Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विश्वसम्पदा सूचीमा सूचीकृत प्राकृतिक सम्पदाहरू

  • Bikash Shrestha
  • July 27, 2025
  • 243

विश्वसम्पदा सूचीमा सूचीकृत प्राकृतिक सम्पदाहरू

Natural heritage sites listed on the World Heritage List

विश्वसम्पदा सूचीमा सूचीकृत प्राकृतिक सम्पदाहरू
१. सगरमाथा राष्ट्रिय निकुञ्ज

  • स्थापना: वि.सं. २०३२ (सन् १९७६)

  • मध्यवर्ती क्षेत्रको स्थापना: वि.सं. २०५८ (सन् २००२)

  • क्षेत्रफल: १,१४८ वर्ग कि.मि.

  • मध्यवर्ती क्षेत्रको क्षेत्रफल: २७५ वर्ग कि.मि.

  • विश्वसम्पदा सूचीमा सूचीकृत मिति: सन् १९७९

सगरमाथा राष्ट्रिय निकुञ्ज पूर्वी नेपाल, सोलुखुम्बु जिल्लामा अवस्थित छ। यो निकुञ्ज विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मि.) सहित धेरै अग्ला हिमालहरूजस्तै ल्होत्से, नुप्से, चोयु, पुमोरी, आमादब्लम, थामसेर्कु आदि समेटेर फैलिएको छ।
निकुञ्जमा गोकेको, खुम्बु, छुकुम र नाङ्पा गरी चार प्रमुख उपत्यकाहरू रहेका छन्, जसलाई स्थानीय बासिन्दा र पर्वतारोहण गर्नेहरू प्रयोग गर्छन् । सन् २००७ मा गोकेको उपत्यकाभित्रका तालहरू रामसार सूचीमा पनि समावेश गरिएका छन् । यहाँको वनस्पतिमा गोब्रेशल्ला, ठिंग्रे सल्ला, धूपी, हेमलक, भोजपत्र, गुराँस आदि पाइन्छन्। वसन्त ऋतुमा गुराँस फुलेर जङ्गल अत्यन्त मनोहर देखिन्छ।

निकुञ्जमा पाइने प्रमुख वन्यजन्तुहरूमा:

  • कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारल

  • १९३ भन्दा बढी प्रजातिका चराचुरुङ्गी, जस्तै डाँफे, चिलिमे, कालिज, हिमकुखुरा, लालचुच्चे काग (टुङ्गा), पहेंलो चुच्चे काग (टेमु) आदि


२. चितवन राष्ट्रिय निकुञ्ज

  • स्थापना: वि.सं. २०३० (सन् १९७३)

  • मध्यवर्ती क्षेत्रको स्थापना: वि.सं. २०५३ (सन् १९९६)

  • क्षेत्रफल: ९५२.६३ वर्ग कि.मि.

  • मध्यवर्ती क्षेत्रको क्षेत्रफल: ७२९.३७ वर्ग कि.मि.

  • विश्वसम्पदा सूचीमा सूचीकृत मिति: सन् १९८४

चितवन राष्ट्रिय निकुञ्ज नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज हो। यो चितवन, मकवानपुर, पर्सा र पूर्वी नवलपरासी जिल्लाका भागहरूमा फैलिएको छ। यसमा चुरे पहाड, राप्ती, नारायणी र रिउ नदीका क्षेत्रहरू पनि समावेश छन्।
निकुञ्जको करिब ७०% भाग सालको जङ्गलले ढाकिएको छ।

यहाँ पाइने प्रमुख जनावरहरूमा:

  • एकसिङे गैँडा, पाटे बाघ, गैंडाजस्तो देखिने सोँस, गौरिगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, चौसिंगे, बाँदर, लङ्गुर आदि ६० भन्दा बढी स्तनधारी जनावर छन्।

  • घडियाल गोही, मगर गोही, अजिङ्गर लगायत सरिसृप तथा उभयचर जनावर पनि पाइन्छन्।

  • यहाँ ५४६ भन्दा बढी प्रजातिका चराचुरुङ्गी, साथै विभिन्न कीरा फट्याङ्ग्राहरू रहेका छन्।

यस्ता विविध वनस्पति र जन्तुहरूको संरक्षणको महत्त्वलाई ध्यानमा राखी सन् १९८४ मा चितवन राष्ट्रिय निकुञ्जलाई विश्वसम्पदा सूचीमा समावेश गरिएको हो।

Categories

  • Current Affairs 428
  • Gorkhapatra 251
  • Others 734
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Administrative bodies of the Lichchhavi period
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Oct 19, 2025
  • 72
World Bank report shows Nepal's economic growth rate over three decades
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Oct 19, 2025
  • 40
Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 119
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 61
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 67
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA