Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

इन्डियन प्रिमियर लिग (IPL), २०२६

  • Ajnabee Khadka
  • June 01, 2026
  • 343

इन्डियन प्रिमियर लिग (IPL), २०२६

Indian Premier League (IPL), 2026
  • इन्डियन प्रिमियर लिगको १९औँ संस्करण,
  • भारतीय क्रिकेट नियन्त्रण बोर्ड (BCCI) द्वारा आयोजना गरिएको,
  • सञ्चालन अवधि: २८ मार्च – ३१ मे २०२६
  • खेल ढाँचा (Format): ट्वेन्टी-२० (T20)
  • कुल टोली: १० (चेन्नई सुपर किंग्स (CSK), रोयल च्यालेन्जर्स बेंगलुरु (RCB), मुम्बई इन्डियन्स (MI), गुजरात टाइटन्स (GT), दिल्ली क्यापिटल्स (DC), सनराइजर्स हैदराबाद (SRH), लखनऊ सुपर जायन्ट्स (LSG), राजस्थान रोयल्स (RR), पञ्जाब किंग्स (PBKS), कोलकाता नाइट राइडर्स (KKR))
  • कुल खेल संख्या: ७४ (लिग चरण: ७० र प्लेअफ: ४ खेलहरू)
  • खेलिएका स्थानहरू: भारतका १३ वटा रङ्गशालाहरू
  • सुरुवात मिति (उद्घाटन खेल) : २६ मार्च २०२६ (सनराइजर्स हैदराबाद बनाम रोयल च्यालेन्जर्स बेंगलुरु)
  • फाइनल खेल: ३१ मे २०२६ (गुजरात टाइटन्स बनाम रोयल च्यालेन्जर्स बेङ्गलोर)
  • विजेता टोली: रोयल च्यालेन्जर्स बेंगलुरु (RCB)
  • उपविजेता टोली: गुजरात टाइटन्स (GT)
  • गुजरात टाइटन्स (GT) लाई ५ विकेटले पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरु (RCB) ले लगातार दोस्रो पटक आईपीएलको उपाधि जितेको,
  • यस अघिको आईपीएलको १८औँ संस्करणमा पञ्जाब किंग्स (PBKS) लाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरु (RCB) ले आफ्नो पहिलो आईपीएलको उपाधि जितेको,

आईपीएल, २०२६ को फाइनल खेलसँग सम्बन्धित केहि प्रमुख तथ्यहरु:

विषय विवरण
मिति ३१ मे २०२६
स्थान नरेन्द्र मोदी रंगशाला, अहमदाबाद
सहभागी टोली रोयल च्यालेन्जर्स बेंगलुरु (RCB) र गुजरात टाइटन्स (GT)
विजयता रजत पाटिधरको कप्तानीमा रोयल च्यालेन्जर्स बेंगलुरु (RCB)
उपविजेता सुभ्मन गिलको कप्तानीमा गुजरात टाइटन्स (GT)
फाइनल खेलको संक्षिप्त विवरण
  • रोयल च्यालेन्जर्स बेंगलुरु (RCB) ले टस जितेर पहिले बलिंग गर्ने निर्णय गरेको,
  • गुजरात टाइटन्स (GT) ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै रोयल च्यालेन्जर्स बेंगलुरु (RCB) लाई १५६ रनको लक्ष्य दिएको,
  • रोयल च्यालेन्जर्स बेंगलुरु (RCB) १७.४ ओभरमा (१८ औँ ओभर भित्र) नै १५६ रनको लक्ष्य कायम गरी विजयी टोली भएको,
फाइनल खेलमा सबैभन्दा धेरै रन बनाउने खेलाडी ४२ बलमा ७५ रनका साथ रोयल च्यालेन्जर्स बेंगलुरु (RCB) का विराट कोहोली; गुजरात टाइटन्स (GT)का तर्फबाट वासिङ्टन सुन्दरले ५० रनको अर्धशतकीय इनिङ्स खेलेका,
फाइनल खेलमा सबैभन्दा धेरै विकेट लिने खेलाडी
४ ओभरमा २७ रन खर्चेर ३ विकेटका साथ रोयल च्यालेन्जर्स बेंगलुरु (RCB) का रशिख सलाम धर 
फाइनल खेलको सर्वोत्कृष्ट खेलाडी ("Player of the Match")
रोयल च्यालेन्जर्स बेंगलुरु (RCB) का विराट कोहोली 

रोयल च्यालेन्जर्स बेंगलुरुद्वारा आइपिएल उपाधि रक्षा

आईपीएल, २०२६ को सिजन भरीका मुख्य कीर्तिमानी तथ्य र तथ्याङ्कहरू (Season Records):

विषय विवरण
सबैभन्दा धेरै रन बनाउने खेलाडी

राजस्थान रोयल्स (RR) का भैभव सूर्यवंशी

  • कुल ७७६ रन बनाउँदै अरेन्ज क्याप (Orange Cap - an award given to the highest run-scorer (the batsman with the most runs) in a single season of IPL) जितेका,
  • १५ वर्षको उमेरका उनी भैभव सूर्यवंशी आइपीएल इतिहासमै अरेन्ज क्याप (Orange Cap) जित्ने सबैभन्दा कान्छा खेलाडी,
  • उनले आईपीएलको एउटै सिजनमा सबैभन्दा मूल्यवान खेलाडी (MVP - Most Valuable Player) र उदीयमान खेलाडी (Emerging Player) दुवै अवार्ड जित्ने पहिलो खेलाडीको कीर्तिमान समेत बनाएका,
  • भैभव सूर्यवंशी आइपीएलमा सहभागी हुने सबैभन्दा कान्छा खेलाडी - उनले १४ वर्षको उमेरमा राजस्थान रोयल्स (RR) बाट आफ्नो आइपीएल यात्रा सुरु गरेका,
सबैभन्दा धेरै विकेट लिने खेलाडी

गुजरात टाइटन्स (GT) का कागिसो रबाडा

  • कुल १७ खेलमा २९ विकेट लिंदै पर्पल क्याप (Purple Cap - an annual cricket award presented to the highest wicket-taker (the bowler who takes the most wickets) in a single season of IPL) जितेका,
सबैभन्दा धेरै शतक बनाउने खेलाडी (२ वटा) चेन्नई सुपर किंग्स (CSK) का सन्जु स्याम्सन
सबैभन्दा धेरै अर्धशतक बनाउने खेलाडी (८ वटा) गुजरात टाइटन्स (GT) का साई सुदर्शन
सबैभन्दा धेरै छक्का (Most Sixes)

राजस्थान रोयल्स (RR) का भैभव सूर्यवंशी

  • उनले १६ खेलमा ७२ छक्का प्रहर गरेका,
  • उनले रोयल च्यालेन्जर्स बेंगलुरु (RCB) का पुर्व खेलाडी क्रिस गेलको ५९ छक्काको १४ वर्ष पुरानो कीर्तिमानलाई उछिन्दै आफ्नो किर्तिमान कायम गरेका,
सबैभन्दा धेरै चौका (Most Fours)

गुजरात टाइटन्स (GT) का साई सुदर्शन - उनले १७ खेलमा ७५ चौका प्रहर गरेका,

एकै खेलमा सबैभन्दा धेरै रन बनाउने खेलाडी 

दिल्ली क्यापिटल्स (DC) का के.एल राहुल - उनले लखनऊ सुपर जायन्ट्स (LSG) विरुद्ध १५२ रनको इनिङ्स खेलेका, 

एकै खेलमा सबैभन्दा धेरै विकेट लिने खेलाडी

लखनऊ सुपर जायन्ट्स (LSG) का मोशिन खान - उनले कोलकाता नाइट राइडर्स (KKR) विरुद्धको खेलमा मात्र २३ रन खर्चेर ५ विकेट लिएका,

सबैभन्दा कम बलमा शतक बनाउने खेलाडी

राजस्थान रोयल्स (RR) का भैभव सूर्यवंशी - गुजरात टाइटन्स (GT) विरुद्धको खेलमा मात्र ३६ बलमा शतक बनाएका,

सबैभन्दा कम बलमा अर्धशतक बनाउने खेलाडी

चेन्नई सुपर किंग्स (CSK) का उर्विल पटेल - लखनऊ सुपर जायन्ट्स  (LSG) विरुद्धको खेलमा १३ अर्धशतक बनाएका,

स्वच्छंद खेल अवार्ड (Fair Play Award)

पञ्जाब किंग्स (PBKS) टोली

सिजनको उत्कृष्ट क्याच (Catch of the season)

कोलकाता नाइट राइडर्स (KKR) का मनिष पाण्डेद्वारा रोयल च्यालेन्जर्स बेंगलुरु (RCB) का टिम डेविडसको ब्याटिंगमा लिएको क्याच,

 

Categories

  • Current Affairs 741
  • Gorkhapatra 333
  • Others 1137
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 57
International Youth Day, 2026
Current Affairs

अन्तराष्ट्रिय युवा दिवस, २०२६

  • Aug 12, 2026
  • 35
Importance of Legal Awareness: Topical Q&A (27 Shrawan 2083, Wednesday)
Gorkhapatra

कानुनी सचेतनाको महत्व: विषयगत प्रश्नोत्तर (२७ साउन २०८३, बुधबार)

  • Aug 12, 2026
  • 18
Public Service Preparation Special: Objective Questions and Answers (27 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२७ साउन २०८३, बुधबार)

  • Aug 12, 2026
  • 94
New One Day (ODI) Captain of Nepali National Men's Cricket Team — Sandeep Lamichhane
Current Affairs

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको नयाँ एकदिवसीय (ODI) कप्तान — सन्दीप लामिछाने

  • Aug 11, 2026
  • 75
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA