Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

सहिद दिवस, २०८२

  • Ajnabee Khadka
  • January 30, 2026
  • 751

सहिद दिवस, २०८२

Martyr's Day

"नेपालमा प्रत्येक वर्ष माघ १६ गते प्रजातन्त्र स्थापना र नागरिक स्वतन्त्रताका लागि आफ्नो ज्यानको आहुति दिने वीर सहिदहरूको सम्झनामा 'सहिद दिवस' मनाइन्छ।"

  • आजको सहिद दिवास: ७१औं सहिद दिवस
  • शहीद सप्ताह: प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म (यस वर्ष २०८२ माघ १० गते शनिबारदेखि सुरु भएको,)
  • मुख्य केन्द्र: लैनचौरस्थित सहिद स्मारक (जहाँ सहिद दिवस मूल समारोह समितिले विशेष कार्यक्रम गर्दछ,)

ऐतिहासिक पृष्ठभूमि:

  • नेपालमा औपचारिक रूपमा सहिद दिवस मनाउन वि.सं. २०१२ साल बाट सुरु गरिएको,
  • संयोजक: तत्कालीन काठमाडौं नगरपालिका
  • उद्देश्य: प्रजातन्त्र स्थापना, पुनस्थापना र स्वतन्त्रताका लागि बलिदान दिने सहिदहरूको स्मरण,

वि.सं. १९९७ का चार प्रमुख सहिदहरू:

सहिदको नाम सहादत प्राप्त मिति स्थान र विधि
शुक्रराज शास्त्री १९९७ माघ १० टेकु (खरीको रुखमा झुण्ड्याएर)
धर्मभक्त माथेमा १९९७ माघ १३ सिफल (झुण्ड्याएर)
दशरथ चन्द १९९७ माघ १५ शोभा भगवती (गोली हानी)
गंगालाल श्रेष्ठ १९९७ माघ १५ शोभा भगवती (गोली हानी)

ऐतिहासिक कडीहरू:

  • नेपालको प्रथम सहिद: लखन थापा (वि.सं. १९३३ फागुन २ गते गोरखाको मनकामना नजिकै राणा प्रधानमन्त्री जंगबहादुर राणाविरुद्ध प्रचार गरेको आरोपमा झुण्ड्याइएका,)
  • नेपालको जिउँदो सहिद भनेर चिनिने व्यक्तित्व: टंक प्रसाद आचार्य
  • वि.सं. १९९७ सालका चार महान् सहिद: शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, र गंगालाल श्रेष्ठ
  • सहिद सप्ताहको पृष्टभूमि: माघ १० गते (शुक्रराज शास्त्री मारिएको दिन) देखि माघ १६ गतेसम्मको अवधिलाई नेपालमा सहिद सप्ताहका रूपमा मनाइन्छ,
  • नेपालका चार सहिदहरुको हत्या वा "सहिद पर्व" राणा प्रधानमन्त्री जुद्ध शमशेरको शासनकालमा घटेको,
  • नेपालका चार सहिदहरुको हत्याको नेतृत्व गर्ने जुद्ध शमशेरका नाति नर शमशेर ज.ब.रा,
  • जनाअन्दोलन-२ का प्रथम सहिद: उमेशचन्द्र थापा
  • जनआन्दोलन-२ पछि भएको मधेस आन्दोलनको पहिलो सहिद: रमेश महतो
  • जनआन्दोलन-२ मा सहिद हुने एक मात्र विदेशी: मोहम्मद जाहागिर (भारत)
  • जनआन्दोलन-२ का जिउदा सहिद: मुकेश कायस्थ र विष्णुलाल महर्जन
  • उच्चकोटीको शहादत (Martyrdom of the highest order) प्राप्त गर्ने पहिलो सहिद: भीमदत्त पन्त
  • नेपालको पहिलो धार्मिक सहिद: "वाचन शिरोमणि" पण्डित नारायण प्रसाद पोखरेल
  • नेपालको पहिलो साहित्यक सहिद: कृष्णलाल अधिकारी
  • नेपालको पहिलो संरक्षण सहिद: गणेश बहादुर शाही
  • नेपालको पहिलो निजामती सहिद: नवराज विष्ट
  • नेपालको पहिलो न्यायाधीश सहिद: रणबहादुर बम

Categories

  • Current Affairs 739
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 122
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Past Questions

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 42
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 54
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 151
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 185
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 93
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA