Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२८ फागुन २०८१, बुधबार)

  • Ajnabee Khadka
  • March 12, 2025
  • 802

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२८ फागुन २०८१, बुधबार)

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२८ फागुन २०८१, बुधबार)

१.  नेपाल–अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२५ मा सर्वोत्कृष्ट राष्ट्रिय वृत्तचित्रको अवार्ड प्राप्त गर्न सफल वृत्तचित्र कुन हो ?

➤ डिजाइन्ड टु डिस्एपियर

  • शिव पुरी निर्देशित वृत्तचित्रले सो अवार्ड जितेको । 
  • पुरीले वृत्तचित्रबाट सर्वोत्कृष्ट सम्पादनको अवार्ड पनि हात पारेका । 
  • महोत्सवमा सर्वोत्कृष्ट अफ्रिकन चलचित्रको अवार्ड दक्षिण अफ्रिकाबाट ‘गुड मदर’ ले र अफ्रिकन वृत्तचित्रको अवार्ड क्यामरुनको ‘जायद’ ले प्राप्त गरेको । 
  • अन्तर्राष्ट्रिय वृत्तचित्रको अवार्ड भारतीय वृत्तचित्र लोनी ट्युन्सले, अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड बङ्गलादेशको चलचित्र सोदाले, अन्तर्राष्ट्रिय लघु चलचित्रको स्पेशल मेन्सन अवार्ड बेलायतको लघु चलचित्र जेन्ट पपेट्स फर डिग्निफाइड मिन्सुरेसन्सले प्राप्त गरेका । 
  • अन्तर्राष्ट्रिय जुरी अवार्ड अर्जेन्टिनाको लघु वृत्तचित्र दी टेम्पल अफ इटर्नल साउन्डले जितेको । 
  • काठमाडौँमा सम्पन्न १३ औँ संस्करणको यस महोत्सवमा नेपालसहित १७ देशका ४९ वटा चलचित्र समावेश रहेका । 

२.  मुलुकबाहिर कृतिका लेखक लैनसिंह बाङदेल हुन् भने पर्खालभित्र र बाहिर कृतिका लेखक को हुन् ?

➤ पारिजात

 

३.  म्याग्दी र मुस्ताङमा निर्माण हुने कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?

➤ १८० मेवा

  • मुस्ताङको थासाङ गाउँपालिकाको घाँसा नजिकै बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नजिकै विद्युतगृह निर्माण गरिने यस आयोजनाले जग्गा व्यवस्थापन, वातावरणीय प्रभाव मूल्याङ्कनलगायतका कार्य सकेर पूर्वाधार निर्माणको तयारी गरेको । 

 

४.  १४ औँ दक्षिण एसियाली खेलकुद (साग) को आयोजना कहिले गर्ने निर्णय भएको छ ?

➤ सन् २०२६ जनवरी २३–३१, पाकिस्तान 

  • पाकिस्तानमा तेस्रो पटक साग खेलकुद हुन लागेको ।

५.  बाल अदालत कहिलेदेखि सञ्चालन हुने भएको छ ?

➤ वि.सं. २०८२ वैशाख २ 

 

६.  मध्य चमेलिया जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?

➤ २८.३० मेगावाट

  • दार्चुलाको मार्मा गाउँपालिका–२ मा सो आयोजना निर्माण हुने भएको । 
  • सो आयोजना विसं २०८१ फागुन १० मा शिलान्यास गरिएको ।

 

७.  प्राकृतिक ग्यास, खनिज तेल, कोइला आदि कस्तो प्रकारका ऊर्जाका स्रोत हुन् ?

➤ अनवीकरणीय

 

८.  नेपालको कुन ठाउँलाई माटोको सहरका रूपमा चिनिन्छ ?

➤ ल्होमन्थाङ (मुस्ताङ)

 

९.  ट्रान्सपरेन्सी इन्टरनेसनलको मुख्यालय कहाँ रहेको छ ?

➤ बर्लिन (जर्मनी)

 

१०.  नेपालमा कागजपत्रमा मिति उल्लेख गर्दा तिथि र बार लेख्ने चलन कहिलेसम्म कायम थियो ? 

➤ वि.सं १९६१ माघ 

 

११.  नेपालको इतिहासमा कुन घटनालाई वस्नेत पर्व पनि भनिन्छ ? 

➤ भण्डारखाल पर्व 

 

१२.  द्वितीय विश्वयुद्धमा व्रिटिस इन्डियाको सहयोगका लागि पठाइएको नेपाली सैन्य टोलीको नेतृत्व कसले गरेको थियो ? 

➤ एकराजशमशेर र ब्रह्मशमशेर

 

१३.  जयतु संस्कृतम आन्दोलनको प्रारम्भ कहिले भएको थियो ? 

➤ वि.सं. २००४ असार १ 

  • (संस्कृत छात्रावास काठमाडौँका विद्यार्थीहरूले सरकारसमक्ष विभिन्न माग राखी आन्दोलन प्रारम्भ गरेका थिए ।)

 

१४ . कुनै वस्तुमा भएको पदार्थको परिमाणलाई के भनिन्छ ? 

➤ पिण्ड 

  • (वस्तुको पिण्ड भौतिक तराजुले नापिन्छ । अन्तर्राष्ट्रिय नापतौल विभागमा राखिएको प्लाटिनम इरिडियम धातुबाट बनेको ढकको पिण्डलाई एक किलोग्राम मानिन्छ ।)

 

१५.  बिबिसीले कहिलेदेखि नेपाली भाषामा कार्यक्रम प्रसारण सुरु गरेको हो ?

➤ सन् १९६७ जुन ७

 

१६.  पूर्वजबाट सरेर नआएको तर पछि अकस्मात् देखापर्ने नयाँ गुणयुक्त सन्ततिको विकास हुने प्रक्रियालाई के भनिन्छ ? 

➤ उत्परिवर्तन 

  • एउटै जातिका सजीवहरूको बिचमा देखापर्ने असमानतालाई परिवृत्ति (मातापितामा भन्दा सन्तानमा देखिने केही न केही भिन्नता) भनिन्छ । 
  • एकै खाले वंशाणु भएर पनि फरक–फरक किसिमको वातावरणमा हुर्कंदै जाँदा विभिन्नता देखा पर्नुलाई वातावरणीय परिवृत्ति भनिन्छ ।

 

१७.  नेपालमा पहिलो विद्युतीय राहदानी कसलाई प्रदान गरियो ?

➤ सत्यमोहन जोशी (विसं २०७८ मङ्सिर १)

  • नेपालमा राहदानीको सुरुवात गर्ने व्यक्ति भिमसेन थापा हुन् ।
  • नेपालमा हस्तलिखित राहदानीको सुरुवात विसं २०१९ मङ्सिर ४ बाट भएको ।
  • नेपालमा एमआरपीको सुरुवात विसं २०६७ पुस ११ बाट भएको ।
  • एमआरपी प्राप्त गर्ने पहिलो व्यक्ति रामवरण यादव हुन् ।

 

१८. “पैसा एउटा अत्यन्त खराब मालिक तर निकै असल नोकर हो ।” भन्ने विचारक को हुन् ? 

➤ फ्रान्सिस वेकन, अङ्ग्रेज दार्शनिक

 

१९.  युरो मुद्रालाई कहिलेदेखि प्रचलनमा ल्याइएको हो ? 

➤ वि.सं. २००२ जनवरी १   

    

२०.  प्राकृतिक प्रकोपबाट पीडित नागरिकलाई चिकित्सकीय सेवा उपलब्ध गराउन स्थानीय रूपमा सञ्चालित कार्यक्रमलाई के भनी चिनिन्छ ?

➤ अपरेसन नाइटिङ्गेल

 

२१.  किराँत सङ्ग्रहालय कहाँ रहेको छ ?

➤ खोटाङको हलेसी 

 

२२.  नेपालको कुन ठाउँमा ठिमाहा प्रथा रहेको छ ?

➤ हुम्ला

  • नाम्खा गाउँपालिकाको लिमीमा यो प्रथा रहेको छ ।
  • अविवाहित छोरीले जन्मघरमै बच्चा जन्माउँदा माइती पक्षले नै सबै व्यवस्था गरी राख्नुपर्ने अनौठो प्रथा नै ठिमाहा प्रथा हो । सुन्दा निकै अनौठो र अपत्यारिलो लागे पनि हुम्लाको लिमीमा यो परम्परा हालसम्म कायम छ । विवाह नगरी बसेका बेला गाउँको कुनै युवकसँग कायम भएको सम्बन्धबाट बच्चा जन्मिएमा माइतीले नै बास बनाइदिनुपर्ने र भाँडावर्तन तथा जमिनको व्यवस्था मिलाउनुपर्र्ने सामाजिक मान्यता रहेको छ । 
  • यसरी जन्मिएको बच्चालाई पुम्ताम्बा भनिन्छ । त्यस्तै बच्चालाई १८ वर्ष उमेर नपुग्दासम्म एक तह कमको दर्जामा राख्ने र १८ वर्ष पुगेपछि सो दर्जा हट्ने परिपाटि रहेको छ ।

 

२३.  नेपाल विश्व पर्यटन सङ्गठनको सदस्य कहिले बनेको हो ?

➤ सन् १९७५ 

  • विश्व पर्यटन सङ्गठनको स्थापना सन् १९७५ जनवरी २ मा भएको ।
  • यसको प्रधान कार्यालय स्पेनको मेड्रिडमा रहेको ।

 

२४.  नर्सिङ व्यवस्थालाई सुधार्न आफ्नो जीवन समर्पण गरेकी फ्लोरेन्स नाइटिङ्गेलको जन्म कहिले भएको थियो ?

➤ सन् १८२० मे १२, इटली

  • आधुनिक नर्सिङकी जन्मदाता मानिने फ्लोरेन्स आफ्ना बुबाआमाको चाहना विपरीत मानव सेवाका लागि नर्स बनेकी । 
  • दया र सेवाकी प्रतिमूर्ति फ्लोरेन्स नाइटिङ्गेललाई ‘लेडी विथ ल्याम्प’ भनेर पनि चिनिने ।
  • यिनको मृत्यु सन् १९१० अगस्ट १३ मा भएको ।

 

२५.  आयुर्वेद कुन वेदको उपवेद हो ?

➤ अथर्ववेद 

  • विश्वकै प्राचीन चिकित्सा विज्ञान आयुर्वेद इसापूर्व तीन हजार देखि ५० हजार वर्षअगाडि भारतवर्षबाट विकास भएको मानिन्छ ।
  • आयुर्वेद उपचार विधि मात्र नभएर मानव जीवनका खानपिन, आहारविहारलाई निर्दिष्ट गर्ने विज्ञान हो, जसले मानवको शरीर, मन र आत्मालाई स्वस्थ तथा सन्तुलन राख्न जोड दिन्छ । 

 

२६.  ब्लड मनी भनेको के हो ?

➤ मृत्युदण्डको सजाय पाएको व्यक्तिको पक्षले पीडित पक्षलाई क्षतिपूर्ति दिई आरोपी पक्षलाई बचाउने गरी दुवै पक्षको हित गर्न गरिने रकमको आदानप्रदान

 

२७.  ‘लदी पूजा’ कुन जातिमा प्रचलित छ ? 

➤ माझी 

  • (‘लदी पूजा’ हरेक वर्ष फागुन महिनाको तेस्रो मङ्गलबार मनाउने गरिन्छ ।)

 

२८. प्रसिद्ध समाजसेवी तुलसी मेहरद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चर्खा प्रचार नामक अभियानमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन् ?

➤ भीमशमशेर

 

२९.  सन्की राजा भनी श्री ५ सुरेन्द्रलाई चिनिन्छ भने अयोग्य राजा भनी कसलाई चिनिन्छ ? 

➤ श्री ५ राजेन्द्र

 

३०.  हराएको वस्तु पाएबापत दिइने पुरस्कारलाई के भनिन्छ ?

➤ पलौनी

 

३१.  विश्वकै ठुलो संस्कृत–नेपाली शब्दकोश कसले निर्माण गरेका हुन् ?

➤ स्वामी केशवानन्द गिरी

 

३२. नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धाराको सूत्रपात गर्ने कवि को हुन् ?

➤ मोहन कोइराला

 

३३.  हाइपरइन्फ्लेसन भन्नाले के बुझिन्छ ?

➤ अत्यधिक मुद्रास्फीति 

 

३४.  ‘फ्रम थर्ड वल्र्ड टु फस्ट’ नामक कृतिका लेखक को हुन् ?

➤ ली क्वान यु 

 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 42
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 33
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 37
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 37
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 108
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA