Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सोह्रौं योजनामा उद्योग (उत्पादमूलक) क्षेत्रसँग सम्बन्धित विस्तृत तथ्याङ्कीय लक्ष्यहरू

  • Ajnabee Khadka
  • April 15, 2026
  • 248

सोह्रौं योजनामा उद्योग (उत्पादमूलक) क्षेत्रसँग सम्बन्धित विस्तृत तथ्याङ्कीय लक्ष्यहरू

Detailed statistical targets related to the industrial (manufacturing) sector in the Sixteenth Plan

उद्योग क्षेत्रका प्रमुख परिमाणात्मक लक्ष्यहरू:

सि.नं.
प्रमुख सूचक (Indicator)
एकाइ
आधारभूत अवस्था (२०७९/८०)
योजनाको अन्त्य (२०८५/८६) को लक्ष्य
१.
उत्पादमूलक उद्योगको औसत वार्षिक वृद्धिदर
प्रतिशत
-२.०
९.४
२.
कुल गार्हस्थ्य उत्पादन (GDP) मा उद्योगको योगदान
प्रतिशत
५.२
५.४
३.
औद्योगिक क्षेत्रको रोजगारी (योजना अवधिमा थप)
सङ्ख्या
-
२,५०,०००*
४.
कायम रहेको दर्ता भएका ठूला उद्योगहरूको सङ्ख्या
सङ्ख्या
८,९४७
-
५.
दर्ता भएका लघु, साना तथा मझौला उद्योग (MSMEs)
सङ्ख्या
६,३७,०००
-
६.
कार्यस्थलमा आधारित रोजगारमूलक तालिम
सङ्ख्या
१५३
१५,०००
७.
कुल निर्यातमा औद्योगिक वस्तुको अंश
प्रतिशत
-
८.५
८.
औद्योगिक ग्राम स्थापना र सञ्चालन (७५३ स्थानीय तहमा)
सङ्ख्या
-
७५३

*द्रष्टव्य: सूचना प्रविधि र अन्य उत्पादनमूलक क्षेत्र समेत गरी प्रक्षेपित रोजगारी

उद्योग क्षेत्रमा हुने लगानीको प्रक्षेपण (योजना अवधिभर):

  • योजना अवधिमा उद्योग (उत्पादमूलक) क्षेत्रमा कुल रु. ७४,६२५ करोड (७ खर्ब ४६ अर्ब २५ करोड) लगानी हुने प्रक्षेपण गरिएको छ:
लगानीको स्रोत
हिस्सा (प्रतिशत)
प्रक्षेपित लगानी (रु. करोडमा)
निजी क्षेत्र
८८.४%
६५,९३८
सरकारी क्षेत्र
७.३%
५,४२३
सहकारी क्षेत्र
४.४%
३,२६४
जम्मा
१००%
७४,६२५
 
उद्योग क्षेत्रका प्रमुख रणनीतिक तथ्यहरू:
  • उत्पादन र रोजगारी दशक: सरकारले आगामी दशकलाई "उत्पादन र रोजगारी दशक" को रूपमा घोषणा गरी आन्तरिक उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने अर्भयान सञ्चालन गर्ने,
  • स्वदेशी कच्चा पदार्थको उपयोग: "खेतीदेखि कारखानासम्म" (Farm to Factory) कार्यक्रम मार्फत स्थानीय कृषि उपजलाई औद्योगिक मूल्य शृङ्खलामा आबद्ध गरिने,
  • औद्योगिक पूर्वाधार: निर्माणाधीन औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र (SEZ) र औद्योगिक ग्रामहरूको निर्माण सम्पन्न गरी पूर्ण क्षमतामा सञ्चालन गरिने,
  • स्टार्टअप र नवप्रवर्तन: युवा उद्यमीहरूलाई प्रोत्साहित गर्न "इन्क्युबेसन सेन्टर" र प्रविधि पार्कहरू स्थापना गरी स्टार्टअप व्यवसायका लागि पुँजीगत अनुदान र सहुलियतपूर्ण ऋणको व्यवस्था गरिने,
  • निर्यात प्रवर्द्धन: तुलनात्मक लाभ भएका वस्तुहरूको ब्राण्डिङ, पेटेन्ट अधिकार र अन्तर्राष्ट्रिय प्रमाणीकरणका लागि सहयोग गरी निर्यात क्षमता बढाइने,
  • रुग्ण उद्योगको पुनरुत्थान: सम्भाव्यताका आधारमा बन्द वा रुग्ण अवस्थामा रहेका उद्योगहरूको पुन:स्थापना र सरकारी स्वामित्वका संस्थानहरूको व्यावसायिक व्यवस्थापन सुधार गरिने,
  • व्यावसायिक वातावरण: उद्योग स्थापना र सञ्चालनमा रहेका कानुनी जटिलता हटाउन एकल बिन्दु सेवा केन्द्र (One-Point Service Centre) लाई प्रभावकारी बनाइने,

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1058
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 7

Latest Blogs

World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 84
Elon Musk: The World's First Trillionaire
Current Affairs

इलन मस्क: विश्वकै पहिलो खर्बपति (Trillionaire)

  • Jun 14, 2026
  • 89
UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 50
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 43
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 47
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA