Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

संघीय शाखा अधिकृत पदलाई मिति २०८१ चैत ३० गते सोधिएको GK प्रश्न र तिनको उत्तर

  • Ritisha Shakya
  • April 18, 2025
  • 1199

संघीय शाखा अधिकृत पदलाई मिति २०८१ चैत ३० गते सोधिएको GK प्रश्न र तिनको उत्तर

GK questions and their answers asked for the position of Federal Section Officer on 30th Chaitra 2081

१) सनु २०२३ को चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार सम्बन्धमा सही भनाइ गर्नुहोस् |

(i) mRNA खोप विकास बापत दिइएको ।

(ii) पुरस्कार Katalin Kariko र Drew Weissman लाई दिइएको थियो ।

(iii) यो जीवको जिनको खोजीमा केन्द्रित थियो |

(iv) यो खोप कोभिड १९ बिरोध प्रभावकारी थियो |

(क) i, ii र iv मात्र ठिक (ख नोबेल पुरस्कार २०२४ सँग सम्बन्धित )

२) सन् २०२३ को फिफा महिला विश्वकपको उपाधि कुन देशले जितेको थियो ?

-स्पेन (उपविजेता: इङ्गल्याण्ड)

३) वैज्ञानिक व्यवस्थापनका पिताको रूपमा कसलाई चिनिन्छ ?

-F.W. Taylor 

४) रोमन म्यागासेसे पुरस्कार २०२४ कसलाई प्रदान गरिएको थियो ?

-Karma Phuntsho (Bhutan)

  • Nguyen Thi Ngoc Phuong (Vietnam)
  • Miyazaki Hayao (Japan)
  • Farwiza Farhan (Indonesia) for Emergent Leadership
  • Rural Doctors Movement (Thailand)

५) प्राप्त वैदेशिक सहायताका आधारमा सही जोडा ... ?

  • राष्ट्रिय सभागृह - चीन 
  • नयाँ बसपार्क - जापान
  • नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान - बेलायत
  • भिमदत्त पन्त राजमार्ग - अमेरिका

६) नेपालमा संघीय संरचना कार्यान्वयनमा गएका मुलुकहरूको पहिले देखि पछिल्लो क्रम ... ?

  • अमेरिका (America)
  • फ्रान्स (France)
  • जापान (Japan)
  • स्वीट्जरल्याण्ड (Switzerland)

७) नेपालमा सातौं राष्ट्रिय जनगणना कहिले कहिले सम्पन्न भएको थियो ?

यस गणनाको नारा: "कृषि गणनाको सार कृषि योजनाको पूर्वाधार"

पहिलो कृषि गणना वि.सं. २०१८ सालमा भएको थियो।

कृषि गणना प्रत्येक १०/१० वर्षमा गरिन्छ।

काठमाडौं, भक्तपुर र ललितपुरमा ट्याब्लेटमार्फत गणना गरिएको

राष्ट्रिय तथ्याङ्क कार्यालयबाट जनगणना हुने गर्छ।

८) विश्वका ८ हजार मिटरभन्दा माथिका अग्ला १४ हिमालमध्ये अन्नपूर्ण कुन हो ?

-शिसापाङ्मा (८०२७ मिटर) तिब्बत चीनमा अवस्थित

९) नेपालले जैविक विविधता सम्बन्धी कुन महासन्धि अनुमोदन गरेको थियो ?

-सन् १९९३ सेप्टेम्बर १५  (नेपालले जुन १२, १९९२  मा जैविक विविधता महासन्धि (CBD) मा हस्ताक्षर गरेको थियो भने यसलाई नेपालको संसदले सेप्टेम्बर १५, १९९३ मा अनुमोदन गरेको थियो। सो अनुमोदित दस्तावेज नोभेम्बर २३, १९९३ मा संयुक्त राष्ट्र संघका महासचिवसमक्ष पेश गरेको थियो।)

१०) कुन अन्तर्राष्ट्रिय सम्झौताले Global Warming लाई पूर्व औद्योगिक तहको भन्दा २ डिग्री सेल्सियस तल सीमित गर्ने लक्ष्य राखेको छ ?

-Paris Agreement

११) ताल र अवस्थित जिल्लाबीचको सही जोडा क्रम ... ?

  • जगदीशपुर ताल - कपिलवस्तु
  • सुर्मासरोवर - बझाङ
  • रूपाताल - कास्की
  • माइपोखरी - इलाम

१२) देहायकामध्ये नमिल्ने जोडा कुन हो ?

 (क) दिगो विकास लक्ष्य - देश भित्र वा देश हरू बीच रहेको असमानता अन्त्य गर्ने

 (ख) Red List को प्रधान कार्यालय - लन्डन, बेलायत

(ग) ओजोन तह संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय दिवस - सेप्टेम्बर १६

(घ) रामसार क्षेत्रमा सूचीकृत नेपालको सिमसार क्षेत्र - खप्तड राष्ट्रिय निकुञ्ज

१३) मानवले पुरै शरीरमा रगतसंचार हुन्छ भने कसले पत्ता लगाएका थिए ?

-विलियम हार्वे ( सन् १६२८ मा पत्ता लगाएका)

१४) ठिक बेठिक छुट्याउनुहोस् ?

(क) सूचना प्रविधिमा पहुँच भएका र नभएका बीचको फरकलाई Digital Divide भनिन्छ।

(ख) विज्ञान र प्रविधिको तीव्र विकासले विश्वलाई साँघुरो घेरा भित्र सीमित पारेको छ।

(ग) बायोमास र बायोग्यास लाई सौर्य उर्जा भनिन्छ।

-क र ख ठिक तर ग बेठिक

१५) आविष्कारक र आविष्कारबीचको सही जोडा ... ?

  • जोहानेस गुटेनबर्ग - प्रिन्टिङ प्रेस 
  • जे.एल. बेयर्ड - टेलिभिजन 
  • विल्हेल्म कोनराड रोन्टजेन - एक्स-रे मेसिन 
  • वाटरमेन - फाउन्टेन पेन 

१६) संयुक्त राष्ट्रसंघको चार्टरको तेस्रो संशोधन कहिले भएको हो?

-सन् १९७३  (सन् १९६३, १९६५, र १९७३  गरी तीनचोटि संशोधन)

१७) विकल्पमा दिइएकामध्ये कुन दुई राष्ट्रसंघ नेपालको दूतावास छैन ?
-भुटान र माल्दिभ्स

१८) नेपालमा कुन शिखर सम्मेलन भएका छन् ?

-तेस्रो, ११ औँ र १८ औँ

१९) देहायका मध्ये कुन कुन पूर्वाधारहरूमा जापान सरकारले सहयोग गरेको छ?

  • त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज - जापान
  • उदयपुर सिमेन्ट उद्योग - जापान
  • अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र - चीन
  • पृथ्वी राजमार्ग - चीन
  • राष्ट्रिय क्षयरोग केन्द्र - जापान

-i, ii र v Only जापान सरकारको सहयोग (पृथ्वी राजमार्ग र अन्तराष्ट्रिय सम्मेलन केन्द्र चीनको सहयोगमा)

२०) विकल्पमा दिइएकामध्ये कुन रासायनले फल पाक्न महत्त्व गर्छ ?

-Ethylene

२१) खोप र नमिल्ने जोडा........?

  • Rotavirus                         २ पटक

  • PCV                                  ३ पटक

  • Japanese Encephalitis       १ पटक

  • FIPV                                ५ पटक 

- FIPV  ५ पटक (२ पटक मात्र दिने )

२२) भिटामिन र तिनको रासायनिक नामको बीचको सही जोडा क्रम........?

  • Vitamin A - Retinol

  • Vitamin D - Calciferol

  • Vitamin B1 - Thiamine

  • Vitamin C - Ascorbic Acid

२३) पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी मात्रामा प्राकृतिक ग्यास उत्पादन गर्ने देश कुन हो ?

-अमेरिका (क्रमश: रसिया, इरान, चिन, क्यानडा)

२४) आर्थिक सर्वक्षण २०८०/०८१ को वृद्धिदर कति रहेको छ ?

-३.०५ हो प्रतिशत( विकल्पमा यो उक्लेख नभएकोले ३.० प्रतिशतलाई मानेको हुन सक्ने)

२५) सोहौँ योजनाले आर्थिक वर्ष २०८५/८६ मा बेरोजगारी दर कति हासिल गर्ने लक्ष्य लिएको छ?

- ५  प्रतिशत

२६) नेपालको कुल भूभागको कतिप्रतिशत शर्षित क्षेत्रको रूपमा रहेको छ?

-२३.४  प्रतिशत अर्थात् २३.३९ प्रतिशत

२७) नेपालको अर्थतन्त्र सम्बन्धमा......?

 (i) आर्थिक वर्ष २०८०/०८१ मा नेपालको वस्तु निर्यातको कुल मूल्य रु.१०२ अर्ब ८८ करोड पुगेको थियो ।

(ii) आर्थिक वर्ष २०८०/०८१ मा बढेको वस्तु मध्ये स्पेयर पार्टपुर्जा, तयारी पोशाक र विद्युतीय उपकरण समेत पर्दछन् । 

(iii) आर्थिक वर्ष २०८०/०८१ मा विप्रेसन आप्रवाह रु.१२४५ अर्ब ३७ करोड पुगेको छ ।

-ii ठिक, i र iii बेठिक 

२८) संस्था र तिनको अवस्थाबीचको सही जोडा क्रम ................. ?

  • भृकुटी कागज कारखाना - सम्पत्ति तथा व्यवस्थापन बिक्री 
  • बाँसबारी छाला जुत्ता उद्योग - शेयर बिक्री 
  • सुर्ती विकास कम्पनी - खारेजी 
  • नेपाल रोजिन एन्ड टप्रेन टाइन लि.सम्पति बिक्रि र लिज

२९) तलकामध्ये कुन सुधारलाई नेपालको प्रशासनिक विकासको हिस्सा मानिन्छ ?

(१) राणा शासनको अन्त्य

(२) संघीयताको कार्यान्वयन

 (३) लोक सेवा मार्फत योग्यतामा आधारित प्रणालीको सुरुवात

 (४) स्थानीय सरकार ऐनको कार्यान्वयन

-२,३ र ४ मात्र (राणा शासन एउटा राजनीतिक परिवर्तन हो | राणा शासनकालपछि मात्र नेपालमा प्रशासनिक विकास तीव भएको)

३०) सन्धि/सम्झौता र अनुमोदन मितिबीचको सही जोडा क्रम ................. ?

  • महिलाको राजनीतिक अधिकार सम्बन्धी महासन्धि १९५२ - सन् १९६६ अप्रिल २६  
  • बाल अधिकार सम्बन्धी महासन्धि १९८९ - सेप्टेम्बर १४, १९९० 
  • अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि- सन् २०१० मे सात
  • नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६६ - सन् १९९१ मे १४

३१) सन् १९९३ मा मा विकल्पमा दिएका मध्ये कुन देश २ देशमा विभाजन भएको थियो ?

- चेकोस्लोभाकिया (चेक रिपब्लिक र स्लोभाकियामा विभाजित)

३२) तलका कथनहरू अध्ययन गरी ठिक बेठिक छुट्याउनुहोस् ।

(i) पशुपतिनाथ मन्दिर र चाँगुनारायण मन्दिर प्यागोडा शैलीमा बनेका मन्दिर हुन् ।

(ii) जानकी मन्दिर शिखर वा गुम्बज शैलीको विशिष्ट मिश्रण स्वरूपबाट निर्माण गरिएको छ ।

-१ र २ दुवै ठिक 

३३) साहित्य कृति र लेखकबीचको सही जोडा क्रम ................. ?

  • लिलाम - जगदीश घिमिरे
  • सेतो संसार - खगेन्द्र संग्रौला 
  • कम्प- शारदा शर्मा 
  • सहरको कथाकिशोर नेपाल 

३४) रोजगारीको स्वतन्त्रता, उचित ज्यालाको हक र ट्रेड युनियनको अधिकार कुन प्रकारको अधिकार अन्तर्गत पर्छ?

-आर्थिक तथा सामाजिक अधिकार

३५) देह्रेकामध्ये कुन चाहिँ स्वागतकारी आयोजन होईन?

-काठमाडौं-तराई/मधेश द्रुतमार्ग

३६) नेपालभित्र फेला परेको पीतृत्व र मातृत्व ठेगान नभएको प्रत्येक नाबालक निजको बाबुआमा फेला नपरेसम्म........? 

-वंशजको नाताले नेपालको नागरिक मानिने

३७) अफ्रिकाको महादेशको सेवामा ठूलो देश कुन हो?

-अल्जेरिया (ठूलो देश अल्जेरिया भएपनि विकल्पमा सो उल्लेख नभएको तथा प्रश्नमा दिइएकामध्ये पनि नभएको तथा अन्य केको आधारमा स्पष्ट नभएकोले अब आयोगले केको आधारमा सोधेको हो र कुन उत्तरलाई आधार मानेको छ सोही अनुरूप होला)

३८) "घाटु नाच" मुख्य रूपमा नेपालको कुन समुदायमा प्रचलित छ?

-गुरुङ

३९) विकल्पमा दिइएकामध्ये सहारा मरुभूमि क्षेत्रमा अवस्थित देश कुन हो?

-लिबिया

४०) नेपाल र तिब्बत बीच थापाथली सन्धि कहिले भएको थियो ?

-वि.सं. १९१२

४१) भारतीय मात्र सीमा जोडिएका नेपालका कति जिल्ला छन् ?

-२५ जिल्ला ( भारतसँग २५+२= २७, चिनसँग १३+२= १५ ( चिनसँग मात्रै १३) र दुवै देशलाई छुने २ र कुनै पनि देशलाई नछुने जिल्ला ३७ रहेका)

४२) विभिन्न सीमा लाइन र देशहरूको सही जोडा क्रम.......?

  • Durand Line - पाकिस्तान र अफगानिस्तान

  • मेकमोहन लाइन - भारत र चीन

  • Maginot Line - फ्रान्स र जर्मनी

  • रेडक्लिफ रेखा - भारत र पाकिस्तान

४३. देश र महादेशबीचको सही जोडा क्रम........?

  • साइप्रस - युरोप
  • मौरिट्युस - अफ्रिका
  • मार्टिनिक - उत्तर अमेरिका
  • बोलिभिया - दक्षिण अमेरिका
  • साइप्रस: पूर्वी भूमध्यसागर र पश्चिमी एसियामा भौगोलिक स्थान भएतापनि साइप्रसलाई युरोपेली देश मानिन्छ । यो EU र युरोजोनको सदस्य, युरो मुद्रा प्रचलन तथा अन्य ऐतिहासिक तथा सांस्कृतिक रूपमा युरोपसँग बलियो सम्बन्ध भएको कारण युरोपेली देश मानिने ।

  • मार्टिनिक: यो फ्रान्सको एक विदेशी विभाग मानिन्छ जसको अर्थ युरोपेली संघको भाग हो तर यो भौगोलिक रूपमा उत्तर अमेरिका महादेशमा अवस्थित छ ।

४४) वि.सं. २०४७  सालको अन्तरीय मन्त्रिपरिषद् कति सदस्यीय रहेको थियो?

-११

४५) नदी र महादेशको बीचको सही जोडा क्रम.......? 

  • मेकङ नदी - एसिया
  • राइन नदी - युरोप
  • फ्रेजर नदी - उत्तर अमेरिका
  • लिम्पोपो नदी - अफ्रिका

४६) उत्पादन क्षमताको आधारमा बढी वाट कम जलविद्युत आयोजनाहरुको सही क्रम.......?

  • चिलिमे जलविद्युत आयोजना - २२.१ मेगावाट
  • चमेलिया जलविद्युत आयोजना - ३० मेगावाट
  • देवीघाट जलविद्युत आयोजना - १४.१ मेगावाट
  • कालीगण्डकी 'ए' जलविद्युत आयोजना - १४४ मेगावाट
  • खिम्तीखोला जलविद्युत आयोजना - ६० मेगावाट

-४,५,२,१,३ 

४७) सर्वप्रथम कृषक परिचयपत्र वितरण कुन जिल्लामा गरिएको थियो?

-बाग्लुङ

४८) मल्लकालमा प्रशासकलाई के भनिन्थ्यो ?

-सामन्त

४९) Global Innovation Index (GII) 2024 मा नेपाल कतिऔं स्थानमा रहेको थियो ?

-१०९ औं

 

Categories

  • Current Affairs 736
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

Koshi Pradesh, A.H.V. (Health Inspection), 2083/01/12
Past Questions

कोशी प्रदेश, अ.हे.व. (हेल्थ इन्सपेक्सन), २०८३/०१/१२

  • Aug 08, 2026
  • 194
NA.PRA.S.(Agriculture), 2083/04/23
Past Questions

ना.प्रा.स. (कृषि), २०८३/०४/२३

  • Aug 08, 2026
  • 212
Europe
Others

युरोप महादेश

  • Aug 07, 2026
  • 75
Karnali Province, A.E.W., Fourth Level - 2081/03/15
Past Questions

कर्णाली प्रदेश, अ.हे.व., चौथो तह - २०८१/०३/१५

  • Aug 07, 2026
  • 91
Largest and smallest countries of each continent
Others

महादेश र तिनका सबैभन्दा ठुलो र सानो देश

  • Aug 06, 2026
  • 113
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA