Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मजदुर दिवस), २०२६

  • Ajnabee Khadka
  • May 01, 2026
  • 636

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मजदुर दिवस), २०२६

International Workers' Day (Labor Day), 2026
  • दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस
  • मनाइने दिन: मे १
  • मुख्य उद्देश्य: श्रमिक अधिकारको पैरवी गर्ने र श्रमको उचित मूल्य सुनिश्चित गर्ने,
  • १९औँ शताब्दीलाई श्रम र श्रमिकको शताब्दी मानिन्छ,
  • ऐतिहासिक सन्दर्भ: सन् १८८६ मे ४ मा अमेरिकाको सिकागोमा भएको "हे मार्केट काण्ड" मा सहादत प्राप्त गर्ने श्रमिकहरूको बलिदानको सम्मान गर्दै सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न 'अन्तर्राष्ट्रिय श्रमिक सम्मेलन' ले मे १ लाई विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस का रूपमा मनाउने निर्णय गरेको,
  • नेपालमा वि.सं. २००७ सालमा नेपालको औद्योगिक केन्द्रविन्दुको रुपमा रहेको विराटनरगमा भएको मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको,
  • वि.सं. २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको,
  • सन् २०२६ मा मनाइएको अन्तर्राष्ट्रिय श्रमिक दिवसको संस्करण: १३७औँ श्रमिक दिवस
  • सन् २०२६ मा मनाइएको अन्तर्राष्ट्रिय श्रमिक दिवसको नारा (Theme): "Ensuring a Healthy Psychosocial Working Environment" (स्वस्थ मनोसामाजिक कार्य वातावरणको सुनिश्चितता)
  • अन्तर्राष्ट्रिय श्रम संगठन (International Labour Organization - ILO):
    • विश्वभरका श्रमिकहरूको अधिकार, सामाजिक न्याय र मर्यादित कामका लागि कार्य गर्ने संयुक्त राष्ट्र संघको एउटा विशिष्ट संस्था,
    • स्थापना: सन् १९१९ अक्टोबर २९ मा भर्सायल्सको सन्धि (Treaty of Versailles) मार्फत
    • मुख्यालय: जेनेभा, स्वीट्जरल्याण्ड
    • सन् १९६९ मा यस संस्थालाई विश्वमा सामाजिक न्याय र शान्तिका लागि पुर्‍याएको योगदान स्वरूप नोबेल शान्ति पुरस्कार प्रदान गरिएको,
    • नेपाल सन् १९६६ अगस्ट ३० मा यसको सदस्य बनेको,
  • नेपालको संविधानको धारा ३४ मा 'श्रमको हक' लाई मौलिक हकका रूपमा व्यवस्था गरिएको,

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 72
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 321
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 271
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 298
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 413
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA