Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

कर्णाली प्रदेशको खस मल्ल राज्य

  • Bikash Shrestha
  • June 11, 2025
  • 882

कर्णाली प्रदेशको खस मल्ल राज्य

Khas Malla Kingdom of Karnali Province

कर्णाली प्रदेशको खस मल्ल राज्य

कर्णाली प्रदेशको खस मल्ल राज्य पूर्वमा नुवाकोट, पश्चिममा केदार, उत्तरमा तिब्बत र दक्षिणमा तराई भूभागसम्म फैलिएको थियो। यस राज्यको प्रवेशद्वार हालको कैलाली–कञ्चनपुर क्षेत्रको मल्लवार मानिन्छ। तिब्बतका केही भागहरू पनि यस राज्यको प्रभाव क्षेत्रमा परेका थिए। पश्चिममा गढवाल, कुमाउँदेखि पूर्वमा गोरखासम्म फैलिएको खस साम्राज्य तत्कालीन नेपालकै सबैभन्दा ठूलो भूभाग थियो।

खस राज्यको राजधानी सिँजा थियो। तिब्बतको खाडी प्रदेशबाट आएका नागराजले कर्णाली क्षेत्रमा स्वतन्त्र खस राज्यको स्थापना गरेका थिए भन्ने मानिन्छ। यो घटना ई.सं. ११५० तिर, अर्थात् १२औँ शताब्दीतिर भएको अनुमान गरिन्छ। तिब्बती वंशावली, वि.सं. १४१४ को दुल्लु अभिलेख तथा गोपाल वंशावली आदि स्रोतहरूबाट यस क्षेत्रको इतिहासबारे जानकारी प्राप्त गर्न सकिन्छ।

यस राज्यका प्रमुख शासकहरूमा नागराज, चातिल्य, क्राचिल्ल, अशोक चल्ल, जितारी मल्ल, रिपु मल्ल, आदित्य मल्ल, पुण्य मल्ल र पृथ्वी मल्ल आदि थिए। खस राज्यको अस्तित्व करिब २२६ वर्ष जति रह्यो।

खस राज्यको पतनपछि सुदूर पश्चिममा बझाङ, डोटी, जाजरकोट जस्ता बाइसे राज्यहरू जन्मिएका थिए। वर्तमानमा सबैभन्दा अविकसित र पछाडि परेको मानिएको यो क्षेत्र मध्यकालमा भने एक शक्तिशाली राज्यको रूपमा रहेको थियो।

भाषासम्बन्धी योगदान

पश्चिमी खस राज्यको सबैभन्दा महत्वपूर्ण योगदान भाषासम्बन्धी हो। हालको नेपाली भाषाको उत्पत्ति यही खस मल्ल राज्यमा भएको मानिन्छ। त्यसैले यस भाषालाई ‘खसकुरा’ वा ‘सिँजाली भाषा’ पनि भनिन्छ। खस मल्ल राजाहरूले यस भाषालाई राजकाजको माध्यम बनाएका थिए, जसले गर्दा यो भाषा निरन्तर परिवर्तन हुँदै विकसित हुँदै गयो।

खस राज्यको विघटनपछि बनेका बाइसे र चौबिसे राज्यहरूमा पनि यही भाषाको व्यापक प्रयोग भएको पाइन्छ। ती राज्यहरूमा पनि यसै भाषाले राजकीय भाषा (राजभाषा) को स्थान पाएको थियो। पछि नेपाल एकीकरण हुँदा यही भाषा राष्ट्रभाषाका रूपमा स्थापित भइ नेपाली भाषा बन्यो।

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1059
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 7

Latest Blogs

World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 85
Elon Musk: The World's First Trillionaire
Current Affairs

इलन मस्क: विश्वकै पहिलो खर्बपति (Trillionaire)

  • Jun 14, 2026
  • 90
UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 52
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 44
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 48
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA