Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा आधुनिक मुद्रा (नोट) को इतिहास

  • Ajnabee Khadka
  • February 04, 2026
  • 1124

नेपालमा आधुनिक मुद्रा (नोट) को इतिहास

History of modern currency (notes) in Nepal
  • नेपाली सिक्काको प्रसार व्यवस्थित गर्नको निमित्त स्थापित निकाय: टक्सार विभाग (वि.सं. १९८७ मा काठमाडौंको सुन्धारामा स्थापना भएको,)
  • नेपाल राष्ट्र बैंकको स्थापना हुनुअघि नेपालमा नोट निष्कासन गर्ने प्रमुख निकाय: वि.सं. १९९० मा स्थापित सदर मुलुकी खाना (यस निकायको प्रमुख: खजाञ्ची)
  • नेपाल बैङ्क लिमिटेडको स्थापना: वि.सं. १९९४ साल कार्तिक ३०
  • नेपालमा पहिलो कागजी नोटको निष्काशन: वि.सं. २००२ असोज १ 
    • शासनकाल: राजा त्रिभुवन
    • जारी गर्ने निकाय: सदर मुलुकी खाना 
    • नोटमा प्रयोग गरिएको नाम: 'मोरु' (मोहर रुपैयाँ)
    • नोटका दरहरू: सुरुमा १००, १० र ५ का 'मोरु' (मोहर रुपैयाँ) जारी गरिएका,
  • नेपालको पहिलो नोटमा हस्ताक्षर गर्ने खजाञ्ची: पण्डित जनकराज पाण्डे (राष्ट्र बैंक पूर्व तीन जना खजाञ्चीहरू— जनकराज पण्डित, भरतराज पण्डित र नरेन्द्रराजका हस्ताक्षर भएका नोटहरू जारी भएका,)
  • नेपाल राष्ट्र बैंक (केन्द्रीय बैंक) को स्थापना: वि.सं. २०१३ वैशाख १४ गते (नेपाल राष्ट्र बैंक ऐन, २०१२ अन्तर्गत)
    • राजा महेन्द्र वीर विक्रम शाहदेवको आदेशद्वारा स्थापित (भारतमाथिको नेपालको मौद्रिक निर्भरता देखेर राजा महेन्द्रले भारतमाथिको निर्भरता घटाउन, स्वदेशी बजारमा चलिरहेको भारतीय मुद्रालाई प्रतिस्थापन गर्न र विदेशी मुद्रामा नेपाललाई स्वतन्त्र बनाएर देशको सार्वभौमसत्ता बलियो बनाउन नेपाल राष्ट्र बैङ्कको स्थापना गरेका,)
    • प्रथम गभर्नर: हिमालय शमसेर ज.ब.रा
    • केन्द्रीय बैंकको पहिलो नोट: वि.सं. २०१६ फागुन ७ गतेदेखि गभर्नर हिमालय शमसेर जबराको हस्ताक्षरमा नोट जारी भएको,
  • नेपाली मुद्राको चलन चल्ती बढाउने ऐन जारी: वि.सं. २०१४
  • नेपालभर नेपाली मुद्रा मात्र चलनचल्तीमा हुने घोषणा (एकल मुद्रा प्रणाली): वि.सं. २०१७ वैशाख १ गतेबाट (तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाद्वारा घोषित,)
  • स्थिर विनिमय दर (भारतीय रुपैयाँ (भारु) १०० बराबर नेपाली रुपैयाँ (नेरु) १६० को दर कायम): वि.सं. २०१७
  • नेपालभर नेपाली रुपैयाँ मात्र कानुनी रूपमा ग्राह्य हुने व्यवस्था पूर्ण कार्यान्वयन: वि.सं. २०२३
  • नेपालमा प्लास्टिक (पोलिमर) नोटको सर्वप्रथम निष्कासन: वि.सं. २०५९ असोज १४ (राजा ज्ञानेन्द्रको शासनकालमा,)
  • नेपाल सरकार लेखिएको पहिलो पाँच रुपैयाँको नोट निष्कासन: वि.सं. २०६३ असोज ६

नेपाली नोटका दरहरू (हालसम्मको अवस्था):

  • नेपालमा हालसम्म कुल ११ वटा दरका नोटहरू निष्कासन भएका,
अवस्था नोटका दरहरू (रुपैयाँ)
हाल प्रचलनमा/छपाइमा रहेका ५, १०, २०, ५०, १००, ५००, १०००
छपाइ बन्द भइसकेका १, २, २५, २५०

कुन नोटमा कसको पहिलो हस्ताक्षर?

नोटको दर (रु.) निष्कासन वर्ष (वि.सं.) पहिलो हस्ताक्षरकर्ता पद
५, १०, १०० २००२ जनकराज पण्डित खजाञ्ची
१ (मोरु) २००९ नरेन्द्रराज पण्डित खजाञ्ची
५, १०, १०० (नेरु) २०१६ हिमालय शमशेर राणा प्रथम गभर्नर
१,००० २०२६ यादवप्रसाद पन्त गभर्नर
५०० २०२८ यादवप्रसाद पन्त गभर्नर
५० २०३४ कुलशेखर शर्मा गभर्नर
२ २०३८ कल्याणविक्रम अधिकारी गभर्नर
२० २०३९ कल्याणविक्रम अधिकारी गभर्नर
२५ र २५० २०५२ सत्यन्द्रप्यारा श्रेष्ठ गभर्नर

 

Categories

  • Current Affairs 733
  • Gorkhapatra 329
  • Others 1130
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 54
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 57
Environmental Performance Index (EPI), 2026
Current Affairs

पर्यावरण प्रदर्शन सूचकांक (EPI), २०२६

  • Aug 03, 2026
  • 63
Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 91
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 151
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA