Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

वि.सं. २०८३ को वसन्तकालीन सगरमाथा आरोहण सिजनमा कायम भएका प्रमुख कीर्तिमानहरू

  • Ajnabee Khadka
  • May 27, 2026
  • 728

वि.सं. २०८३ को वसन्तकालीन सगरमाथा आरोहण सिजनमा कायम भएका प्रमुख कीर्तिमानहरू

Major records set during the spring Everest climbing season of 2083 BS
कीर्तिमान विषय विवरण
सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने व्यक्ति (पुरुष)

कामिरिता शेर्पा

  • राष्ट्रियता: नेपाली
  • ३२ औं पटक सगरमाथाको सफल आरोहण, 
  • आरोहण मिति: वि.सं. २०८३ जेठ ३ गते
  • यसअघि उनले १३ जेठ २०८२ मा ३१औं पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका,
सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने व्यक्ति (महिला)

लाक्पा शेर्पा

  • राष्ट्रियता: नेपाली
  • ११ औं पटक सगरमाथाको सफल आरोहण, 
  • आरोहण मिति: वि.सं. २०८३ जेठ ३ गते
विश्वको सर्वोच्च शिखर सगरमाथाको सबैभन्दा बढी आरोहण गर्ने दोस्रो कीर्तिमानी आरोही

पासाङ दावा शेर्पा 

  • राष्ट्रियता: नेपाली
  • ३१ औँ आरोहण: वि.सं. २०८३ जेठ ८
  • ३० औँ आरोहण: वि.सं. २०८३ वैशाख ३१
दुवै खुट्टा नभए पनि अर्थात् कृत्रिम खुट्टा (Prosthetic legs) विना केवल दुई हातको सहाराले सगरमाथाको सफल आरोहण गर्ने विश्वकै पहिलो व्यक्ति

रुस्तम नबिएभ

  • राष्ट्रियता: रुसी
  • पेशा: रुसी पूर्वसैनिक
  • शारीरिक अवस्था: डबल एम्प्युटी (सन् २०१५ मा रुसमा सैन्य ब्यारेक भत्किँदा दुर्घटनामा परी कम्मरमुनिको भाग/दुवै खुट्टा गुमाएका)
  • आरोहण मिति र समय: वि.सं. २०८३ जेठ ६, बिहान ८:१६ बजे
नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकैदिन सबैभन्दा बढी आरोहीद्वारा सगरमाथा आरोहण

वि.सं. २०८३ जेठ ६ 

  • जेठ ६ गते एकैदिन २७४ जना पवतारोही सगरमाथाको शिखरमा पुग्न सफल भएका,
  •  यसअघि सन् २०१९ मा एकै दिन २२३ आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका,
पाँच दिनमा सगरमाथा, ल्होत्से र नुप्त्से हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने व्यक्ति

तेन्जिङ डेभिड शेर्पा 

  • राष्ट्रियता: नेपाली
  • वि.सं. २०८३ जेठ ३ मा नुप्त्से, जेठ ६ मा सगरमाथा र जेठ ७ मा ल्होत्से हिमालको आरोहण पूरा गरी विश्व कीर्तिमान कायम गरेका,
एकै आरोहण सिजनमा सगरमाथा र ल्होत्से हिमाल दुई-दुई पटक सफल आरोहण गर्दै हिमाली आरोहण इतिहासमा कीर्तिमानी कायम गर्ने व्यक्ति

गेक्सी लुओरी

  • राष्ट्रियता: चिनियाँ
  • पहिलो सगरमाथा आरोहण: वि.सं २०८३ जेठ ३
  • दोस्रो सगरमाथा आरोहण: वि.सं २०८३ जेठ १३
  • पहिलो ल्होत्से आरोहण: वि.सं २०८३ जेठ ४
  • दोस्रो ल्होत्से आरोहण: वि.सं २०८३ जेठ ११

 

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 51
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 251
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 200
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 269
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 382
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA