Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विदेशमा रहेका नेपालीहरूको सेवाका लागि जारी गरिएको 'मोफा मित्र' (MoFA Mitra) मोबाइल एप

  • Ajnabee Khadka
  • June 03, 2026
  • 295

विदेशमा रहेका नेपालीहरूको सेवाका लागि जारी गरिएको 'मोफा मित्र' (MoFA Mitra) मोबाइल एप

'MoFA Mitra' mobile app launched to serve Nepalis living abroad
  • एपको नाम: मोफा मित्र (MoFA Mitra)
  • विकासकर्ता: कन्सुलर सेवा विभाग, परराष्ट्र मन्त्रालय, नेपाल सरकार
  • शुभारम्भ मिति: २०८३ जेठ १२ गते (२६ मे २०२६)
  • उद्घाटनकर्ता: परराष्ट्र मन्त्री शिशिर खनाल
  • उपलब्धता: एन्ड्रोइड (Android/Google Play Store) र आईओएस (iOS/App Store) दुवै प्लेटफर्ममा
  • उदेश्य:
    • विदेशमा रहेका नेपाली नागरिकहरू र नेपाली नियोगहरूबीच सहज सम्पर्क, समन्वय तथा शीघ्र सूचना आदानप्रदान गराउने उदेश्यले विकसित,
    • कन्सुलर सेवाहरूलाई थप सहज, नागरिकमैत्री, प्रभावकारी तथा प्रविधिमैत्री (डिजिटल) बनाउने,
    • आपतकालीन अवस्थामा छिटो र पारदर्शी रूपमा सरकारी सेवा प्रवाह गर्ने,
  • एपका प्रमुख विशेषता तथा सेवाहरू:
    • खोजतलास तथा उद्धार (Search and Rescue): विदेशमा समस्यामा परेका, अलपत्र परेका वा हराएका नेपालीहरूको खोजतलास र उद्धारका लागि अनलाइनबाटै सिधै आवेदन दिन सकिने,
    • शव व्यवस्थापन तथा स्वदेश फिर्ता (Dead Body Repatriation): विदेशमा नेपाली नागरिकको मृत्यु भएको अवस्थामा शव नेपाल झिकाउन वा व्यवस्थापन गर्न सहजीकरण गर्ने,
    • बीमा तथा क्षतिपूर्ति (Compensation): विदेशमा कार्यरत रहँदा भवितव्यमा परेका नागरिकका लागि बीमा र क्षतिपूर्ति रकम दाबी सम्बन्धी गुनासा प्रक्रिया अघि बढाउने,
    • गुनासो निवारण (Grievance Redressal): कन्सुलर सेवा सम्बन्धी अन्य गुनासा तथा समस्याहरू दर्ता गर्ने र सिधै सम्बन्धित देशको नेपाली दूतावास (नियोग) सँग जोडिने,
    • निवेदन ट्र्याकिङ (Application Tracking): आफूले दर्ता गरेको निवेदन वा गुनासो कुन चरणमा पुग्यो भनेर मोबाइलबाटै प्रत्यक्ष हेर्न (Track गर्न) सकिने व्यवस्था,

Categories

  • Current Affairs 741
  • Gorkhapatra 333
  • Others 1137
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 57
International Youth Day, 2026
Current Affairs

अन्तराष्ट्रिय युवा दिवस, २०२६

  • Aug 12, 2026
  • 35
Importance of Legal Awareness: Topical Q&A (27 Shrawan 2083, Wednesday)
Gorkhapatra

कानुनी सचेतनाको महत्व: विषयगत प्रश्नोत्तर (२७ साउन २०८३, बुधबार)

  • Aug 12, 2026
  • 18
Public Service Preparation Special: Objective Questions and Answers (27 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२७ साउन २०८३, बुधबार)

  • Aug 12, 2026
  • 94
New One Day (ODI) Captain of Nepali National Men's Cricket Team — Sandeep Lamichhane
Current Affairs

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको नयाँ एकदिवसीय (ODI) कप्तान — सन्दीप लामिछाने

  • Aug 11, 2026
  • 75
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA