क्रिस्टियानो रोनाल्डो (CR7) द्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
क्रिस्टियानो रोनाल्डो (CR7) को अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास सम्बन्धि तथ्य:
- सन्यासको घोषणा मिति: सन् २०२६ नोभेम्बर ५ (वि.सं. २०८३ कात्तिक १९ गते)
- सन्यास घोषणा गर्दाको उमेर: ४१ वर्ष
- अन्तिम अन्तर्राष्ट्रिय खेल: सन् २०२६ सेप्टेम्बर २४ मा "यूईएफए नेसन्स लिग (UEFA Nations League)" अन्तर्गत वेल्स (Wales) विरुद्ध खेलेका— नवनिर्युक्त प्रशिक्षक जर्ज जिसस (Jorge Jesus) सँगको विवाद र त्यसपछिका खेलहरूमा बेन्चमा राखिने भएपछि उनले टोलीको क्याम्प छाडेका थिए, जसले अन्ततः नोभेम्बर ५ मा उनको सन्यास घोषणातर्फ डोर्याएको,
- अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा लिएतापनि रोनाल्डोले साउदी अरबको क्लब अल-नासर (Al-Nassr FC) बाट व्यावसायिक फुटबल खेलिरहेका,

क्रिस्टियानो रोनाल्डो (CR7) को व्यक्तिगत र पारिवारिक विवरण:
- पूरा नाम: क्रिस्टियानो रोनाल्डो दोस सान्तोस आभेइरो (Cristiano Ronaldo dos Santos Aveiro)
- जन्म: सन् १९८५ फेब्रुअरी ५
- जन्मस्थान: पोर्चुगल, फन्चल, मडेइरा (Portugal, Funchal, Madeira)
- बुबा: होसे डिनिस आभेइरो (José Dinis Aveiro)
- आमा: मारिया दोलोरेस दोस सान्तोस आभेइरो (Maria Dolores dos Santos Aveiro)
- श्रीमती: जोर्जिनारोड्रिग्वेज (Georgina Rodríguez)
- छोराछोरीहरू: ५ जना छोराछोरी

क्रिस्टियानो रोनाल्डो (CR7) को खेल इतिहास:
- पहिलो खेल (International Debut): सन् २००३ अगस्ट २०— उनले काजाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलबाट (१७ वर्षको उमेरमा) पोर्चुगलको सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका,
- पहिलो अन्तर्राष्ट्रिय गोल:सन् २००४ जुन १२— उनले युरो कपको उद्घाटन खेलमा ग्रीस विरुद्ध पोर्चुगलका लागि आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेका,
- विश्वकपको पहिलो खेल (World Cup Debut) र पहिलो गोल: सन् २००६ जुन ११— उनले एङ्गोला विरुद्ध विश्वकपमा डेब्यु गरेका र सन् २००६ जुन १७ मा इरान विरुद्ध पेनाल्टीमार्फत आफ्नो पहिलो विश्वकप गोल गरेका,
- खेल अवधि: सन् २००३ देखि २०२६ सम्म— २३ वर्ष
- पोर्चुगलका लागि रोनाल्डोको कुल गोल संख्या: २३४ अन्तराष्ट्रिय खेलमा १४६ गोल
- उनको कप्तानीमा पोर्चुगलले सन् २०१६ को युरो कप (UEFA Euro) र सन् २०१९ को यूईएफए नेसन्स लिग (UEFA Nations League) को ऐतिहासिक उपाधि जितेको,
- खेल्ने स्थान (Position): मुख्य रूपमा फरवार्ड (Forward / Striker) र विङ्गर (Winger)
- जर्सी नम्बर: ७ नम्बर
- व्यावसायिक क्लब फुटबलको यात्रा: सन् २००२ मा पोर्चुगल स्पोर्टिङ सीपी (Sporting CP) बाट सुरु गरेका,

क्रिस्टियानो रोनाल्डो (CR7) का विश्व कीर्तिमानहरू (अन्तराष्ट्रिय र कल्ब फुटबल दुवै):
- पुरुष अन्तर्राष्ट्रिय फुटबल इतिहासमा सबैभन्दा धेरै १४६ गोल गर्ने विश्व कीर्तिमानी खेलाडी
- पुरुष अन्तर्राष्ट्रिय फुटबलमा विश्वकै सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी— २३४ खेल
- क्लब र अन्तर्राष्ट्रिय खेलहरू मिलाएर फिफा (FIFA) को आधिकारिक इतिहासमा ९०० भन्दा बढी (हाल ९८५) गोल गर्ने उनी विश्वकै पहिलो र शीर्ष खेलाडी
- विश्वका ६ वटा फरक-फरक फिफा विश्वकप संस्करण (२००६, २०१०, २०१४, २०१८, २०२२ र २०२६) मा खेल्ने र ती सबै संस्करणमा गोल गर्ने इतिहासकै एकमात्र खेलाडी
- युरोपको प्रतिष्ठित च्याम्पियन्स लिग (Champions League) इतिहासमा सर्वाधिक १४० गोल को कीर्तिमान बनाएका,
- युरोपेली च्याम्पियनसिप (UEFA Euro) को इतिहासमा सर्वाधिक १४ गोल गर्ने र सबैभन्दा धेरै ६ वटा संस्करण खेल्ने कीर्तिमानी खेलाडी
- सन् २०१३-१४ को सिजनमा स्पेनको रियल म्याड्रिड (Real Madrid) का लागि १७ गोल गर्दै एकै सिजनमा सर्वाधिक गोल गर्ने विश्व कीर्तिमान कायम गरेका,
- खेल क्षेत्रभन्दा बाहिर, संसारभरका विभिन्न सामाजिक सञ्जालहरूमा मिलाएर १ अर्ब (1 Billion) फलोअर्स पार गर्ने विश्वकै पहिलो व्यक्ति