Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

गोर्खा राज्यको स्थापना

  • Bikash Shrestha
  • June 15, 2025
  • 1246

गोर्खा राज्यको स्थापना

Establishment of the Gorkha state

गोर्खा राज्यको स्थापना

गोर्खामा शाह वंशको स्थापना हुनु अघि त्यहाँ खडक राजाहरूको शासन थियो। तर, जातीय भेदभाव, दमन, र धार्मिक उच्छृंखलताका कारण गोर्खाका बासिन्दाहरू तिनको शासनप्रति असन्तुष्ट थिए। जनताले राज्यच्युत गराएर योग्य व्यक्तिलाई राजा बनाउने चाहना राखेका थिए। यतिबेला द्रव्य शाहको गोर्खाली जनतासँग सम्पर्क भयो।

द्रव्य शाहको व्यक्तित्वबाट प्रभावित जनताले उनलाई राजा बनाउने विचार गरे। त्यस समयमा ‘लिगलिग’ भन्ने स्थानमा घले थरका गुरुङहरूले विजयादशमीका दिन “राजा चयन गर्ने परम्परा” चलाउँदै आएका थिए। सोही परम्परामा भाग लिन गएका बेला द्रव्य शाहले अचानक आक्रमण गरे र त्यहाँ आफ्नो प्रभुत्व कायम गरे।

लिगलिग विजय गरेपछि उनले सीधै गोर्खामाथि आक्रमण गरे। तर गोर्खालीहरूले कडा प्रतिरोध गरे। १५ दिनसम्म युद्ध हुँदा पनि द्रव्य शाहले विजय प्राप्त गर्न सकेनन् र लिगलिग फर्कन बाध्य भए।

यद्यपि, द्रव्य शाह निकै महत्त्वाकांक्षी थिए। पहिलो पराजयले उनको उत्साह घटाएन। नारायण दास अर्याल, भागीरथ पन्त, गणेश पाँडे, सर्वेश्वर खनाल, गंगाराम राणा, गजानन्द भट्टराई, काशीराम भट्टराई, मराली खवासजस्ता सहयोगीहरूले उनलाई अझै हौसला दिइरहे।

द्रव्य शाहका सैनिकहरू — थापा, भुषाल, मस्के, र राणा समूह — ले गोर्खाका राजा बसेको दरबारलाई घेराबन्दी गरी आक्रमण गरे। अन्ततः द्रव्य शाहको हातबाट खडक राजा वीरगति प्राप्त गरे।

यसरी वि.सं. १६१६ साल भदौ २५ गते द्रव्य शाह गोर्खाका राजा बने। उनका सन्तान राम शाह वि.सं. १६६३ तिर गोर्खाका राजा भए। राम शाह न्यायप्रिय र प्रसिद्ध राजा थिए।

Categories

  • Current Affairs 855
  • Gorkhapatra 352
  • Others 1201
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

The process of drafting the Constitution of Nepal (2072) and important decisions of the Constituent Assembly
Others

नेपालको संविधान (२०७२) को निर्माण प्रक्रिया तथा संविधान सभाका महत्त्वपूर्ण निर्णयहरू

  • Nov 03, 2026
  • 190
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 Asoj/Kartik (Science and Technology)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ असोज/कार्तिक मा सोधिएको प्रश्नोतर संगालो (विज्ञान र प्रविधि)

  • Nov 03, 2026
  • 114
Madhesh Province, Education Technical Assistant - 2083/07/16
Past Questions

मधेश प्रदेश, शिक्षा प्राविधिक सहायक - २०८३/०७/१६

  • Nov 03, 2026
  • 141
Kathmandu Film Festival, 2083
Current Affairs

काठमाडौँ चलचित्र महोत्सव, २०८३

  • Nov 02, 2026
  • 150
Nepal in Figures 2026
Current Affairs

नेपालको तथ्यांकीय झलक, २०८३

  • Nov 02, 2026
  • 174
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA