Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

थाइल्याण्डमा दक्षिण-पूर्वी एसियाकै सबैभन्दा ठुलो डाइनोसरको अवशेष (जीवावशेष) फेला

  • Ajnabee Khadka
  • May 17, 2026
  • 357

थाइल्याण्डमा दक्षिण-पूर्वी एसियाकै सबैभन्दा ठुलो डाइनोसरको अवशेष (जीवावशेष) फेला

Fossils of Southeast Asia's largest dinosaur found in Thailand
  • हालै वैज्ञानिक जर्नल "Scientific Reports" मा प्रकाशित अनुसन्धान अनुसार यस नयाँ प्रजातिको डाइनोसरको नाम: नागाटाइटन चैयाफुमेन्सिस (Nagatitan chaiyaphumensis) 
  • दक्षिण-पूर्वी एसियामा अहिलेसम्म फेला परेका डाइनोसरमध्ये यो सबैभन्दा ठुलो भएको दाबी,
  • पत्ता लागेको मिति: सन् २०२६, मे १५ 
  • लम्बाइ र तौल: यो डाइनोसर करिब २७ मिटर (९० फिट) लामो र यसको तौल २७ देखि ३० टनसम्म (करिब ९ वटा वयस्क हात्ती बराबर) रहेको अनुमान
  • यो डाइनोसर लामो घाँटी, लामो पुच्छर, सानो टाउको र चारवटा खम्बायुक्त खुट्टा हुने "Sauropod" समूहमा पर्दछ,
  • यो डाइनोसर क्रिटेशियस काल (Cretaceous period) अर्थात् आजभन्दा १० देखि १२ करोड वर्षअघि पृथ्वीमा अस्तित्वमा,
  • यसको नाममा रहेको "नागा" ले दक्षिण-पूर्वी एसियाली लोककथाको कल्पित सर्प, "टाइटन" ले ग्रीक कथाका विशाल शक्तिशाली देवता र "चैयाफुमेन्सिस" ले यो अवशेष फेला परेको थाइल्याण्डको "चैयाफुम" प्रान्तलाई जनाउँछ,
  • यो अवशेष थाइल्याण्डको सबैभन्दा नयाँ चट्टानी संरचना (Khok Kruat Formation) मा भेटिएको हुनाले यसलाई दक्षिण-पूर्वी एसियामा फेला पार्न सकिने "अन्तिम विशाल डाइनोसर" को रूपमा पनि व्याख्या गरिएको,
  • यस डाइनोसरको वास्तविक आकारको मोडेल बैंककको थाइनोसर म्युजियम (Thainosaur Museum) मा प्रदर्शनमा राखिएको,

Categories

  • Current Affairs 741
  • Gorkhapatra 333
  • Others 1137
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 43
International Youth Day, 2026
Current Affairs

अन्तराष्ट्रिय युवा दिवस, २०२६

  • Aug 12, 2026
  • 32
Importance of Legal Awareness: Topical Q&A (27 Shrawan 2083, Wednesday)
Gorkhapatra

कानुनी सचेतनाको महत्व: विषयगत प्रश्नोत्तर (२७ साउन २०८३, बुधबार)

  • Aug 12, 2026
  • 16
Public Service Preparation Special: Objective Questions and Answers (27 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२७ साउन २०८३, बुधबार)

  • Aug 12, 2026
  • 91
New One Day (ODI) Captain of Nepali National Men's Cricket Team — Sandeep Lamichhane
Current Affairs

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको नयाँ एकदिवसीय (ODI) कप्तान — सन्दीप लामिछाने

  • Aug 11, 2026
  • 74
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA