Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

प्रथम संविधानसभा निर्वाचन, २०६४

  • Ajnabee Khadka
  • March 22, 2026
  • 742

प्रथम संविधानसभा निर्वाचन, २०६४

First Constituent Assembly Election, 2064

निर्वाचनको सामान्य जानकारी:

  • मतदानको मिति: २०६४ साल चैत २८ गते (सन् २००८ अप्रिल १०)
  • निर्वाचन प्रणाली: मिश्रित निर्वाचन प्रणाली (parallel mixed system) — प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने/First-past-the-post) र समानुपातिक (Proportional representation (PR)
  • कुल सदस्य सङ्ख्या: ६०१
    • प्रत्यक्ष तर्फ: २४० सदस्य 
    • समानुपातिक तर्फ: ३३५ सदस्य 
    • मन्त्रिपरिषद्बाट मनोनीत: २६ सदस्य 
  • निर्वाचनमा सहभागी दलहरूको सङ्ख्या: निर्वाचनमा भाग लिनका लागि प्रत्यक्ष र समानुपातिक तर्फ कुल ७४ वटा राजनीतिक दलहरू निर्वाचन आयोगमा दर्ता भएका

मतदाता र सहभागिता तथ्याङ्क:

विवरण तथ्याङ्क प्रतिशत / कैफियत
कुल मतदाता सङ्ख्या १,७६,११,८३२ -
खसेको कुल मत १,०८,६६,१३१ ६१.७०%
सदर मत (प्रत्यक्ष) १,०३,०६,१२० ९४.८५%
बदर मत (प्रत्यक्ष) ५,६०,०११ ५.१५%
सबैभन्दा बढी मतदान भएको जिल्ला डोल्पा ७९.७८%
सबैभन्दा कम मतदान भएको जिल्ला मनाङ ४०.११%

निर्वाचन व्यवस्थापन र खर्चको विवरण:

  • निर्वाचन आयोगको नेतृत्व: भोजराज पोखरेल (प्रमुख निर्वाचन आयुक्त)
  • अन्य आयुक्तहरू: उषा नेपाल, नीलकण्ठ उप्रेती, दोलख बहादुर गुरुङ र डा. अयोधीप्रसाद यादव
विवरण रकम (नेपाली रुपैयाँमा) कैफियत
कुल निर्वाचन खर्च २,८०,८५,२१,८३७ करिब २ अर्ब ८० करोड ८५ लाख
निर्वाचन खर्च सीमा (प्रत्यक्ष) ४,५९,५०० प्रति उम्मेदवार अधिकतम सीमा
निर्वाचन खर्च सीमा (समानुपातिक) ५०,००० प्रति उम्मेदवार अधिकतम सीमा

निर्वाचन परिणाम: राजनीतिक दलहरूको विस्तृत तालिका:

  • यस निर्वाचनमा प्रत्यक्षतर्फ ९ वटा दल र २ स्वतन्त्र उम्मेदवार विजयी भएका थिए भने समानुपातिकतर्फ २५ वटा दलले सिट प्राप्त गरेका,
क्र.सं.
राजनीतिक दलको नाम
प्रत्यक्ष (FPTP) सिट
समानुपातिक (PR) सिट
जम्मा निर्वाचित सिट
१
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)
१२०
१००
२२०
२
नेपाली कांग्रेस
३७
७३
११०
३
नेपाल कम्युनिस्ट पार्टी (एमाले)
३३
७०
१०३
४
मधेसी जनअधिकार फोरम, नेपाल
३०
२२
५२
५
तराई मधेस लोकतान्त्रिक पार्टी
९
११
२०
६
सद्भावना पार्टी
४
५
९
७
जनमोर्चा नेपाल
२
५
७
८
नेपाल कम्युनिस्ट पार्टी (माले)
०
८
८
९
राष्ट्रिय प्रजातन्त्र पार्टी
०
८
८
१०
नेपाल मजदुर किसान पार्टी
२
३
५
११
नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)
०
५
५
१२
राष्ट्रिय जनमोर्चा
१
३
४
१३
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
०
४
४
१४
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
०
२
२
१५
नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)
०
२
२
१६
राष्ट्रिय जनमुक्ति पार्टी
०
२
२
१७
नेपाली जनता दल
०
२
२
१८
जनता दल युनाइटेड
०
२
२
१९
दलित जनजाति पार्टी
०
१
१
२०
नेपाः राष्ट्रिय पार्टी
०
१
१
२१
नेपाल परिवार दल
०
१
१
२२
नेपाल लोकतान्त्रिक समाजवादी दल
०
१
१
२३
चुरेभावर राष्ट्रिय एकता पार्टी
०
१
१
२४
समाजवादी जनता पार्टी
०
१
१
२५
नेपाल जनता पार्टी
०
१
१
२६
स्वतन्त्र
२
-
२
 
जम्मा निर्वाचित सिट
२४०
३३५
५७५

द्रष्टव्य: बाँकी २६ सदस्यहरू मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था

  • ठुलो दल: नेकपा (माओवादी) ले प्रत्यक्षतर्फ १२० र समानुपातिकतर्फ १०० गरी कुल २२० निर्वाचित सिट जितेर सबैभन्दा ठुलो दल बनेको; यस दलले कुल ३१,४५,५१९ मत (३०.५२%) प्राप्त गरेको,
  • महिला प्रतिनिधित्व: प्रत्यक्ष निर्वाचन प्रणालीबाट ३० जना महिला निर्वाचित भएका (माओवादीबाट २५, कांग्रेसबाट २, फोरमबाट २ र एमालेबाट १ जना); समानुपातिक प्रणालीमा भने ५०% महिला अनिवार्य गरिएको,
  • सबैभन्दा बढी मतदान डोल्पा जिल्लामा (७९.७८%) र सबैभन्दा कम मनाङ जिल्लामा (४०.११%) भएको,
  • नेपालको इतिहासमा पहिलो पटक काठमाडौँ क्षेत्र नं. १ मा विद्युतीय मतदान उपकरण (Electronic Voting Machine (EVM)) प्रयोग गरिएको,
  • खर्च: यस निर्वाचन सम्पन्न गर्न कुल २ अर्ब ८० करोड ८५ लाख २१ हजार ८३७ रुपैयाँ खर्च भएको,

समावेशिता र महिला प्रतिनिधित्व:

१.) महिला प्रतिनिधित्व र दलगत विवरण (प्रत्यक्ष तर्फ):

विवरण संख्या / विवरण
कुल महिला निर्वाचित (प्रत्यक्ष) ३० जना
नेकपा (माओवादी) २५ जना
नेपाली कांग्रेस २ जना
मधेसी जनअधिकार फोरम २ जना
नेकपा (एमाले) १ जना

२.) समानुपातिक कोटा र उम्मेदवारी व्यवस्था:

समूह / क्षेत्र निर्धारित कोटा / व्यवस्था
जनजाति ३७.८%
मधेसी ३१.२%
अन्य ३०.२%
दलित १३%
पिछडिएको क्षेत्र ४%
महिला उम्मेदवारी (समानुपातिक) ५०% (अनिवार्य)
 
विशेष विशेषताहरू:
  • विद्युतीय मतदान (Electronic Voting Machine (EVM)): नेपालको इतिहासमा पहिलो पटक काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा विद्युतीय मतदान उपकरणको प्रयोग गरिएको,
  • अन्तर्राष्ट्रिय पर्यवेक्षण: कार्टर सेन्टर, युरोपियन युनियन, एशियन नेटवर्क फर फ्री इलेक्सन (ANFREL) लगायतका अन्तर्राष्ट्रिय र राष्ट्रिय संस्थाहरूले निर्वाचनको पर्यवेक्षण गरेका,
  • शान्ति प्रक्रियाको कडी: यो निर्वाचन विस्तृत शान्ति सम्झौता र हतियार तथा सेना व्यवस्थापनको अनुगमन सम्झौतापछि भएको,

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 90
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 342
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 284
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 316
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 435
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA