Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

काठमाडौं म्युनिसिपालिटी निर्वाचन, २००४

  • Ajnabee Khadka
  • March 24, 2026
  • 547

काठमाडौं म्युनिसिपालिटी निर्वाचन, २००४

Kathmandu Municipality Election, 2004
  • नेपालको निर्वाचन इतिहासको पहिलो निर्वाचन,
  • कानुनी आधार: राणा प्रधानमन्त्री पद्म शमशेरले जारी गरेको "नेपाल सरकार वैधानिक कानुन, २००४" को संवैधानिक सुधार योजना अन्तर्गत,
  • निर्वाचन मिति:  वि.सं.२००४ साल जेठ २९ गते
  • वडा विभाजन: तत्कालीन काठमाडौं म्युनिसिपालिटीलाई २१ वटा वडामा विभाजन गरिएको,
  • नगरपालिका बोर्ड: बोर्डमा कुल ३१ जना सदस्य रहने व्यवस्था थियो, जसमा २१ जना निर्वाचित र १० जना सरकारद्वारा मनोनीत
  • मतपत्र वितरण र पहिचान: निर्वाचनको अघिल्लो दिन नै परिवारका पुरुष मतदाताको सङ्ख्या बमोजिम मतपत्रहरू घरघरमै पुर्‍याइएको र मतदाताको पहिचानका लागि घरको "ब्लक नम्बर (House Block No.)" प्रयोग गरिएको,
  • मतदान केन्द्र: काठमाडौंका विभिन्न २२ वटा स्थानमा मतदान केन्द्रहरू तोकिएका,
  • मतदानको उमेर: २१ वर्ष उमेर पूरा भएका बालिग नागरिकहरू (पुरुष मात्र) लाई मतदानको अधिकार दिइएको (यस निर्वाचनमा महिलाहरूलाई मताधिकारबाट वञ्चित गरिएको.)
  • उम्मेदवारको योग्यता: उम्मेदवार बन्नका लागि न्यूनतम २५ वर्ष उमेर पूरा भएको हुनुपर्ने, सरकारी जागिरे (निजामती वा जंगी अड्डाको कर्मचारी) नभएको हुनुपर्ने र सम्बन्धित वडाकै मतदाता हुनुपर्ने,
  • बाकस प्रणाली: प्रत्येक उम्मेदवारका लागि छुट्टाछुट्टै रङका बाकस राखिएका,
  • मतपेटिकाहरू खुला ठाउँमा राखिएको हुनाले कसले कुन बाकसमा मत खसाल्यो भन्ने कुरा वरपरका मानिसले स्पष्ट देख्न सक्दथे, जसले गर्दा मतदानको गोपनीयता कायम थिएन,
  • निर्वाचन प्रतिशत: उक्त निर्वाचनमा करिब ६० देखि ६५ प्रतिशत मत खसेको अनुमान गरिएको,
  • निर्विरोध निर्वाचित: वडा नं. २१ बाट भुवनलाल प्रधान निर्विरोध निर्वाचित भएका,
  • सभापति: मनोनीत सदस्य गेहेन्द्र शमशेर थापा
  • उपसभापति: निर्वाचित सदस्य शंकरदेव पन्त
  • निर्वाचित र मनोनीत सदस्यहरूबीच कार्यशैलीमा तालमेल नमिल्दा २१ निर्वाचित सदस्यमध्ये १६ जनाले सामूहिक राजीनामा दिएका,
  • यो नगरपालिका बोर्ड वि.सं. २००७ को क्रान्तिसम्म सक्रिय रहेको,
  • २००४ सालमै भक्तपुर र ललितपुर म्युनिसिपालिटीको पनि निर्वाचन सम्पन्न भएको;
    • भक्तपुर: १० निर्वाचित र ४ मनोनीत सदस्य रहने व्यवस्था,
    • ललितपुर: १२ निर्वाचित र ४ मनोनीत सदस्य रहने व्यवस्था,

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 89
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 342
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 284
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 315
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 434
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA