नदीको आधारमा नेपालको विभाजन

२.२ नदीको आधारमा नेपालको विभाजन (संक्षेपमा)
(क) कोशी क्षेत्र
- पूर्व: कञ्चनजङ्घा हिमाल, पश्चिम: लाङटाङ हिमालसम्म फैलिएको।
- प्रमुख सहायक नदीहरू: तमोर, अरुण, लिखु, दूधकोशी, तामाकोशी, सुनकोशी, इन्द्रावती।
- सबै सहायक नदीहरू मिलेर सप्तकोशी नदी बनाउँछन्।
- नेपालकै सबैभन्दा ठूलो नदी प्रणाली।
- कुल लम्बाइ: ७२० कि.मि. (नेपालमा २०० कि.मि.)
- औसत जलप्रवाह क्षमता: १,५०० क्युबिक मिटर/सेकेन्ड (चतरा)
- विद्युत् उत्पादन सम्भावना: २२,००० मेगावाट
- प्रभाव क्षेत्र: करिब ६०,००० वर्ग कि.मि.
- सबैभन्दा ठूलो सहायक नदी: अरुण, सानो: लिखु
(ख) गण्डकी क्षेत्र
- पूर्व: लाङटाङ हिमाल, पश्चिम: धवलागिरि हिमालसम्मको क्षेत्र।
- प्रमुख सहायक नदीहरू: त्रिशूली, बुढीगण्डकी, दरौँदी, मादी, मस्याङ्दी, सेती, कालीगण्डकी।
- देवघाटपछि नारायणी नदीको रूपमा चिनिन्छ।
- लम्बाइ: करिब ३३८ कि.मि.
- प्रभाव क्षेत्र: ३३,००० वर्ग कि.मि. भन्दा बढी
- औसत जलप्रवाह क्षमता: १,७१३ क्युबिक मिटर/सेकेन्ड
- विद्युत् उत्पादन सम्भावना: २१,००० मेगावाट
- सबैभन्दा ठूलो सहायक नदी: कालीगण्डकी, सानो: दरौँदी
(ग) कर्णाली क्षेत्र
- पूर्व: धवलागिरि हिमाल, पश्चिम: व्यास हिमालसम्मको क्षेत्र।
- प्रमुख सहायक नदीहरू: हुम्ला कर्णाली, मुगु कर्णाली, ठूली भेरी, सानी भेरी, तिला, बुढीगङ्गा, सेती।
- नेपालकै सबैभन्दा लामो नदी प्रणाली।
- भारतमा पुगेर घाघरा/सरयू नामले चिनिन्छ।
- नेपालमा लम्बाइ: करिब ५०७ कि.मि.
- प्रभाव क्षेत्र: ४२,००० वर्ग कि.मि.
- औसत जलप्रवाह क्षमता: १,३१६ क्युबिक मिटर/सेकेन्ड
- विद्युत् उत्पादन सम्भावना: ३२,००० मेगावाट