Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

प्रतिनिधि सभा निर्वाचन, २०८२

  • Ajnabee Khadka
  • March 13, 2026
  • 924

प्रतिनिधि सभा निर्वाचन, २०८२

House of Representatives Election, 2082

प्रतिनिधि सभा निर्वाचन, २०८२ को पृष्ठभूमि:

मिति घटनाक्रम
वि.सं. २०८२ साल भदौ २३ र २४
  • मुख्यतया सन् १९९७ देखि २०१२ को बीचमा जन्मेका युवा पुस्ता (Gen Z) द्वारा नेपालभर "जेन्जी आन्दोलन (GenZ Revolution/Movement)" भएको,
वि.सं. २०८२ भदौ २७
  • पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन,
  • सोही अन्तरिम सरकारले प्रतिनिधि सभाको ५ वर्षको कार्यकाल नसकिँदै संसद विघटन गरी २०८२ फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेको,
  • सामान्य अवस्थामा २०८४ सालमा हुनुपर्ने प्रतिनिधि सभाको निर्वाचन, राजनीतिक अस्थिरता र जनआन्दोलनका कारण २ वर्ष अगावै २०८२ सालमा सम्पन्न हुनेभएको,

प्रतिनिधि सभा निर्वाचन, २०८२ को आधारभूत तथ्यहरु:

  • प्रतिनिधि सभा निर्वाचन, २०८२ सम्पन्न मिति: वि.सं. २०८२ फागुन २१
  • कुल मतदाता: १,८९,०३,६८९
    • पुरुष मतदाता: ९६,६३,३५८
    • महिला मतदाता: ९२,४०,१३१
    • अन्य मतदाता: २००
  • जम्मा निर्वाचन क्षेत्र: १६५
  • मतदान स्थल: १०,९६७ 
  • मतदान केन्द्र: २३,११२ 
  • निर्वाचन आयोगमा दर्ता कायम रहेका राजनीतिक दल: १३६ (६८ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका,)
  • प्रत्यक्षतर्फ कुल उम्मेदवार: ३,४०६ जना 
    • पुरुष उम्मेदवार: ३,०१७
    • महिला उम्मेदवार: ३८८
    • अन्य: १ जना
  • समानुपातिकतर्फ कुल उम्मेदवार: ३,१३५ जना
    • पुरुष उम्मेदवार: १,३६३ 
    • महिला उम्मेदवार: १,७७२
  • कुल मतदान: ५९.६७ प्रतिशत
  • निर्वाचन आयोग अनुसार पहिलो हुने प्रत्यक्ष प्रणालीतर्फ १,११,६८,०३२ मतदान भएको र त्यसमध्ये १,०५,५९,०१७ मत सदर भएको र समानुपातिक निर्वाचन प्रणालीतर्फ १,१२,८०,६१७ मतदान भएकोमा १,०८,३५,०२५ मत सदर भएको,
  • प्रतिनिधि सभा निर्वाचन, २०८२ मा प्रत्यक्षतर्फ सर्वाधिक सिट जित्ने राजनीतिक दल: राष्ट्रिय स्वतन्त्र पार्टी (१२५ स्थान)
  • प्रतिनिधि सभा निर्वाचन, २०८२ मा समानुपातिकमा सबैभन्दा धेरै मत हासिल गरेको राजनीतिक दल:  राष्ट्रिय स्वतन्त्र पार्टी (५१,८३,४९३)

प्रतिनिधि सभा निर्वाचन, २०८२ को समानुपातिक मत र सिटको विस्तृत विवरण:

दल प्राप्त मत मत प्रतिशत समानुपातिक सिट
राष्ट्रिय स्वतन्त्र पार्टी ५१,५४,९४८ ४७.८% ५७
नेपाली कांग्रेस १७,५५,४७९ १६.२% २०
नेकपा एमाले १४,५२,६३७ १३.४% १६
नेपाली कम्युनिस्ट पार्टी ८,०९,५३० ७.५% ९
श्रम संस्कृति पार्टी ३,८५,७०८ ३.५% ४
राष्ट्रिय प्रजातन्त्र पार्टी ३,३०,२२७ ३% ४
जम्मा सदर मत १,०७,६९,५४३ १००% ११०

 

प्रतिनिधि सभा निर्वाचन २०८२ बाट गठित नयाँ संसदको गणित:

क्र.सं. पार्टी प्रत्यक्ष समानुपातिक जम्मा
१) राष्ट्रिय स्वतन्त्र पार्टी १२५ ५७ १८२
२) नेपाली काँग्रेस १८ २० ३८
३) नेकपा एमाले ९ १६ २५
४) नेपाली कम्युनिष्ट पार्टी ८ ९ १७
५) श्रम संस्कृति पार्टी ३ ४ ७
६) राष्ट्रिय प्रजातन्त्र पार्टी १ ४ ५
७) स्वतन्त्र १ - १
  जम्मा १६५ ११० २७५

 

प्रतिनिधि सभा निर्वाचन, २०८२ सम्बन्धी विविध विवरणहरू:

विवरण विवरणको जानकारी
सबैभन्दा बढी मत ल्याई विजयी उम्मेदवार बालेन्द्र शाह (६८,३४८ मत)
सबैभन्दा बढी मतदाता भएको निर्वाचन क्षेत्र रामेछाप (१,८७,९५२ मतदाता)
सबैभन्दा कम मतका साथ विजयी उम्मेदवार टेकबहादुर गुरुङ (२,४१५ मत; मनाङ १)
सबैभन्दा बढी मतान्तरले विजयी उम्मेदवार डा. लेखजङ्ग थापा (५०,३७९ मतान्तर; रुपन्देही ३)
सबैभन्दा कम मतान्तरले विजयी उम्मेदवार विश्वराज पोखरेल (५ मतान्तर; ओखलढुङ्गा १)
प्रत्यक्षतर्फ सबैभन्दा बढी उमेरका विजयी टेकबहादुर गुरुङ (७१ वर्ष; मनाङ १)
प्रत्यक्षतर्फ सबैभन्दा कम उमेरका विजयी प्रशान्त उप्रेती (२५ वर्ष; मकवानपुर २)
सबैभन्दा पहिले विजेता घोषित उम्मेदवार रञ्जु दर्शना (काठमाडौँ १)
सबैभन्दा अन्तिममा विजेता घोषित उम्मेदवार
अर्जुन बहादुर कार्की (संखुवासभा १)
प्रत्यक्षतर्फ निर्वाचित महिला सांसद
१४ (रास्वपा : १३ जना, कांग्रेस : १ जना)
प्रत्यक्षतर्फ निर्वाचित स्वतन्त्र सांसद
१ जना (महावीर पुन; म्याग्दी १)

 

प्रतिनिधि सभा निर्वाचन, २०८२ सम्बन्धी थप जानकारी

  • प्रतिनिधि सभामा रहेको २७५ सदस्यमध्ये दुई तिहाइ पुग्न १८४ सिट चाहिने,
  • प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ३ प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था,
  • प्रतिनिधि सभा निर्वाचन, २०८२ मा सरकारको कुल खर्च: रु. १९ अर्ब १९ करोड
  • निर्वाचन आयोगका अनुसार २८९० जना उम्मेदवारको जमानत जफत र ३५० उम्मेदवारको शून्य भोट रहेको,
  • कुल सदर मतको १० % भन्दा कम मत आयो भने जमानत जफत हुने,
  • प्रतिनिधि सभा निर्वाचन, २०८२ मा समानुपातिकमा ९६.०५ % र प्रत्यक्षमा ९४.५५ % मत सदर भएको,
  • प्रतिनिधि सभा निर्वाचन, २०८२ मा रास्वपाले दुई तिहाइ बहुमत (१८४ सिट) का लागि मात्र २ सिट कम अर्थात् १८२ सिट जितेर इतिहास रचेको,
  • प्रतिनिधि सभा निर्वाचन, २०८२ मा नेपाली कांग्रेस र नेकपा एमालेले आफ्नो सिट संख्यामा ५०% भन्दा बढी गिरावट बेहोरेका,
  • प्रतिनिधि सभा निर्वाचन, २०८२ मा श्रम संस्कृति पार्टीले पहिलो प्रयासमै ७ सिटसहित राष्ट्रिय दलको पहिचान बनाएको,

विगतको एक झलक:

प्रतिनिधि सभा निर्वाचन २०७९ र २०८२: तुलनात्मक विश्लेषण

राजनीतिक दल २०७९ जम्मा सिट २०८२ प्रत्यक्ष सिट २०८२ समानुपातिक सिट २०८२ जम्मा सिट स्थिति (प्राप्ति/गुमाएको)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २० १२५ ५७ १८२ + १६२ (भारी जित)
नेपाली कांग्रेस ८९ १८ २० ३८ - ५१ (घटेको)
नेकपा एमाले ७८ ९ १६ २५ - ५३ (घटेको)
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ३२ ८ ९ १७ - १५ (घटेको)
श्रम संस्कृति पार्टी - ३ ४ ७ + ७ (नयाँ उदय)
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १४ १ ४ ५ - ९ (घटेको)
स्वतन्त्र (महावीर पुन) - १ - १ + १ (निर्वाचित)
जसपा, जनमत, लोसपा आदि १७ ० ० ० थ्रेसहोल्ड पार नगरेको
जम्मा २७५ १६५ ११० २७५  

प्रतिनिधि सभा निर्वाचनको इतिहासमा महिला सहभागिता:

निर्वाचन (साल) प्रत्यक्षतर्फ महिला उम्मेदवार विजयी
२०१५ (पहिलो आमनिर्वाचन) ७ १
२०४८ (आमनिर्वाचन) ८० ८
२०५१ (मध्यावधि निर्वाचन) ८६ ७
२०५६ (आमनिर्वाचन) १४२ १२
२०६४ (पहिलो संविधानसभा) ३६३ ३०
२०७० (दोश्रो संविधानसभा) ६६७ १०
२०७४ (प्रतिनिधि सभा) १४६ ६
२०७९ (प्रतिनिधि सभा) २२७ ९
२०८२ (प्रतिनिधि सभा) ३८८ १४

२०४८ साल देखि २०८२ सम्म प्रमुख दलको अंकगणित:

दल २०४८ २०५१ २०५६ २०६४ २०७० २०७४ २०७९ २०८२
नेपाली कांग्रेस ११० ८३ १११ ११० १९६ ६३ ८९ ३८
नेकपा एमाले ६९ ८८ ७१ १०३ १७५ १२१ ७८ २५
नेकपा माओवादी - - - २२० ८० ५३ ३२ १७
रा. स्वतन्त्र पा. - - - - - - २१ १८२

 

Categories

  • Current Affairs 740
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

New One Day (ODI) Captain of Nepali National Men's Cricket Team — Sandeep Lamichhane
Current Affairs

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको नयाँ एकदिवसीय (ODI) कप्तान — सन्दीप लामिछाने

  • Aug 11, 2026
  • 61
Gandaki Pradesh, Fifth - 2083/04/23
Past Questions

गण्डकी प्रदेश, पाँचौ तह - २०८३/०४/२३

  • Aug 11, 2026
  • 253
N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Past Questions

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 52
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 68
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 168
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA