Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, २०८३

  • Ajnabee Khadka
  • April 25, 2026
  • 670

प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, २०८३

First International wellness Day, 2083
  • नेपालको प्रस्तावमा संयुक्त राष्ट्र सङ्घले घोषणा गरेपछि विश्वमै पहिलो पटक "अन्तर्राष्ट्रिय आरोग्य दिवस (International wellness Day)" मनाउन सुरु गरिएको,

पृष्ठभूमि र घोषणा:

  • मिति: यो दिवस पहिलो पटक २१ अप्रिल २०२६ (२०८३ वैशाख ८ गते) मा मनाइएको,
  • पहलकर्ता: नेपाल सरकार (प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा) ले संयुक्त राष्ट्र संघमा प्रस्तुत गरेको प्रस्ताव पारित भएपछि यो दिवस विश्वव्यापी तालिकामा समावेश भएको,
  • उद्देश्य: आधुनिक चिकित्सा पद्धति र पूर्वीय दर्शन (आयुर्वेद, योग, र प्राकृतिक चिकित्सा) लाई जोडेर "पूर्ण स्वास्थ्य (Holistic Health)" को अवधारणा प्रवर्द्धन गर्ने,
  • २०२६ को नारा (Theme): "आरोग्य नै वास्तविक धन: प्रकृतिसँगको पुनर्मिलन" (Health is Wealth: Reconnecting with Nature)

मुख्य उद्देश्यहरू:

  • स्वस्थ जीवनशैली: नागरिकहरूलाई योग, ध्यान, र सन्तुलित खानपानप्रति सचेत गराउने,
  • नसर्ने रोगको न्यूनीकरण: शारीरिक व्यायाम र सही आहारविहार मार्फत मुटु, मधुमेह जस्ता नसर्ने रोगको भार घटाउने,
  • समग्र कल्याण (Holistic Wellness): स्वास्थ्यलाई रोगको अनुपस्थिति मात्र नभई शारीरिक, मानसिक, सामाजिक र वातावरणीय सन्तुलनका रूपमा बुझाउने,
  • आरोग्य पर्यटन (Wellness Tourism): नेपाललाई विश्वको 'आरोग्य हब' का रूपमा विकास गरी विदेशी पर्यटक आकर्षित गर्ने,

 मुख्य कार्यक्रमहरू (नेपाल र विश्व)

  • काठमाडौँ सम्मेलन: काठमाडौँमा आयोजित "Global Wellness Submit" मा ५० भन्दा बढी देशका स्वास्थ्य मन्त्रीहरू सहभागी भएका,
  • डिजिटल हेल्थ कार्ड: यसै अवसरमा नेपालले सबै नागरिकका लागि "एकीकृत आरोग्य कार्ड (Integrated Health Card)" को सुरुवात गरेको,
  • विद्यालयमा आरोग्य: देशभरका विद्यालयहरूमा दैनिक १५ मिनेट ध्यान र योग अनिवार्य गर्ने कार्यक्रम घोषणा गरिएको,
ऐतिहासिक महत्त्व
  • यो दिवसले "बिरामी भएपछि उपचार गर्ने' भन्दा पनि 'बिरामी नै हुन नदिने (Preventive Healthcare)" शैलीलाई विश्वव्यापी प्राथमिकतामा राखेको,
  • विश्व स्वास्थ्य संगठन (WHO) ले नेपालको यो पहललाई २१औँ शताब्दीको महत्वपूर्ण स्वास्थ्य क्रान्तिको रूपमा स्वीकार गरेको,

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 81
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 329
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 274
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 302
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 424
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA