Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

राष्ट्रिय सांस्कृतिक सम्पदाको संरक्षणसम्बन्धी दीर्घकालीन नीति

  • Bikash Shrestha
  • July 31, 2025
  • 535

राष्ट्रिय सांस्कृतिक सम्पदाको संरक्षणसम्बन्धी दीर्घकालीन नीति

Long-term policy on the protection of national cultural heritage

राष्ट्रिय सांस्कृतिक सम्पदाको संरक्षणसम्बन्धी दीर्घकालीन नीति

नेपाल सरकारद्वारा राष्ट्रिय सांस्कृतिक नीति २०६७ जारी गरिएको छ। यस नीतिअनुसार भाषा, कला, संस्कृति, ललितकला, संगीत तथा नाट्य क्षेत्रको संरक्षण, विकास र प्रवर्द्धनका लागि विभिन्न संस्थाहरू गठन गरिएका छन्। तीमध्ये प्रमुख संस्थाहरू हुन्:

  • नेपाल प्रज्ञा–प्रतिष्ठान

  • नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान

  • नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान

यसका अतिरिक्त, पुरातात्त्विक सम्पदाहरूको संरक्षणका लागि विभिन्न सङ्ग्रहालयहरू स्थापना गरी कार्यक्रमहरू सञ्चालनमा ल्याइएको छ। ती प्रमुख सङ्ग्रहालयहरू यस्ता छन्:

  • राष्ट्रिय अभिलेखालय

  • राष्ट्रिय सङ्ग्रहालय, छाउनी

  • राष्ट्रिय मुद्रा सङ्ग्रहालय

  • राष्ट्रिय कला सङ्ग्रहालय, भक्तपुर

  • प्रदेश सङ्ग्रहालयहरू: पोखरा, सुर्खेत, धनकुटा

  • प्रदेश दरबार सङ्ग्रहालय, पाल्पा

  • गोरखा सङ्ग्रहालय

  • कपिलवस्तु सङ्ग्रहालय

  • नुवाकोट दरबार सङ्ग्रहालय

यी सङ्ग्रहालयमार्फत पुरातात्त्विक वस्तुहरूको संरक्षणका विविध कार्यक्रम सञ्चालन भइरहेका छन्। साथै, देशका ७२ जिल्लाका सम्पदाहरूको सूचीकरण गरिएको छ र तीअनुरूप संरक्षण कार्यक्रम सञ्चालन भइरहेका छन् । विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाहरूको संरक्षणका लागि विशेष कार्यक्रमहरू पनि अघि बढाइएका छन्। यसै क्रममा, पवित्र धार्मिक स्थल देवघाट क्षेत्रको संरक्षण र विकासका लागि २० वर्षे गुरुयोजना स्वीकृत भइसकेको छ।

अन्य उल्लेखनीय पहलहरूमा:

  • धरान, चितवन, कीर्तिपुर, पोखरा, दाङ र जुम्लामा जातीय सङ्ग्रहालयहरू स्थापना कार्य अगाडि बढाइएको छ, जसमा स्थानीय निकाय र समुदायको सक्रिय सहभागिता छ।

  • काठमाडौंको गोकरण क्षेत्रमा जनआन्दोलन तथा सहिद स्मृति सङ्ग्रहालयको पूर्वाधार विकास सुरु गरिएको छ।

  • नारायणहिटी दरबार सङ्ग्रहालय स्थापना भई केही भाग सर्वसाधारणका लागि अवलोकन गर्न खुला गरिएको छ।

  • मैथिली साहित्यका महाकवि विद्यापतिको स्मृतिमा पुरस्कार स्थापना गर्न रु. १ करोडको अक्षयकोष सृजना गरिएको छ।

  • लुम्बिनी, पशुपति र जनकपुर क्षेत्रका गुरुयोजनाअनुसार पूर्वाधार विकाससम्बन्धी गतिविधिहरू सञ्चालनमा छन्।

Categories

  • Current Affairs 575
  • Gorkhapatra 300
  • Others 962
  • Vacancy 1
  • Past Questions 69

Latest Blogs

Brief table of the world's major religions
Others

विश्वका प्रमुख धर्महरूको संक्षिप्त तालिका

  • Apr 28, 2026
  • 66
Nepal Telecom, Administration, Administration, Fourth, Objective Multiple Answer for Assistant Post (2082/03/14)
Past Questions

नेपाल टेलिकम, प्रशासन, प्रशासन, चौथो, सहायक पदको वस्तुगत बहुउत्तर (२०८२/०३/१४)

  • Apr 28, 2026
  • 43
Narayan Dutta Poudel appointed as the 13th Inspector General (IGP) of the Armed Police Force (APF), Nepal
Current Affairs

सशस्त्र प्रहरी बल (APF), नेपालको १३ औं महानिरीक्षक (IGP) मा नारायणदत्त पौडेल नियुक्त

  • Apr 28, 2026
  • 55
Red Bull Shilapatra Year Person 2082
Current Affairs

रेडबुल शिलापत्र वर्षव्यक्ति २०८२

  • Apr 28, 2026
  • 86
Annual National Accounts Report of Nepal, 2082/83
Current Affairs

नेपालको वार्षिक राष्ट्रिय लेखा प्रतिवेदन, २०८२/८३

  • Apr 28, 2026
  • 84
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA