Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

गोपालवंशी शासकहरू

  • Bikash Shrestha
  • June 08, 2025
  • 1256

गोपालवंशी शासकहरू

Gopal dynasty rulers

गोपालवंशी शासकहरू

नेपालका प्रारम्भिक राजाहरू गोपालवंशी थिए। “गोपाल” भन्नाले गाइ पालन गर्ने समुदायलाई जनाउँछ। काठमाडौंबाट फोहर पानी बाहिर निकाल्ने प्रविधिको विकास भएपछि उपत्यकामा बसोबास गर्न सकिने भयो। त्यसपछि दक्षिणतर्फबाट निप जातिका गोपालहरू यहाँ आकर्षित भए।

दक्षिणबाट आएका गोपालहरू र यहाँका प्राचीन नाग जातिबीच भिडन्त भयो, जसमा नाग जातिहरू पराजित भई दक्षिणतर्फ लागे। त्यसपछि नेपाल उपत्यकामा गोपालहरूकै वर्चस्व कायम भयो।

वंशावलीहरूमा उल्लिखित कथाअनुसार, उनीहरूका एक प्रमुख गाईपालकले बाग्मती नदीको किनारमा गएर दूध चढाउने गर्दथे। सोही स्थानमा पशुपतिनाथको स्वयंभू लिङ्ग उत्पन्न भएको भनिन्छ। त्यस स्थानमा तपस्या गरिरहेका ‘ने’ नामका ऋषिले गोपालवंशका भूमिगुप्तलाई राजा बनाए। उनी गोपाल वंशका पहिलो शासक थिए।

वंशावलीअनुसार गोपालवंशमा आठ जना शासक थिए:

  1. भूमिगुप्त

  2. जयगुप्त

  3. धर्मगुप्त

  4. हर्षगुप्त

  5. भीमगुप्त

  6. मणिगुप्त

  7. विष्णुगुप्त

  8. जितगुप्त

यी शासकहरूले करिब ५०५ वर्ष शासन गरेका थिए। किर्तिपटिक वंशावलीमा ४९१ वर्ष र राइट वंशावलीमा ५२१ वर्ष शासन गरेको उल्लेख छ।

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1060
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 7

Latest Blogs

World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 85
Elon Musk: The World's First Trillionaire
Current Affairs

इलन मस्क: विश्वकै पहिलो खर्बपति (Trillionaire)

  • Jun 14, 2026
  • 90
UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 52
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 44
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 49
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA