Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

राष्ट्रिय सांस्कृतिक सम्पदाको संरक्षणसम्बन्धी दीर्घकालीन नीति

  • Bikash Shrestha
  • November 19, 2025
  • 793

राष्ट्रिय सांस्कृतिक सम्पदाको संरक्षणसम्बन्धी दीर्घकालीन नीति

Long-term policy on the protection of national cultural heritage

नेपाल सरकारले राष्ट्रिय सांस्कृतिक नीति २०६७ जारी गरेको छ। भाषा, कला, संस्कृति, ललितकला तथा सङ्गीत–नाट्य क्षेत्रको विकास, प्रवर्द्धन र संरक्षणका लागि नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान गठन भई सञ्चालनमा रहेका छन् । त्यसैगरी, राष्ट्रिय अभिलेखालय, राष्ट्रिय सङ्ग्रहालय छाउनी, राष्ट्रिय मुद्रा सङ्ग्रहालय, राष्ट्रिय कला सङ्ग्रहालय भक्तपुर, प्रदेश सङ्ग्रहालय पोखरा, प्रदेश सङ्ग्रहालय सुर्खेत, प्रदेश सङ्ग्रहालय धनकुटा, प्रदेश दरबार सङ्ग्रहालय पाल्पा, गोरखा सङ्ग्रहालय, कपिलवस्तु सङ्ग्रहालय तथा नुवाकोट दरबार सङ्ग्रहालय स्थापना भई पुरातात्त्विक वस्तुहरूको संरक्षणका कार्यहरू सञ्चालन भइरहेका छन् । ७२ जिल्लाका सम्पदाहरूको सूचीकरण भई सूचीअनुसारका संरक्षण कार्यक्रमहरू निरन्तर चलिरहेका छन्। साथै, विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरूको संरक्षणका लागि छुट्टै कार्यक्रमहरू लागू भइरहेका छन्। पवित्र धार्मिक स्थल देवघाट क्षेत्रको २० वर्षे गुरुयोजना स्वीकृत भइसकेको छ । अन्य जातीय सङ्ग्रहालयहरूको स्थापना कार्यलाई पनि निरन्तरता दिइएको छ। स्थानीय निकाय र समुदायको सहभागितामा धरान, चितवन, कीर्तिपुर, पोखरा, दाङ र जुम्लामा जातीय सङ्ग्रहालय स्थापना कार्य सुरु भइसकेका छन् । काठमाडौँको गोल्फटारमा जनआन्दोलन तथा सहिद स्मृति सङ्ग्रहालयको पूर्वाधार विकास पनि सुरु गरिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालय स्थापना भई यसको केही भाग सर्वसाधारणका लागि खुला गरिएको छ । मैथिली साहित्यका महाकवि विद्यापतिको स्मृतिमा रू. १ करोडको अक्षयकोष स्थापना गरिएको छ। साथै, लुम्बिनी, पशुपति र जनकपुर क्षेत्रका गुरुयोजनाअनुसार पूर्वाधार विकासका गतिविधिहरू पनि निरन्तर सञ्चालन भइरहेका छन् ।

 

Categories

  • Current Affairs 859
  • Gorkhapatra 354
  • Others 1203
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Cristiano Ronaldo (CR7) announces retirement from international football
Current Affairs

क्रिस्टियानो रोनाल्डो (CR7) द्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

  • Nov 06, 2026
  • 110
Beauty pageants (2083 B.S.)
Current Affairs

सौन्दर्य प्रतियोगिताहरू (वि.सं. २०८३)

  • Nov 05, 2026
  • 261
The historical journey of the "Constitutional Basic Law" in Nepal's constitutional development
Others

नेपालको संवैधानिक विकासक्रममा "संविधान मूल कानुन" को ऐतिहासिक यात्रा

  • Nov 05, 2026
  • 127
World Tsunami Awareness Day 2026
Current Affairs

विश्व सुनामी जागरूकता दिवस २०२६

  • Nov 05, 2026
  • 273
Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 330
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA