Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाल ट्राफिक प्रहरीको ऐतिहासिक विकासक्रम

  • Ajnabee Khadka
  • February 02, 2026
  • 1000

नेपाल ट्राफिक प्रहरीको ऐतिहासिक विकासक्रम

Historical development of Nepal Traffic Police
विक्रम संवत (वि.सं.) ऐतिहासिक घटना र उपलब्धिहरू
१९५८ काठमाडौं उपत्यकामा पहिलो पटक कार भित्र्याइएको,
१९७८ नेपालको पहिलो चालक अनुमति पत्र (Driving License) गोपाल खोपासेलाई जारी गरिएको,
२००३ सवारी दर्ता प्रणालीको सुरुवात गरिएको,
२००७ 'राम दल' द्वारा ट्राफिक नियन्त्रण प्रणाली लागू गरिएको,
२००९ ट्राफिक प्रहरी टुकडी (Traffic Police Detachment) को स्थापना। पहिलो महिला चालक अनुमति पत्र मच्छरी चित्रकारलाई जारी गरिएको,
२०१२ ट्राफिक प्रहरी टुकडीको नाम परिवर्तन गरी 'केन्द्रीय ट्राफिक कम्पनी' राखिएको,
२०१६ पहिलो पटक काठमाडौं उपत्यका बाहिर ट्राफिक प्रहरी परिचालन गरिएको,
२०२० यातायात ऐन तर्जुमा गरिएको र प्रहरीका लागि तालिमको सुरुवात,
२०२३ काठमाडौंमा ट्राफिक लाइट प्रणालीको सुरुवात,
२०२६ ट्राफिक प्रहरीलाई पहिलो पटक सवारी साधन उपलब्ध गराइएको,
२०२९ ट्राफिक प्रहरीलाई सञ्चार सेट (Radio Sets) उपलब्ध गराइएको र 'ट्राफिक सप्ताह' मनाउन सुरु गरिएको,
२०३९ ट्राफिक प्रहरीको पोशाक (Uniform) मा परिवर्तन गरिएको,
२०४१ काठमाडौंको टुँडिखेल वरिपरि पहिलो पटक 'वान वे' (One Way) प्रणाली लागू गरिएको,
२०४३ राजमार्ग ट्राफिक प्रहरी गस्ती (Highway Traffic Police Patrol) को सुरुवात,
२०४९ केन्द्रीय ट्राफिक कम्पनीको नाम 'उपत्यका ट्राफिक प्रहरी कार्यालय' राखिएको। यातायात ऐनलाई 'सवारी तथा यातायात व्यवस्था ऐन, २०४९' ले प्रतिस्थापन गरेको,
२०५१ कम्प्युटराइज्ड रेकर्ड प्रणालीको सुरुवात,
२०५२ सवारी प्रदूषण परीक्षण सुरु। महिला ट्राफिक प्रहरी कम्पनीको स्थापना। थापाथलीमा आधुनिक ट्राफिक लाइट जडान,
२०५४ सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ स्वीकृत र कार्यान्वयन,
२०५५ क्षेत्रीय र जिल्ला ट्राफिक प्रहरी कार्यालयहरूको स्थापना। ट्राफिक सचेतनाका लागि कान्तिपुर एफ.एम. सँग सम्झौता,
२०५८ प्रहरी प्रधान कार्यालयमा 'ट्राफिक प्रहरी निर्देशनालय' को स्थापना,
२०५९ ट्याक्सी र टेम्पो चालकहरूका लागि 'चालक परिचय पत्र' वितरण। १० वटा चोकमा आधुनिक ट्राफिक लाइट जडान,
२०६२ लेन अनुशासन कायम गर्न कङ्क्रिट रोड डिभाइडरको सुरुवात,
२०६३ थापाथलीमा पहिलो महिला ट्राफिक प्रहरी सेक्टर स्थापना। १०३ टोल फ्री नम्बरसहितको ट्राफिक कन्ट्रोल रुम स्थापना। उपत्यका ट्राफिक प्रहरीको नाम 'महानगरीय ट्राफिक प्रहरी महाशाखा' राखिएको,
२०६५ सार्वजनिक सहयोगका लागि 'ट्राफिक एसएमएस सेवा' सुरु,
२०६६ महानगरीय ट्राफिक प्रहरीको वेबसाइट विकास र सञ्चालन,
२०६९ ट्राफिक सचेतनाका लागि 'मेट्रो ट्राफिक एफ.एम. ९५.६' प्रसारण सुरु,
२०७० ट्राफिक व्यवस्थापनका लागि सिसीटिभी (CCTV) कन्ट्रोल रुम स्थापना,
२०७३ 'Traffic Police, Nepal' मोबाइल एप सार्वजनिक,
२०७६ मेट्रो ट्राफिक एफ.एम. ९५.५ मेगाहर्जमा प्रसारण सुरु,
२०८१ कार्तिक ४ ई-चलान (E-Challan) को सुरुवात,

 

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 47
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 104
World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 109
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 137
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 118
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA