विश्वव्यापी शान्ति सूचकांक, २०२६
सामान्य परिचय:
- संस्करण: यो विश्वव्यापी शान्ति सूचकांकको २०औँ संस्करण
- प्रकाशक: इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस (Institute for Economics and Peace - IEP), सिड्नी, अस्ट्रेलिया
- मापनका आधारहरू: सूचकांकमा २३ वटा गुणात्मक र परिमाणात्मक सूचकहरू प्रयोग गरिन्छ, जसलाई तीन मुख्य आयाममा विभाजन गरिएको छ; समाजको सुरक्षा र संरक्षण, चलिरहेको आन्तरिक तथा अन्तर्राष्ट्रिय द्वन्द्व र सैन्यकरणको अवस्था
- समेटिएको क्षेत्र: यस प्रतिवेदनले विश्वका १६३ स्वतन्त्र देश र क्षेत्रहरू समेटेको (विश्वको कूल जनसङ्ख्याको ९९.७ प्रतिशत)
विश्वव्यापी अवस्था (Global Trends)
- विश्वको औसत शान्ति स्तर गत वर्षको तुलनामा ०.७ प्रतिशतले गिरावट आएको (यो विश्वव्यापी शान्तिमा गिरावट आएको लगातार १२ औँ वर्ष)
- कुल १६३ देशमध्ये ९९ वटा देशमा शान्तिको अवस्था बिग्रिएको छ भने ६२ वटामा सुधार भएको,
- हाल विश्वमा दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा धेरै सक्रिय द्वन्द्वहरू रहेका,
विश्वका शीर्ष ५ सबैभन्दा शान्त मुलुकहरू:
|
बरियता
|
देश
|
|---|---|
|
१
|
आइसल्याण्ड (Iceland)
|
|
२
|
न्यूजिल्याण्ड (New Zealand)
|
|
३
|
स्विट्जरल्याण्ड (Switzerland)
|
|
४
|
स्लोभेनिया (Slovenia)
|
|
५
|
आयरल्याण्ड (Ireland)
|
- आइसल्याण्ड लगातार १९ औँ वर्ष विश्वकै सबैभन्दा शान्त मुलुक बन्न सफल भएको,
- शीर्ष ५ मुलुकहरूमध्ये ४ वटा मुलुकहरू (आइसल्याण्ड, स्विट्जरल्याण्ड, स्लोभेनिया र आयरल्याण्ड) युरोप क्षेत्रका हुन् भने न्यूजिल्याण्ड एसिया-प्रशान्त क्षेत्रको,
सबैभन्दा कम शान्त (पुछारका) ५ मुलुकहरू:
|
बरियता
|
देश
|
|---|---|
|
१६३
|
रुस (Russia)
|
|
१६२
|
सुडान (Sudan)
|
|
१६१
|
प्रजातान्त्रिक गणतन्त्र कङ्गो (DR Congo)
|
|
१६०
|
युक्रेन (Ukraine)
|
|
१५९
|
इजरायल (Israel)
|
- रुस विश्वकै सबैभन्दा कम शान्त मुलुकको रूपमा सूचीकृत (युक्रेन र रुसबीचको जारी युद्धका कारण दुवै देश पुछारका ५ स्थानभित्र परेका,)
- सुडान गृहयुद्ध र चरम मानवीय संकटका कारण दोस्रो सबैभन्दा अशान्त मुलुक बनेको,
- इजरायल र हमास तथा इरानसँगको द्वन्द्वका कारण इजरायल पनि विश्वका ५ सबैभन्दा कम शान्त मुलुकको सूचीमा परेको,
नेपालको अवस्था:
- विश्वव्यापी स्थान: नेपाल १११ औँ स्थानमा रहेको,
- परिवर्तन: नेपालको अवस्थामा ९.१ प्रतिशतले गिरावट आएको र यो अघिल्लो वर्षको तुलनामा (७६ औं स्थान) २६ स्थान तल झरेको,
- क्षेत्रीय स्थान: दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा
- गिरावटको मुख्य कारण: सन् २०२५ सेप्टेम्बरमा भएको 'जेन जी' (Gen Z) आन्दोलन
दक्षिण एसियाको अवस्था:
- दक्षिण एसिया विश्वकै सातौँ कम शान्त क्षेत्र (८ क्षेत्रमध्ये) को रूपमा रहेको,
- भुटान: दक्षिण एसियाकै सबैभन्दा शान्त मुलुक (विश्वव्यापी १६ औँ स्थान)
- अफगानिस्तान: दक्षिण एसियाको सबैभन्दा कम शान्त मुलुक (विश्वव्यापी १५७ औँ स्थान)
- दक्षिण एसियाली मुलुकहरूको बरियता: १. भुटान (१६) २. श्रीलंका (६७) ३. नेपाल (१११) ४. बंगलादेश (११७) ५. भारत (१२७) ६. पाकिस्तान (१५२) ७. अफगानिस्तान (१५७)
अन्य महत्वपूर्ण तथ्यहरू:
- सबैभन्दा बढी सुधार गर्ने मुलुक: पोल्याण्ड (२३ स्थान माथि उक्लिएर २२ औँ स्थानमा)
- सबैभन्दा बढी गिरावट आउने मुलुक: नेपाल (२६ स्थान तल झरेको)
- शान्त क्षेत्र: पश्चिमी र मध्य युरोप विश्वकै सबैभन्दा शान्त क्षेत्र
- अशान्त क्षेत्र: मध्य पूर्व र उत्तर अफ्रिका (MENA) सबैभन्दा कम शान्त क्षेत्र
- द्वन्द्वको आर्थिक प्रभाव: सन् २०२५ मा हिंसाको विश्वव्यापी आर्थिक प्रभाव २१.८ ट्रिलियन डलर (विश्वको कूल गार्हस्थ्य उत्पादनको १०.५ प्रतिशत) पुगेको,
- प्रविधिको प्रभाव: आधुनिक युद्धमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) र ड्रोनको प्रयोग तीव्र रूपमा बढेको (ड्रोन आक्रमण सन् २०१८ देखि २०२५ को बीचमा ११५ गुणाले बढेको,)