भाषा परिवार
भारो–पे ली परिवार
भारो–पे ली भाषा परिवार निम्नबमोजिम परिभाषित छः
भारो–पे ली
सतम–अल्बानियाली, बाल्टेली, स्लामेली, आर्मेनेली र आर्य–इरानेली
केन्तुम
केल्टेली, जर्मनेली, ग्रिसेली, इटाले ली, तोखारे ली र हिट्टे ली
भारो–पे ली सम्पूर्ण भाषा परिवारहरूमध्ये सर्वाधिक समृद्ध भाषा परिवार हो । भारतीय उपमहाद्वीप र यूरोप मुख्य क्षेत्र रहेकाले यसको नाम भारो–पे ली रहेको देखिन्छ । सबैभन्दा बढी जनसङ्ख्याले बोल्ने तथा यूरोप र एसिया महादेशका विभिन्न भूभाग मुख्य क्षेत्र रहे पनि संसारका सबैजसो क्षेत्रमा फैलिएको यस भाषा परिवारले साहित्य, सभ्यता, संस्कृति, ज्ञान, विज्ञान, राजनीति आदि प्रत्येक क्षेत्रमा नेतृत्व लिएको छ । भाषावैज्ञानिक दृष्टिले पनि यसको अध्ययनमा सर्वाधिक कार्य भएको छ । संस्कृत, अवेस्ता, ग्रिक, ल्याटिन, रुसी, जर्मन आदि विश्वका प्राचीन एवं समृद्ध भाषाहरू यसै परिवारका मानिन्छन् । भारो–पे ली भाषा परिवारको नामकरणका सम्बन्धमा विद्वान्हरूबीच मतभेद पाइन्छ । यसलाई विद्वान्हरूले इन्डो–जर्मनिक, इन्डो–युरोपियन, इन्डो–हिट्टेली, आर्य परिवार आदि भिन्न–भिन्न नाम दिएका छन् । जसले जे–जस्तो नामकरणको प्रस्ताव गरे पनि भारो–पे ली (इन्डो–युरोपियन) नामले नै लोकप्रियता हासिल गरेको छ । भारो–पे ली भाषा परिवारको मूल थलो र मूल प्रयोगकर्ताका बारेमा कुनै ठोस निर्णय हुन सकेको देखिँदैन । यद्यपि इ.पू. ४५०० वर्षअघि भारो–पे ली समुदायका मानिसहरू एकै ठाउँमा बस्थे र एउटै भाषा बोल्थे भन्ने अनुमान गरिएको छ । मूल थलो अज्ञात रहे पनि भाषावैज्ञानिकहरूले तुलनात्मक अध्ययनका माध्यमबाट भारो–पे लीको काल्पनिक मूल भाषाको निर्माण गरी तिनका प्रयोगकर्तालाई ‘विरोस’ नाम दिएका छन् । जसबाट भारो–पे ली भाषा परिवारका मूल प्रयोगकर्ता ‘विरोस’ जाति थिए भन्ने निष्कर्ष निकालिएको पाइन्छ ।
द्रविड परिवार
द्रविड जातिद्वारा बोलिने भाषालाई द्रविड भाषा परिवार अन्तर्गत राखिन्छ । मुख्यतः भारतको तमिलनाडु राज्य तथा मलेसिया, इन्डोनेसिया, श्रीलङ्का, बर्मालगायत पूर्वी र दक्षिण अफ्रिका आदि क्षेत्रमा यस परिवारका भाषाहरू बोलिन्छन् । इ.पू. १५०० भन्दा पहिले देखि नै बोलीचालीमा आएको यस परिवारको मुख्य भाषा तमिल हो । साहित्य, सभ्यता र संस्कृतिका दृष्टिले तमिल भाषा अत्यन्त समृद्ध देखिन्छ । तमिलबाहेक यस परिवार अन्तर्गत सेन्तमिल, मलयालम, कन्नाडा, तेलुगू, कोलामी आदि भाषा पर्दछन् । द्रविड भाषा परिवारको मुख्य विशेषता अन्तःयोगात्मक हो । दुई वचन र तीन लिङ्गको व्यवस्था पाइने यस परिवारका भाषामा कर्मवाच्यको व्यवस्था पाइँदैन । मूर्धन्य ध्वनिको प्राधान्य पाइने यस परिवारका भाषामा स्वरान्त शब्दको प्रयोग अधिक रहेको पाइन्छ । विभक्तिको काम प्रत्ययबाट चलाइनु यस परिवारका भाषाहरूको विशेषता हो । त्यसबाहेक पर्याप्त आगन्तुक शब्दको प्रयोग हुनु, लिङ्ग निर्धारणका निम्ति आवश्यकताअनुसार नामिक शब्दसँग ‘पुरुष’ र ‘स्त्री’वाचक शब्दहरू जोडिनुजस्ता विशेषताहरू पनि द्रविड भाषा परिवारका विशेषता हुन् । नेपालमा यस परिवारको झाँगड (धाँगड) भाषा बोलिन्छ ।
भो ट–बर्मेली (चिनियाँ–तिब्बती) परिवार
भाषिक वक्ताका दृष्टिले भारो–पे ली परिवारपछि दोस्रो ठूलो भाषा परिवार हो, चिनियाँ–तिब्बती । मुख्यतः चीन, तिब्बत र बर्मामा बोलिने यस परिवारका भाषाहरू बङ्गलादेश, थाइल्यान्ड, नेपाल, भुटान, भियतनाम आदि देशमा पनि बोलिन्छन् । यस परिवारलाई विद्वान्हरूले भो ट–बर्मेली र थाई–चिनियाँ गरी दुई वर्गमा विभाजन गरेका छन् । नेपालमा यस परिवारका तामाङ (मुर्मी), नेवारी, मगर, राई, किराँती, गुरुङ, लिम्बू, शेर्पा, चेपाङ, सुनुवार, थामी, धिमाल, तिब्बती, जिरेl आदि थुप्रै भाषा बोलिन्छन् ।
यस परिवारका प्रमुख भाषिक विशेषताः
-
अयोगात्मक भाषा
-
एकाक्षरी भाषा
-
स्थानबाट शब्दको अर्थ निर्धारण हुने भाषा
-
तानका माध्यमबाट अर्थभेद हुने भाषा
-
अनुनासिक ध्वनिको बाहुल्य भएको भाषा
-
अलग–अलग शब्दका लागि अलग–अलग चिह्न हुने (वर्णमा अक्षर नहुने) भाषा
आग्नेय परिवार
आग्नेय भाषा परिवारलाई आग्नेसीयाली/आग्नेय वा एस्ट्रिक भाषा परिवार पनि भनिन्छ । दक्षिण–पूर्व एसिया मुख्य थलो रहेको यस परिवारका भाषाहरू अन्नाम, कम्बोडिया, बर्मा, थाइल्यान्ड, भारत हुँदै निकोबार द्वीपसम्म फैलिएको देखिन्छ । नेपालमा पनि यस परिवारको सतार/सन्थाल भाषाको प्रयोग हुने गर्दछ । यस भाषा परिवारका मुख्य तीन शाखा देखिन्छन्– मुन्डा वा कोल, मोन–ख्मेर र अन्नाम–मुआङ । मोन–ख्मेर भाषा समूह यस परिवारको अपेक्षाकृत सशक्त देखिन्छ । यस भाषामा साहित्यको लेखन पनि भएको देखिन्छ । मोन–ख्मेर बाहेक अन्य भाषामा साहित्य–सिर्जना भएको पाइँदैन ।
यस परिवारका प्रमुख भाषिक विशेषताः
-
मुख्यतः अश्लिष्ट योगात्मकता
-
विभक्तिको काम उपसर्गबाट लिइने भाषा
-
लिङ्ग निर्धारणका निम्ति मूल लिङ्ग–निर्धारक शब्दको प्रयोग (जस्तै– आँडिया कुलः बाघ, एङ्गा कुलः बघिनी)
-
तीनओटा वचन भएको भाषा
-
पुरुषअनुसार क्रियामा रूपभेद नपाइने भाषा