चौथो पञ्चवर्षीय योजना (२०२७–२०३२)

चौथो पञ्चवर्षीय योजना (२०२७–२०३२)
चौथो पञ्चवर्षीय योजना वि.सं. २०२७ मा सुरु भई वि.सं. २०३२ मा सम्पन्न भएको थियो।
उद्देश्यहरू
-
(क) उत्पादन वृद्धिमा अधिकतम जोड दिनु
-
(ख) विकासका आधारभूत आवश्यकताहरू पूरा गर्दै लैजानु
-
(ग) व्यापार विविधीकरण र व्यापार विस्तारमा विशेष महत्त्व दिनु
-
(घ) आर्थिक स्थिरता र विकास प्रक्रियामा गतिशीलता ल्याउनु
-
(ङ) श्रमशक्तिको अधिकतम उपयोग र जनसङ्ख्या नियन्त्रणमा ध्यान दिनु
-
(च) शोषणरहित समाज सिर्जनाको आधार तयार पार्नु
प्राथमिकता क्षेत्रहरू
-
(क) यातायात र सञ्चार
-
(ख) कृषि, भूमिसुधार तथा वन
-
(ग) उद्योग, वाणिज्य, खानी तथा विद्युत्
-
(घ) पञ्चायत, शिक्षा, स्वास्थ्य र अन्य सामाजिक सेवाहरू
-
(ङ) तथ्याङ्क प्रणालीको विकास