Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

वि.सं. २०३७ को राष्ट्रिय जनमत सङ्ग्रह

  • Ajnabee Khadka
  • March 26, 2026
  • 938

वि.सं. २०३७ को राष्ट्रिय जनमत सङ्ग्रह

National referendum collection of B.S. 2037

वि.सं. २०३७ को राष्ट्रिय जनमत सङ्ग्रहको पृष्टभूमि:

  • पञ्चायती व्यवस्थाविरुद्ध समाजका विभिन्न क्षेत्रहरू आन्दोलित हुन थाले पश्च्यात वि.सं. २०३२ देखि २०३६ सालसम्म नेपालमा ठूलो राजनीतिक पन्थयपूर्ण अवस्था सिर्जना भएको,
  • वि.सं. २०३५ सालको चैतमा पाकिस्तानका पूर्व प्रधानमन्त्री जुल्फिकर अली भुट्टोलाई मृत्युदण्ड दिइएको विरोधमा नेपालका विद्यार्थीहरूले प्रदर्शन गरेका थिए, जुन पछि पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा परिणत भएको,
  • वि.सं. २०३६ वैशाखको परिवेशमा विद्यार्थी आन्दोलनले उग्र रूप लिएको - विद्यार्थी आन्दोलन नै जनमत सङ्ग्रहको घोषणाको मुख्य आधार बनेको,

राष्ट्रिय जनमत सङ्ग्रहको घोषणा सम्बन्धि तथ्य:

  • घोषणा मिति र समय: तत्कालीन राजा वीरेन्द्रबाट वि.सं. २०३६ साल जेठ १० गते बिहान ६:४५ बजे राष्ट्रिय जनमत सङ्ग्रहको ऐतिहासिक घोषणा गरिएको,
  • राजनीतिक परिवेश: वि.सं. २०३२ देखि २०३६ सम्मको राजनीतिक अस्थिरता र विद्यार्थी आन्दोलनलाई साम्य पार्न राष्ट्रिय जनमत सङ्ग्रहको घोषणा गरिएको,
  • घोषणामा जनतालाई रोज्न दुईवटा स्पष्ट विकल्प दिइएको;
    • बहुदलीय व्यवस्था (Multi-party system)
    • सुधारिएको पञ्चायती व्यवस्था (Reformed Panchayat system)

जनमत सङ्ग्रहको घोषणा लगत्तैको राजनीतिक परिस्थिति:

  • जनमत सङ्ग्रहको घोषणा भएको भोलिपल्टै अर्थात् २०३६ जेठ ११ गते तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले नैतिकताका आधारमा राजीनामा दिएका,
  • वि.सं. २०३६ जेठ १८ गते सूर्यबहादुर थापाको अध्यक्षतामा नयाँ मन्त्रिपरिषद् गठन गरिएको,

जनमत सङ्ग्रहको परिवेशमा नागरिक स्वतन्त्रता र अधिकारको विस्तार:

  • वि.सं. २०३६ जेठ १६ गतेको शाही सन्देश मार्फत जनमत सङ्ग्रहको प्रयोजनका लागि जनतालाई सभा, सम्मेलन र विचार व्यक्त गर्ने पूर्ण स्वतन्त्रता दिइएको,
  • बहुदलीय र पञ्चायती दुवै पक्षलाई आफ्ना कुराहरू पत्रपत्रिका, पर्चा–पम्प्लेट र आमसभा मार्फत जनतामा लैजाने अभूतपूर्व अवसर प्राप्त भएको,
  • जनमत सङ्ग्रहको वातावरण सहज बनाउन राजनीतिक बन्दीहरूलाई रिहा गरियो र प्रवासमा रहेका राजनीतिक नेताहरूलाई स्वदेश फर्कने वातावरण तयार पारिएको,

जनमत सङ्ग्रहको परिवेशमा प्रशासनिक तथा कानुनी व्यवस्थापन:

  • राष्ट्रिय निर्वाचन आयोगको गठन: जनमत सङ्ग्रह सम्पन्न गर्न भगवती प्रसाद सिंहको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय निर्वाचन आयोग गठन गरिएको,
  • नामावली सङ्कलन: वि.सं. २०३६ साउन १५ गते देखि देशभर मतदाता नामावली सङ्कलन कार्य प्रारम्भ,
  • मतदानको उमेर: २१ वर्ष उमेर पूरा भएका बालिग नागरिकहरूलाई मतदानको अधिकार दिइएको,

जनमत सङ्ग्रहको मतदान सम्बन्धी मुख्य तथ्य:

  • मतदान मिति: वि.सं. २०३७ साल वैशाख २० गते शनिबारका दिन मतदान सम्पन्न भएको,
  • मतदानको समय: बिहान ९:१५ बजेदेखि बेलुका ५:१५ बजेसम्म मतदानको समय तोकिएको,
  • मतदान पद्धति: बालिग मताधिकारका आधारमा प्रत्यक्ष गुप्त मतदान,
  • मतपत्र र रङ:
    • बहुदलीय व्यवस्था रोज्नेका लागि निलो रङ
    • सुधारिएको पञ्चायती व्यवस्था रोज्नेका लागि पहेँलो रङ
  • मौन अवधि: मतदान हुनु ३ दिन अघि अर्थात् २०३७ वैशाख १७ गतेदेखि प्रचार–प्रसारमा पूर्ण रोक लगाइएको,

जनमत सङ्ग्रहको मतदाता र सहभागिताको तथ्याङ्क:

विवरण संख्या / प्रतिशत
कुल मतदाता संख्या ७१,९२,४५१
खसेको कुल मत ४८,१३,४८६
मतदान प्रतिशत करिब ६६.९२%
सदर मत (Valid Votes) ४४,४०,९९७
बदर मत (Invalid Votes) ३,७२,४६९

जनमत सङ्ग्रहको अन्तिम नतिजा (मत र प्रतिशत):

  • जनमत सङ्ग्रहको अन्तिम परिणामअनुसार पञ्चायत पक्ष विजयी भएको;
    • सुधारिएको पञ्चायती व्यवस्था: २४,३३,४५२ मत (५४.७९ प्रतिशत)
    • बहुदलीय व्यवस्था: २०,०७,५६५ मत (४५.२१ प्रतिशत)
  • पञ्चायत पक्षको विजय: नेपालका कुल ७५ जिल्लामध्ये ५६ जिल्लामा सुधारिएको पञ्चायती व्यवस्थाले बहुमत प्राप्त गरेको,
  • बहुदल पक्षको विजय: कुल १९ जिल्लामा बहुदलीय व्यवस्थाले बहुमत प्राप्त गरेको (बहुदलले जितेका प्रमुख जिल्लाहरू: काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, सिराहा, सप्तरी, उदयपुर, सर्लाही, चितवन, कास्की, रुपन्देही, पाल्पा, दाङ, बर्दिया, सुर्खेत, डोटी, कञ्चनपुर र डडेल्धुरा)
  • अञ्चलगत नतिजा: देशका कुल १४ वटा अञ्चलमध्ये सबै अञ्चलमा समग्र रूपमा पञ्चायती व्यवस्था नै विजयी भएको,

राष्ट्रिय जनमत सङ्ग्रहको नतिजा पश्चात् नेपालमा भएका मुख्य परिवर्तन र घटनाहरू:

  • जनमत सङ्ग्रहमा "बहुदलीय व्यवस्था" र "सुधारिएको पञ्चायती व्यवस्था" मध्ये जनताले सुधारिएको पञ्चायती व्यवस्थालाई रोजेकाले पञ्चायती व्यवस्थाले निरन्तरता पाएको,
  • जनमत सङ्ग्रहको नतिजा आएको केही समय पश्चात् वि.सं. २०३७ साल पुस १ गते नेपालको संविधान (२०१९) मा तेस्रो संशोधन गरिएको,
  • संविधानको तेस्रो संशोधन मार्फत व्यवस्थापिका (राष्ट्रिय पञ्चायत) को निर्वाचन बालिग मताधिकारका आधारमा गर्ने व्यवस्था गरियो, जसलाई नेपालको निर्वाचन इतिहासमा महत्त्वपूर्ण उपलब्धि मानिन्छ,
  • पञ्चायती राजनीतिको केन्द्रविन्दु मानिएको र प्रतिनिधि छनोटमा नियन्त्रण गर्ने "गाउँ फर्क राष्ट्रिय अभियान" खारेज गरिएको,
  • प्रतिनिधिहरू छान्ने सिफारिस प्रथाको अन्त्य भई प्रत्यक्ष गुप्त मतदानको आधारमा प्रतिनिधि छान्ने प्रणाली पुनःस्थापना गरिएको,

 

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 87
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 337
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 281
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 312
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 431
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA