Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

आठौँ पञ्चवर्षीय योजना (वि.सं. २०४९–२०५४)

  • Bikash Shrestha
  • July 13, 2025
  • 334

आठौँ पञ्चवर्षीय योजना (वि.सं. २०४९–२०५४)

Eighth Five-Year Plan (2049–2054 B.S.)

आठौँ पञ्चवर्षीय योजना (वि.सं. २०४९–२०५४)

आठौँ पञ्चवर्षीय योजना वि.सं. २०४९ देखि २०५४ सम्म सञ्चालन भएको थियो। यस योजनाका मुख्य उद्देश्यहरू निम्नानुसार थिएः

१) दिगो आर्थिक वृद्धि हासिल गर्नु।
२) गरिबी घटाउनु।
३) क्षेत्रीय असन्तुलन कम गर्नु।

प्राथमिकताका क्षेत्रहरू

  • (क) कृषि सघनता र विविधीकरण

  • (ख) ऊर्जा विकास

  • (ग) ग्रामीण पूर्वाधार विकास

  • (घ) रोजगारी सिर्जना र जनशक्ति विकास

  • (ङ) जनसङ्ख्या वृद्धिमा नियन्त्रण

  • (च) औद्योगिक विकास र पर्यटन प्रवर्द्धन

  • (छ) निर्यात विस्तार र विविधीकरण

  • (ज) समष्टिगत आर्थिक स्थायित्व

  • (झ) विकास प्रशासनमा सुधार

  • (ञ) अनुगमन र मूल्याङ्कन

क्षेत्रगत नीतिहरू

  • (क) कृषि उत्पादन वृद्धिमा भौगोलिक र क्षेत्रीय उपयुक्ततालाई प्राथमिकता दिने।

  • (ख) लाभदायक र निर्यातमुखी कृषि उपजको व्यवसायीकरण र विविधीकरणमा जोड दिने।

  • (ग) औद्योगिक बाली उत्पादनमा उच्च प्राथमिकता दिने।

  • (घ) कृषि प्रसारकार्यमा प्रभावकारिता ल्याउन ग्रामीण कृषक र कार्यकर्ताको सक्रिय उपयोग गर्ने।

  • (ङ) कृषि उत्पादन र साधनहरूको उपयोगमा निजी क्षेत्रको सहभागिता बढाउने।

  • (च) कृषि अनुसन्धान तथा प्रसारमा जोड दिने।

  • (छ) कृषि लगानी प्रक्रियालाई सकेसम्म सरल बनाउने।

  • (ज) सहकारीहरूको विकास र विस्तारमा जोड दिने।

Categories

  • Current Affairs 583
  • Gorkhapatra 302
  • Others 968
  • Vacancy 1
  • Past Questions 69

Latest Blogs

International Workers' Day (Labor Day), 2026
Current Affairs

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मजदुर दिवस), २०२६

  • May 01, 2026
  • 52
World Press Freedom Index, 2026
Current Affairs

विश्व प्रेस स्वतन्त्रता सूचकांक, २०२६

  • May 01, 2026
  • 74
Buddha Jayanti, 2083
Current Affairs

बुद्ध जयन्ती, २०८३

  • May 01, 2026
  • 76
Detailed information about local levels
Others

स्थानीय तह सम्बन्धी विस्तृत जानकारी

  • Apr 30, 2026
  • 37
Diplomatic relations with SAARC member states and the then heads of government
Others

सार्क सदस्य राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध र तत्कालीन सरकार प्रमुखहरू

  • Apr 30, 2026
  • 17
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA