Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

जनकवि दुर्गालाल श्रेष्ठको निधन

  • Ajnabee Khadka
  • August 18, 2026
  • 204

जनकवि दुर्गालाल श्रेष्ठको निधन

Janakvi Durgalal Shrestha passes away
  • निधनको मिति: वि.सं. २०८३ भदौ १ गते (सन् २०२६ अगस्ट १६) बूढानीलकण्ठस्थित आफ्नै निवासमा ९३ वर्षको उमेरमा निधन भएको,
  • जन्म: वि.सं. १९९२ साउन (सन् १९३५) मा काठमाडौँमा भएको,
  • 'जनकवि' को उपाधि: उनलाई वि.सं. २०६० सालमा नेपाल भाषा परिषद्द्वारा सम्मानपूर्वक 'जनकवि' को उपाधि प्रदान गरिएको,
  • आनी छोयिङ डोल्माको स्वर र न्ह्यु बज्राचार्यको संगीत रहेको नेपाली जनमानसमा अत्यन्तै लोकप्रिय एवं कालजयी गीत 'फूलको आँखामा फूलै संसार' का रचनाकार/गीतकार उनै हुन्,
  • पहिलो प्रकाशित रचना: उनको पहिलो साहित्यिक रचनाको रूपमा 'सान्त्वना' नामक कविता 'धर्मोदय' पत्रिकामा प्रकाशित भएको,
  • जगदम्बा–श्री पुरस्कार: साहित्य र संगीत क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानका लागि उनलाई वि.सं. २०७० सालको 'जगदम्बा–श्री पुरस्कार' प्रदान गरिएको,
  • प्रज्ञा–प्रतिष्ठानको आवद्धता: उनी सन् १९९५ (वि.सं. २०५२) मा नेपाल प्रज्ञा-प्रतिष्ठानको मानार्थ सदस्य र वि.सं. २०६१ मा प्रज्ञा-सभासद्का रूपमा नियुक्त भएका,
  • नेपालभाषा आन्दोलनको सबैभन्दा शक्तिशाली र ऊर्जावान् गीत मानिने 'झे मासिनी' ('हामी अझै मरेका छैनौँ') उनकै अद्वितीय रचना रहेको,

Categories

  • Current Affairs 786
  • Gorkhapatra 341
  • Others 1179
  • Vacancy 1
  • Past Questions 141
  • Nepal Police 8

Latest Blogs

National Children's Day, 2083
Current Affairs

राष्ट्रिय बाल दिवस, २०८३

  • Sep 15, 2026
  • 32
First Nepal Volleyball League
Current Affairs

प्रथम नेपाल भलिबल लिग

  • Sep 15, 2026
  • 92
Nepal's nomination for 'Elephants in the Fog' for the 99th Oscar Awards
Current Affairs

९९औँ ओस्कार अवार्ड्सका लागि नेपालबाट 'तिनीहरू: एलिफेन्ट्स इन द फग" (Elephants in the Fog)' सिफारिस

  • Sep 15, 2026
  • 66
ACC Premier Cup, 2026
Current Affairs

एसीसी प्रिमियर कप, २०२६

  • Sep 13, 2026
  • 53
Nobel Peace Prize laureates affiliated with the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) सँग सम्बद्ध नोबेल शान्ति पुरस्कार विजेताहरू

  • Sep 11, 2026
  • 169
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA