Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको वन वनस्पति

  • Ajnabee Khadka
  • May 21, 2026
  • 182

नेपालको वन वनस्पति

Forests of Nepal
क्र.सं.
वनको प्रकार
उचाइ (मिटर)
मुख्य क्षेत्र
विशेषता र प्रमुख वनस्पतिहरू
१
उष्ण प्रदेशीय सदाबहार जङ्गल
१,२०० सम्म
तराई, भावर, दुन र चुरे पर्वतको तल्लो भाग
  • यहाँका रूखहरू अग्ला, मोटा, बलिया र सधैँ हरिया हुन्छन्,
  • यसलाई 'चारकोसे झाडी' पनि भनिन्छ,
  • वनस्पति: साल, सिसौ, खयर, सिमल आदि
  • उष्ण प्रदेशीय जङ्गलमा हात्ती, गैँडा, बाघ, भालु, मृग जस्ता जनावरहरू पाइन्छन्,
२
समशीतोष्ण पतझड जङ्गल
१,२०० देखि २,१०० सम्म
चुरे पर्वतको माथिल्लो भाग र महाभारत पर्वतको तल्लो भाग
  • जाडोमा पात झर्ने हुनाले यसलाई पतझड भनिन्छ, 
  • वनस्पति: साल, सल्ला, देवदारु, कटुस, ओखर, गुराँस, चिलाउने, उत्तिस, वर, बाँस, लाकुरी, चाँप आदि
३
समशीतोष्ण सदाबहार कोणधारी जङ्गल
२,१०१ देखि ३,३५० सम्म
महाभारत पर्वतको माथिल्लो भाग र हिमालयको तल्लो भाग
  • हिउँ पर्ने हुनाले यहाँका रूख र पातहरू सुइरा जस्तै चुच्चा (कोण आकारका) हुन्छन्,
  • वनस्पति: चाँप, सल्ला, देवदारु, कटुस, धुपी, सिमल, बेतबाँस, उत्तिस, भोजपत्र आदि
४
लेकाली वनस्पति वा घाँसे मैदान
३,३५१ देखि ५,००० सम्म
पहाडी तथा तल्लो हिमाली क्षेत्र
  • यहाँ होचा र कडा खालका वनस्पति पाइन्छन्,
  • माथिल्लो भागमा रङ्गीचङ्गी बुकीफूल र जडीबुटीहरू पाइन्छन्,
  • वनस्पति: होचा गुराँस, निगालो, विभिन्न झाडी र घाँसे मैदान
  • लेकाली क्षेत्र (३,००० देखि ५,००० मिटरसम्म) मा बहुमूल्य यार्चागुम्बा पाइन्छ, जुन शक्तिवर्धक जडीबुटीका रूपमा चिनिन्छ
५
शीत मरुभूमिको वनस्पति (टुन्ड्रा)
५,००० भन्दा माथि
उच्च हिमाली तथा हिउँ नजम्ने भिरालो भाग
  • यहाँ अत्यधिक जाडो र हिउँ हुने भएकाले ठूला वनस्पति उम्रन सक्दैनन्,
  • वनस्पति: लेउ, झ्याउ र काई मात्र पाइन्छन्

 

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 33
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 29
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 29
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 29
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 103
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA