Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विदेशमा रहेका नेपालीहरूको सेवाका लागि जारी गरिएको 'मोफा मित्र' (MoFA Mitra) मोबाइल एप

  • Ajnabee Khadka
  • June 03, 2026
  • 485

विदेशमा रहेका नेपालीहरूको सेवाका लागि जारी गरिएको 'मोफा मित्र' (MoFA Mitra) मोबाइल एप

'MoFA Mitra' mobile app launched to serve Nepalis living abroad
  • एपको नाम: मोफा मित्र (MoFA Mitra)
  • विकासकर्ता: कन्सुलर सेवा विभाग, परराष्ट्र मन्त्रालय, नेपाल सरकार
  • शुभारम्भ मिति: २०८३ जेठ १२ गते (२६ मे २०२६)
  • उद्घाटनकर्ता: परराष्ट्र मन्त्री शिशिर खनाल
  • उपलब्धता: एन्ड्रोइड (Android/Google Play Store) र आईओएस (iOS/App Store) दुवै प्लेटफर्ममा
  • उदेश्य:
    • विदेशमा रहेका नेपाली नागरिकहरू र नेपाली नियोगहरूबीच सहज सम्पर्क, समन्वय तथा शीघ्र सूचना आदानप्रदान गराउने उदेश्यले विकसित,
    • कन्सुलर सेवाहरूलाई थप सहज, नागरिकमैत्री, प्रभावकारी तथा प्रविधिमैत्री (डिजिटल) बनाउने,
    • आपतकालीन अवस्थामा छिटो र पारदर्शी रूपमा सरकारी सेवा प्रवाह गर्ने,
  • एपका प्रमुख विशेषता तथा सेवाहरू:
    • खोजतलास तथा उद्धार (Search and Rescue): विदेशमा समस्यामा परेका, अलपत्र परेका वा हराएका नेपालीहरूको खोजतलास र उद्धारका लागि अनलाइनबाटै सिधै आवेदन दिन सकिने,
    • शव व्यवस्थापन तथा स्वदेश फिर्ता (Dead Body Repatriation): विदेशमा नेपाली नागरिकको मृत्यु भएको अवस्थामा शव नेपाल झिकाउन वा व्यवस्थापन गर्न सहजीकरण गर्ने,
    • बीमा तथा क्षतिपूर्ति (Compensation): विदेशमा कार्यरत रहँदा भवितव्यमा परेका नागरिकका लागि बीमा र क्षतिपूर्ति रकम दाबी सम्बन्धी गुनासा प्रक्रिया अघि बढाउने,
    • गुनासो निवारण (Grievance Redressal): कन्सुलर सेवा सम्बन्धी अन्य गुनासा तथा समस्याहरू दर्ता गर्ने र सिधै सम्बन्धित देशको नेपाली दूतावास (नियोग) सँग जोडिने,
    • निवेदन ट्र्याकिङ (Application Tracking): आफूले दर्ता गरेको निवेदन वा गुनासो कुन चरणमा पुग्यो भनेर मोबाइलबाटै प्रत्यक्ष हेर्न (Track गर्न) सकिने व्यवस्था,

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 50
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 243
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 195
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 268
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 379
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA