Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको संविधान (२०७२) जारी हुनुअघिका मुख्य तथ्यहरू

  • Ajnabee Khadka
  • April 07, 2026
  • 384

नेपालको संविधान (२०७२) जारी हुनुअघिका मुख्य तथ्यहरू

Key facts before the promulgation of the Constitution of Nepal (2072)

नेपालको संविधानको पृष्ठभूमिका मुख्य चरणहरू:

घटना विवरण
सशस्त्र द्वन्द्व र विस्तृत शान्ति सम्झौता
  • नेपालमा दश वर्षसम्म चलेको सशस्त्र द्वन्द्वलाई अन्त्य गर्न वि.सं. २०६३ साल मङ्सिर ५ गते तत्कालीन सरकार र ने.क.पा. (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको,
  • यस सम्झौताले संविधान सभाको निर्वाचनमार्फत नयाँ संविधान निर्माण गर्ने मार्गप्रशस्त गरेको,
जनआन्दोलन २०६२/६३
  • निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्रको बहालीका लागि भएको १९ दिने ऐतिहासिक जनआन्दोलनले नेपालको अन्तरिम संविधान, २०६३ जारी गर्न र संविधान सभाको चुनाव सुनिश्चित गर्न निर्णायक भूमिका खेलेको,
पहिलो संविधान सभा (२०६४–२०६९)
  • वि.सं. २०६४ चैत २८ गते पहिलो संविधान सभाको निर्वाचन भएको,
  • यस सभाले ४ वर्षसम्म प्रयास गरे तापनि राज्य पुनर्संरचना र शासकीय स्वरूप जस्ता गम्भीर विषयमा सहमति जुट्न नसक्दा वि.सं. २०६९ जेठ १४ गते संविधान जारी नगरी नै विघटन भएको,
दोस्रो संविधान सभा (२०७०–२०७२)
  • संवैधानिक शून्यता अन्त्य गर्न वि.सं. २०७० मङ्सिर ४ गते दोस्रो संविधान सभाको निर्वाचन भएको,
  • अघिल्लो सभाले गरेका कामहरूको स्वामित्व ग्रहण गर्दै यस सभाले संविधान निर्माण प्रक्रियालाई अघि बढाएको,
१६ बुँदे सहमति र संविधान घोषणा
  • संविधान निर्माणमा देखिएका विवादहरूलाई सुल्झाउन प्रमुख राजनीतिक दलहरूबीच वि.सं. २०७२ जेठ २५ गते ऐतिहासिक १६ बुँदे सहमति भएको,
  • यसै सहमतिका आधारमा संविधानको मस्यौदा तयार गरी जनताको राय सुझाव समेत लिइएको,
  • अन्ततः २०७२ असोज ३ गते राष्ट्रपतिद्वारा संविधान सभाबाट पारित संविधान जारी गरिएको,

 

नेपालको संविधान (२०७२) जारी हुनुअघिका मुख्य तथ्यहरू:

विषय विवरण
संविधान सभा अध्यक्ष (Chairman of the Constitutional Assembly) सुवासचन्द्र नेम्वाङ
संविधान मस्यौदा समिति सभापति (Chairman of Drafting Committee) कृष्णप्रसाद सिटौला
संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति सभापति
डा. बाबुराम भट्टराई
नेपालका प्रमुख चार राजनीतिक दलहरू बीच भएको १६ बुँदे सहमति
वि.सं. २०७२ जेठ २५ (नेपालका प्रमुख चार राजनीतिक दलहरू (नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी, र मधेसी जनाधिकार फोरम लोकतान्त्रिक) बीच भएको,)
नेपालको संविधानको मस्यौदा पेश
वि.सं. २०७२ असार २४ (मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाद्वारा संविधान सभामा पहिलो मस्यौदा प्रस्तुत)
जनताको राय संकलन
वि.सं. २०७२ साउन ४ र ५ गते (देशव्यापी रूपमा मस्यौदामाथि जनताको सुझाव संकलन गरिएको,)
नेपालको संविधान पारित
वि.सं. २०७२ भदौ ३० गते (संविधान सभाको दुई-तिहाइभन्दा बढी बहुमतबाट पारित)
सभाध्यक्षद्वारा प्रमाणीकरण
वि.सं. २०७२ असोज १ गते (सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानलाई प्रमाणित गर्नुभएको,)
नेपालको संविधान घोषणा
 वि.सं. २०७२ असोज ३ गते (राष्ट्रपति रामवरण यादवद्वारा आधिकारिक रूपमा जारी) 
  • नेपालको संविधान, २०७२ मा हस्ताक्षर गर्ने सभासद: कूल ५९८ सभासद मध्ये ५३७ जना
  • विरोध र बहिष्कार: ५७ जना सभासद (मुख्यतः मधेश केन्द्रित दलका) ले मतदान प्रक्रिया बहिष्कार गरेका,
  • नेपालको संविधानको मस्यौदा समिति सदस्य संख्या: संविधान मस्यौदा समितिमा ७३ जना सदस्यहरू रहेका,

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 40
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 92
World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 94
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 128
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 110
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA