वमा बचत वा ऋणको अनुपात ५० प्रतिशतभन्दा बढी छ वा जसको कुल बचत वा ऋण लगानी २५ करोड रुपैयाँभन्दा बढी,
नियमन र इजाजतपत्र सम्बन्धी व्यवस्था:
  • अनिवार्य लाइसेन्स: बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीले अध्यादेश प्रारम्भ भएको एक वर्षभित्र 'प्राधिकरण' बाट इजाजतपत्र लिनुपर्ने,
  • नवीकरण: यस्तो इजाजतपत्र वार्षिक रूपमा नवीकरण गर्नुपर्ने,
  • प्राधिकरणको अधिकार: प्राधिकरणले सहकारीहरूको अनुगमन, निरीक्षण र सुपरिवेक्षण गर्नेछ र निर्देशिका वा कार्यविधि बनाएर लागू गर्न सक्ने,
  • निक्षेप सुरक्षण: सहकारीहरूले प्रचलित कानून बमोजिम स्थापना भएको निक्षेप तथा कर्जा सुरक्षण कोषको सदस्यता लिई बचत र कर्जाको सुरक्षा गर्नुपर्ने,
बचतकर्ताको सुरक्षा र राहत कोष:
  • चक्रीय राहत कोष (Cyclical Relief Fund): समस्याग्रस्त सहकारीका सदस्यहरूलाई तत्काल बचत फिर्ता गर्ने प्रयोजनका लागि नेपाल सरकारले व्यवस्थापन समितिमा यो कोष स्थापना गर्न सक्ने,
  • कोषको स्रोत: नेपाल सरकारबाट प्राप्त रकम, सम्बन्धित संस्थाबाट शोधभर्ना भएको रकम र अन्य स्रोतहरू,
  • ब्याज सीमा: सहकारीले लिने कुल ब्याज सावाँ रकमभन्दा बढी नहुने,
रोक र प्रतिबन्धहरू:
  • सहकारी सङ्घहरूलाई रोक: सहकारी सङ्घहरूले बचत तथा ऋणको कारोबार गर्न नपाउने (हाल गरिरहेका सङ्घहरूले ३ वर्षभित्र यस्तो कारोबार बन्द गर्नुपर्ने)
  • सञ्चालक र नातेदारलाई कारबाही: समस्याग्रस्त सहकारीका सञ्चालक, व्यवस्थापक, कर्मचारी र तिनका परिवारका सदस्य वा नातेदारको समेत चल-अचल सम्पत्ति, बैंक खाता र सेयर रोक्का गर्न सकिने,
  • विदेश यात्रामा प्रतिबन्ध: बचत फिर्ता नगर्ने वा ठगीमा संलग्न देखिएका सञ्चालक र सम्बन्धित व्यक्तिहरूलाई विदेश यात्रामा प्रतिबन्ध लगाउन सकिने व्यवस्था गरिएको,
अन्य महत्वपूर्ण व्यवस्थाहरू:
  • कर्जा सूचना केन्द्र: बचत तथा ऋण सहकारीका हकमा प्राधिकरणले र अन्यको हकमा विभागले कर्जा सूचना केन्द्रसँग समन्वय गर्ने,
  • कार्यक्षेत्र अनुसारको नियमन: प्रदेश र स्थानीय तहको कार्यक्षेत्र भएका सहकारीको दर्ता र नियमन संघीय कानूनको प्रतिकूल नहुने गरी सम्बन्धित तहको कानून बमोजिम हुने,
  • हिसाव जाँच: बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको हिसाव जाँच प्राधिकरणले गर्न सक्ने,
 

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 45
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 33
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 37
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 38
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 110
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA