Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा नागरिकतासम्बन्धी कानूनको ऐतिहासिक विकासक्रम

  • Ajnabee Khadka
  • March 19, 2026
  • 477

नेपालमा नागरिकतासम्बन्धी कानूनको ऐतिहासिक विकासक्रम

Historical development of citizenship law in Nepal
  • वि.सं. १९१० को मुलुकी ऐन, पृथ्वीनारायण शाहको दिव्योपदेश, राणाकालीन सनद सवालहरूमा नेपाली नागरिक र गैर नेपाली नागरिकको विभेदबारे उल्लेख (सो भन्दा पहिला नेपाली नागरिक र गैर नेपाली नागरिक छुट्याउन सकिने स्पष्ट आधार नरहेको,)
  • नेपाल सरकार वैधानिक कानून २००४ र नेपालको अन्तरिम शासन विधान, २००७ मा नेपाली नागरिकताको प्रमाणपत्रको सम्बन्धमा स्पष्ट व्यवस्था नभएपनि नागरिकको निमित्त एकै किसिमको देवानी ऐन जारी गर्ने व्यवस्थालाई हेर्दा नागरिक र गैर नागरिक छुट्टिएको,
  • नेपालमा नागरिकताको नीतिगत थालनी वि.सं. २००९/०१/२६ बाट लागू भएको नेपाल नागरिकता ऐन, २००९ बाट भएको,

नेपालमा नागरिकतासम्बन्धी कानूनको ऐतिहासिक विकासक्रम:

मिति

विवरण

२००९/०१/२६

पहिलो नागरिकता ऐन जारी भई लागू

२०१९

नेपालको संविधान, २०१९ मा नागरिकतासम्बन्धी विषयलाई प्रथमपटक संविधानमा समावेश

२०२०/११/१६

नेपाल नागरिकता ऐन, २०२० लागू

२०२५

नेपाल नागरिकता नियमावली, २०२५ लागू भई नागरिकताको ढाँचा अनुसूची मैँ निर्धारण

२०४६/०७/२३

नेपाल अधिराज्यको संविधान, २०४७ को भाग २ मा नागरिकतासम्बन्धी व्यवस्थासहित नयाँ संविधान जारी

२०४८

नागरिकता ऐन

२०४९

नागरिकता नियमावली

२०६३

नेपालको अन्तरिम संविधान, २०६३ को भाग २ मा नागरिकतासम्बन्धी व्यवस्थासहित नयाँ संविधान जारी, २०४६ साल चैत्र मसान्तलाई आधार बर्ष मानी जन्मको आधारमा नागरिकता प्रदान गर्ने व्यवस्था

२०६३/०८/१०

नेपाल नागरिकता ऐन, २०६३ जारी भई लागू

२०६३

नेपाल नागरिकता नियमावली, २०६३ जारी भई लागू

२०६३

नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३

२०६६/०४/१९

राजपत्रमा नागरिकता नियमावलीमा रहेका अनुसूची हेरफेरसम्बन्धी सूचना प्रकाशन (अंग्रेजीमा विवरण समावेश गर्ने लगायत)

२०६३ पश्चात्

जिल्ला प्रशासन कार्यालयहरूले विभिन्न सफ्टवेयरहरू निर्माण एवं प्रयोग गरी सञ्चालयमा ल्याईएको

२०६८

पहिलोपटक मन्त्रालयबाट नै CCDS (Citizenship Card Distribution System) सफ्टवेयर बनाई तीनवटा जिल्ला प्रशासन कार्यालयहरू ललितपुर, भक्तपुर र मुस्ताङमा कम्प्युटरमार्फत नागरिकता प्रमाणपत्र वितरण कार्यको थालनी

२०६८

CCDS मा थप सुधार गरी थप ५८ वटा जिल्ला प्रशासन कार्यालयहरूमा विस्तार तथा अन्य प्रणालीमा भएका डाटा समेत CCDS मा Migration

२०६९

Desktop Based CCDS मा रहेका समस्या समाधान गरी कम्प्युटरमार्फत नागरिकता प्रमाणपत्र वितरण गर्ने कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन Web-based Citizenship Information Management System (CIMS) निर्माण गरी सञ्चालनमा ल्याईएको । उक्त प्रणालीमा जिल्ला/इलाका/सीमा प्रशासन कार्यालयहरूमा Local रूपमा Server Set Up गरी मन्त्रालयमा रहेको Central Server मा Data Synchronize हुने व्यवस्था मिलाईएको ।

२०६६/०८/०१

नागरिकता प्रमाणपत्रमा अंग्रेजीमा समेत विवरण समावेश गर्ने व्यवस्था लागू,

२०६९/०९/१६

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई लिङ्गको महलमा “अन्य” जनाई नागरिकता जारी गर्ने सम्बन्धि निर्देशिका, २०६९ स्वीकृत भई लागू

२०७०

नागरिकता प्रमाणपत्र वितरण टोलीको कार्यसञ्चालन निर्देशिका जारी

२०७५

नागरिकता प्रमाणपत्रको डाटा हेर्नेमात्र पहुँच दिनेसम्बन्धी कार्यविधि जारी

२०७७

CIMS लाई Upgrade गरी कुनै एक जिल्लाबाट जारी भएको नागरिकता प्रमाणपत्रको गैर जिल्लाबाट प्रतिलिपी जारी गर्न सकिने, फोटो अनुसूची लगायतका कागजातहरू System मा Upload गर्न सकिनेजस्ता Features थप

२०७८

नागरिकतासम्बन्धी Centralized System निर्माण हुँदै

स्रोत: नेपाल सरकारको गृह मन्त्रालयको अधिकारिक वेबसाइट

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 43
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 96
World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 99
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 130
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 113
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA