Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

कर्मचारी सञ्चय कोष, प्रशासन, प्रशासन, पाँचौँ, प्रमुख सहायक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३/०२/०९)

  • Ajnabee Khadka
  • May 23, 2026
  • 656

कर्मचारी सञ्चय कोष, प्रशासन, प्रशासन, पाँचौँ, प्रमुख सहायक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३/०२/०९)

Employees Provident Fund, Administration, Administration, Fifth, Open Competitive Written Examination for the Post of Chief Assistant (2083/02/09)

१. सोह्रौँ योजनाको मूल उद्देश्य आमनागरिकले आफ्नो जीवनमा अनुभूत गर्न सक्ने विकास र _ हासिल गर्नु हो ।

  • A) आर्थिक वृद्धि

  • B) समृद्धि

  • C) सुशासन

  • D) सामाजिक न्याय

२. सोह्रौँ योजनाको दीर्घकालीन सोचअन्तर्गत तलका मध्ये कुन विषय समावेश छैन?

  • A) सुशासन कायम गर्ने

  • B) सामाजिक न्याय स्थापित गर्ने

  • C) समृद्धि हासिल गर्ने

  • D) दिगो विकासलाई प्राथमिकता दिने

३. विश्व व्यापार संगठन (WTO) मा Blue Box भन्नाले कुन क्षेत्रको अनुदान बुझिन्छ?

  • A) उद्योग

  • B) कृषि

  • C) व्यापार

  • D) सहरी विकास

४. आर्थिक सर्वेक्षण २०८१/८२ का अनुसार राष्ट्रिय कृषि उत्पादनमा कुन प्रदेशको हिस्सा सबैभन्दा बढी रहेको छ?

  • A) कोशी

  • B) मधेश

  • C) लुम्बिनी

  • D) सुदूरपश्चिम

५. धरान-धनकुटा सडक कुन देशको सहयोगमा बनेको हो?

  • A) भारत

  • B) चीन

  • C) बेलायत

  • D) अमेरिका

६. सन् २०२४ मा नेपालमा पर्यटकको औषत बसाइ दिन कति पुगेको छ?

  • A) १३.२

  • B) १३.३

  • C) १४.२

  • D) १५.५

७. नेपाल सरकारले वार्षिक बजेट कुन दिन संघीय संसद्मा प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ?

  • A) वैशाख ११

  • B) जेठ १५

  • C) असार २०

  • D) साउन १

८. कुल गार्हस्थ्य उत्पादन र प्रतिव्यक्ति आयको अन्तर्राष्ट्रिय तुलनात्मक प्रकाशन कुन संस्थाले नियमित रूपमा गर्ने गर्दछ?

  • A) World Economic Forum

  • B) United Nations Security Council

  • C) International Monetary Fund

  • D) Amnesty International

९. विश्वको सबैभन्दा ठूलो हिन्दु मन्दिर Angkor Wat कुन देशमा पर्दछ?

  • A) कम्बोडिया

  • B) थाइल्याण्ड

  • C) भारत

  • D) श्रीलङ्का

१०. घोडेजात्रा कुन तिथिमा मनाउने गरिन्छ?

  • A) वैशाख कृष्ण चतुर्दशी

  • B) भाद्र कृष्ण प्रतिपदा

  • C) फाल्गुन कृष्ण चतुर्दशी

  • D) चैत्र कृष्ण चतुर्दशी

११. राष्ट्रिय जनगणना, २०७८ को नतिजाअनुसार जम्मा परिवार संख्याको कति प्रतिशत महिला परिवारमूली रहेका छन्?

  • A) २५.२७

  • B) २७.८९

  • C) २९.६१

  • D) ३१.५५

१२. ईही प्रथा कुन जातिसँग सम्बन्धित छ?

  • A) राई

  • B) तामाङ

  • C) नेवार

  • D) थारू

१३. तल दिइएका कृति र तिनका सर्जकबिक जोडा मिलाइ कोडबाट सही उत्तर छनौट गर्नुहोस् ।

कृति सर्जक
क) सेतो धरती १) विजयकुमार पाण्डे
ख) दमिनी भीर २) अमर न्यौपाने
ग) खुसी ३) रामलाल जोशी
घ) ऐना ४) राजन मुकारुङ
  • A) क-२, ख-३, ग-१, घ-४

  • B) क-३, ख-२, ग-१, घ-४

  • C) क-४, ख-३, ग-१, घ-२

  • D) क-२, ख-४, ग-१, घ-३

१४. गौतम बुद्धको दाँत हालसम्म पनि कहाँ सुरक्षित राखिएको छ?

  • A) लुम्बिनी, नेपाल

  • B) कुशीनगर, भारत

  • C) बैंकक, थाइल्याण्ड

  • D) केन्डी, श्रीलङ्का

१५. इन्द्रजात्रामा लिङ्गो गाड्ने चलन चलाउने राजा को हुन्?

  • A) पृथ्वीनारायण शाह

  • B) प्रतापसिंह शाह

  • C) रणबहादुर शाह

  • D) त्रिभुवन

१६. नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस् भनी राजा वीरेन्द्रले कहिले प्रस्ताव पेश गरेका थिए?

  • A) वि.सं. २०३०

  • B) वि.सं. २०३१

  • C) वि.सं. २०३२

  • D) वि.सं. २०३६

१७. चाँदीको मोहर चलनचल्तीमा ल्याउने राजा को हुन्?

  • A) यक्ष मल्ल

  • B) लक्ष्मीनरसिंह मल्ल

  • C) महेन्द्र मल्ल

  • D) जयप्रकाश मल्ल

१८. लिच्छवी कालमा राजस्व संकलन गर्ने कार्यालयलाई के भनिन्थ्यो?

  • A) कुथेर

  • B) माप्चोक

  • C) बजार अड्डा

  • D) विषय

१९. कुन किराँत राजाको पालामा गौतम बुद्ध काठमाडौँ आएको भनी इतिहासमा उल्लेख छ?

  • A) हुमती

  • B) जितेदास्ती

  • C) स्थुंको

  • D) गस्ती

२०. यलम्बर राजाको नामबाट राखिएको सहरको नाम के हो?

  • A) काठमाडौँ

  • B) ललितपुर

  • C) पाटन

  • D) पनौती

२१. नेपालका सात प्रदेशमध्ये भारतलाई मात्र छुने प्रदेशहरू कतिवटा छन्?

  • A) १

  • B) २

  • C) ४

  • D) ५

२२. महाभारत पर्वतको अग्लो टाकुरा कुन हो?

  • A) शैलुङ

  • B) रामारोशन

  • C) गार्वा

  • D) श्री अन्तु

२३. भित्री मधेशमा पर्ने देहायका जिल्लाहरूको पूर्वदेखि पश्चिमको क्रम कुन ठीक छ?

  • A) उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, दाङ र सुर्खेत

  • B) सिन्धुली, उदयपुर, मकवानपुर, चितवन, दाङ र सुर्खेत

  • C) उदयपुर, सिन्धुली, चितवन, मकवानपुर, दाङ र सुर्खेत

  • D) सिन्धुली, Udaipur, मकवानपुर, चितवन, सुर्खेत र दाङ

२४. जगदुल्ला ताल कुन नदीको उद्गमस्थल हो?

  • A) मुगु कर्णाली

  • B) भोटेकोशी

  • C) सेतीगंगा

  • D) बुढीगंगा

२५. चुरे पर्वतश्रेणीको सबैभन्दा अग्लो भाग कुन जिल्लामा पर्दछ?

  • A) सुनसरी

  • B) चितवन

  • C) दाङ

  • D) कैलाली

२६. नेपालको पश्चिम दिशामा भारतको कुन राज्य पर्दछ?

  • A) उत्तराखण्ड

  • B) पश्चिम बंगाल

  • C) उत्तर प्रदेश

  • D) बिहार

२७. प्रतिनिधि सभाको निर्वाचन, २०८२ मा कुल खसेको मतमध्ये दुवै निर्वाचन प्रणालीतर्फ गरी औषत बदर मतको प्रतिशत कति रहेको थियो?

  • A) ५४

  • B) ४७

  • C) ३.९५

  • D) २.१८

२८. सामाजिक सञ्जाल टिकटकको मुख्यालय कहाँ रहेको छ?

  • A) बेइजिङ

  • B) साङ्घाई

  • C) ग्वान्झाओ

  • D) तिब्बत

२९. नेल्सन मन्डेलाको प्रख्यात किताब तलका मध्ये कुन हो?

  • A) Long Walk to Freedom

  • B) A Promised Land

  • C) Pride and Prejudice

  • D) The Great Gatsby

३०. "अन्तरआत्माले जे भन्छ त्यही सत्य हो ।" यो कसको भनाइ हो?

  • A) अरस्तु

  • B) कौटिल्य

  • C) अब्राहम लिंकन

  • D) महात्मा गान्धी

३१. 'पशुप-कल्पना स्रष्टा सम्मान, २०८२' कसलाई प्रदान गरियो?

  • A) रमण घिमिरे

  • B) शैलेन्द्र साकार

  • C) किरण खरेल

  • D) दिनेश अधिकारी

३२. नेपाल प्रिमियर लिग, २०२५ (दोस्रो संस्करण) क्रिकेट प्रतियोगितामा कतिवटा टिमको सहभागिता रहेको थियो?

  • A) ६

  • B) ८

  • C) १०

  • D) १२

३३. Penicillin का आविष्कारक को हुन्?

  • A) थोमस एल्भा एडिसन

  • B) फ्रेडरिक बेन्टिङ

  • C) अलेक्जेण्डर फ्लेमिङ

  • D) लुई पास्चर

३४. विश्व सिमसार दिवस कहिले मनाइन्छ?

  • A) जनवरी २

  • B) फेब्रुअरी २

  • C) मार्च २

  • D) अप्रिल २

३५. ISO 14001 केसँग सम्बन्धित छ?

  • A) सडकको गुणस्तर

  • B) वातावरणीय व्यवस्थापन गुणस्तर

  • C) जनसंख्या व्यवस्थापनको गुणस्तर

  • D) सामानको गुणस्तर

३६. अम्लीयपन मापन गर्न प्रयोग गरिने pH को पूरा रूप के हो?

  • A) Potential of Hydrogen

  • B) Probable of Hydrogen

  • C) Primetest of Hydrogen

  • D) Pretest of Hydrogen

३७. विश्वमा सबैभन्दा बढी हरितगृह ग्याँस उत्सर्जन गर्ने देश कुन हो?

  • A) भारत

  • B) चीन

  • C) अमेरिका

  • D) रुस

३८. नेपालले सर्वप्रथम बिप्पा सम्झौता कुन मुलुकसँग गरेको हो?

  • A) बेलायत

  • B) पोर्चुगल

  • C) नेदरल्याण्ड्स

  • D) फ्रान्स

३९. संयुक्त राष्ट्रसङ्घीय पोषणका लागि कार्य दशक (United Nations Decade of Action on Nutrition) को अवधि कुन हो?

  • A) 2016-2025 AD

  • B) 2018-2027 AD

  • C) 2020-2029 AD

  • D) 2022-2031 AD

४०. वि.सं. २००७ सालसम्म तलका मध्ये कुन देशसँग नेपालको द्वैत्य सम्बन्ध कायम भएको थिएन?

  • A) अमेरिका

  • B) बेलायत

  • C) फ्रान्स

  • D) जापान

४१. सार्क विपद् व्यवस्थापन केन्द्र कुन देशमा रहेको छ?

  • A) नेपाल

  • B) बंगलादेश

  • C) श्रीलङ्का

  • D) भारत

४२. बिमस्टेक र आसियान दुबै संगठनको सदस्य राष्ट्र तलका मध्ये कुन हो?

  • A) थाइल्याण्ड

  • B) लाओस

  • C) श्रीलङ्का

  • D) कम्बोडिया

४३. मानव अधिकारको विश्वव्यापी घोषणापत्र संयुक्त राष्ट्रसङ्घले कहिले जारी गरेको हो?

  • A) सन् १९४५

  • B) सन् १९४७

  • C) सन् १९४८

  • D) सन् १९५०

४४. नेपालको संविधानले 'घरजग्गा धनी पूर्जा वितरण' कसको अधिकार क्षेत्रअन्तर्गत रहने गरी अनुसूचीमा व्यवस्था गरेको छ?

  • A) संघ

  • B) प्रदेश

  • C) संघ र प्रदेशको साझा

  • D) स्थानीय तह

४५. नेपालमा बोलिने सबै मातृभाषाहरू _ हुन् ।

  • A) राष्ट्रिय भाषा

  • B) राष्ट्र भाषा

  • C) सरकारी कामकाजको भाषा

  • D) स्थानीय भाषा

४६. गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बन्न कति वर्ष उमेर पूरा भएको हुनु पर्दछ?

  • A) १८

  • B) २१

  • C) २५

  • D) नागरिकता प्राप्त भएको जोसुकै व्यक्ति

४७. राष्ट्रिय सहकारी नियमन प्राधिकरणको स्थापना कहिले भएको हो?

  • A) वि.सं. २०७९

  • B) वि.सं. २०८०

  • C) वि.सं. २०८१

  • D) वि.सं. २०८२

४८. कर्मचारी सञ्चय कोष कर्मचारी सेवा शर्त विनियमावली, २०७८ अनुसार कोषको रिक्त पदमा पदपूर्ति समितिबाट सिफारिस भएको अधिकृतस्तरको कर्मचारीलाई सुरु नियुक्ति कसले दिने व्यवस्था छ?

  • A) सञ्चालक समितिले तोकेको अधिकृत

  • B) सञ्चालक समितिको स्वीकृति लिई प्रशासक

  • C) प्रशासक

  • D) प्रशासकले तोकेको मानव संसाधन विभाग प्रमुख

४९. कर्मचारी सञ्चय कोषको संगठन संरचना र दरबन्दी कसले स्वीकृत गरे बमोजिम हुने व्यवस्था छ?

  • A) नेपाल सरकार

  • B) अर्थ मन्त्रालय

  • C) सञ्चालक समिति

  • D) कार्यकारी निर्देशक

५०. कर्मचारी सञ्चय कोषका कर्मचारीले लिएको कुन बिदा अवधिभित्र सार्वजनिक बिदा र आकस्मिक बिदा पर्न आएमा सो सार्वजनिक र आकस्मिक बिदालाई उक्त बिदा मानी गणना गरिन्छ?

  • A) घर बिदा

  • B) किरिया बिदा

  • C) भैपरी आउने बिदा

  • D) बिरामी बिदा

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 54
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 277
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 216
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 276
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 390
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA