Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्वव्यापी शान्ति सूचकांक, २०२६

  • Ajnabee Khadka
  • July 07, 2026
  • 745

विश्वव्यापी शान्ति सूचकांक, २०२६

Global Peace Index 2026

सामान्य परिचय:

  • संस्करण: यो विश्वव्यापी शान्ति सूचकांकको २०औँ संस्करण
  • प्रकाशक: इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस (Institute for Economics and Peace - IEP), सिड्नी, अस्ट्रेलिया
  • मापनका आधारहरू: सूचकांकमा २३ वटा गुणात्मक र परिमाणात्मक सूचकहरू प्रयोग गरिन्छ, जसलाई तीन मुख्य आयाममा विभाजन गरिएको छ; समाजको सुरक्षा र संरक्षण, चलिरहेको आन्तरिक तथा अन्तर्राष्ट्रिय द्वन्द्व र सैन्यकरणको अवस्था
  • समेटिएको क्षेत्र: यस प्रतिवेदनले विश्वका १६३ स्वतन्त्र देश र क्षेत्रहरू समेटेको (विश्वको कूल जनसङ्ख्याको ९९.७ प्रतिशत)

विश्वव्यापी अवस्था (Global Trends)

  • विश्वको औसत शान्ति स्तर गत वर्षको तुलनामा ०.७ प्रतिशतले गिरावट आएको (यो विश्वव्यापी शान्तिमा गिरावट आएको लगातार १२ औँ वर्ष)
  • कुल १६३ देशमध्ये ९९ वटा देशमा शान्तिको अवस्था बिग्रिएको छ भने ६२ वटामा सुधार भएको,
  • हाल विश्वमा दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा धेरै सक्रिय द्वन्द्वहरू रहेका,

विश्वका शीर्ष ५ सबैभन्दा शान्त मुलुकहरू:

बरियता
देश
१
आइसल्याण्ड (Iceland)
२
न्यूजिल्याण्ड (New Zealand)
३
स्विट्जरल्याण्ड (Switzerland)
४
स्लोभेनिया (Slovenia)
५
आयरल्याण्ड (Ireland)
  • आइसल्याण्ड लगातार १९ औँ वर्ष विश्वकै सबैभन्दा शान्त मुलुक बन्न सफल भएको,
  • शीर्ष ५ मुलुकहरूमध्ये ४ वटा मुलुकहरू (आइसल्याण्ड, स्विट्जरल्याण्ड, स्लोभेनिया र आयरल्याण्ड) युरोप क्षेत्रका हुन् भने न्यूजिल्याण्ड एसिया-प्रशान्त क्षेत्रको,

सबैभन्दा कम शान्त (पुछारका) ५ मुलुकहरू:

बरियता
देश 
१६३
रुस (Russia)
१६२
सुडान (Sudan)
१६१
प्रजातान्त्रिक गणतन्त्र कङ्गो (DR Congo)
१६०
युक्रेन (Ukraine)
१५९
इजरायल (Israel)
  • रुस विश्वकै सबैभन्दा कम शान्त मुलुकको रूपमा सूचीकृत (युक्रेन र रुसबीचको जारी युद्धका कारण दुवै देश पुछारका ५ स्थानभित्र परेका,)
  • सुडान गृहयुद्ध र चरम मानवीय संकटका कारण दोस्रो सबैभन्दा अशान्त मुलुक बनेको,
  • इजरायल र हमास तथा इरानसँगको द्वन्द्वका कारण इजरायल पनि विश्वका ५ सबैभन्दा कम शान्त मुलुकको सूचीमा परेको,

नेपालको अवस्था:

  • विश्वव्यापी स्थान: नेपाल १११ औँ स्थानमा रहेको,
  • परिवर्तन: नेपालको अवस्थामा ९.१ प्रतिशतले गिरावट आएको र यो अघिल्लो वर्षको तुलनामा (७६ औं स्थान) २६ स्थान तल झरेको,
  • क्षेत्रीय स्थान: दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा
  • गिरावटको मुख्य कारण: सन् २०२५ सेप्टेम्बरमा भएको 'जेन जी' (Gen Z) आन्दोलन
दक्षिण एसियाको अवस्था:
  • दक्षिण एसिया विश्वकै सातौँ कम शान्त क्षेत्र (८ क्षेत्रमध्ये) को रूपमा रहेको,
  • भुटान: दक्षिण एसियाकै सबैभन्दा शान्त मुलुक (विश्वव्यापी १६ औँ स्थान)
  • अफगानिस्तान: दक्षिण एसियाको सबैभन्दा कम शान्त मुलुक (विश्वव्यापी १५७ औँ स्थान)
  • दक्षिण एसियाली मुलुकहरूको बरियता: १. भुटान (१६) २. श्रीलंका (६७) ३. नेपाल (१११) ४. बंगलादेश (११७) ५. भारत (१२७) ६. पाकिस्तान (१५२) ७. अफगानिस्तान (१५७)
अन्य महत्वपूर्ण तथ्यहरू:
  • सबैभन्दा बढी सुधार गर्ने मुलुक: पोल्याण्ड (२३ स्थान माथि उक्लिएर २२ औँ स्थानमा)
  • सबैभन्दा बढी गिरावट आउने मुलुक: नेपाल (२६ स्थान तल झरेको)
  • शान्त क्षेत्र: पश्चिमी र मध्य युरोप विश्वकै सबैभन्दा शान्त क्षेत्र
  • अशान्त क्षेत्र: मध्य पूर्व र उत्तर अफ्रिका (MENA) सबैभन्दा कम शान्त क्षेत्र
  • द्वन्द्वको आर्थिक प्रभाव: सन् २०२५ मा हिंसाको विश्वव्यापी आर्थिक प्रभाव २१.८ ट्रिलियन डलर (विश्वको कूल गार्हस्थ्य उत्पादनको १०.५ प्रतिशत) पुगेको,
  • प्रविधिको प्रभाव: आधुनिक युद्धमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) र ड्रोनको प्रयोग तीव्र रूपमा बढेको (ड्रोन आक्रमण सन् २०१८ देखि २०२५ को बीचमा ११५ गुणाले बढेको,)

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 109
Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 135
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 169
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 68
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 220
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA