Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाल राजपत्र

  • Ajnabee Khadka
  • May 17, 2026
  • 1055

नेपाल राजपत्र

Nepal Gazette

परिचय र ऐतिहासिक पृष्ठभूमि:

  • शुरुआत: वि.सं. २००८ साल साउन २२ गते (सर्वप्रथम "'नेपाल गजेट" को रूपमा प्रकाशन सुरु)
  • नाम संशोधन: वि.सं. २०२३ साल माघ १७ गते "नेपाल गजेट" बाट नाम संशोधन गरी "नेपाल राजपत्र" कायम गरिएको,
  • प्रकृति: नेपाल सरकारको आधिकारिक प्रकाशन
  • प्रकाशन गर्ने निकाय: सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको मुद्रण विभाग
  • मुख्य उद्देश्य: राष्ट्राध्यक्षका सम्बोधन, ऐन, अध्यादेश, नियम र महत्त्वपूर्ण सरकारी निर्णयहरूलाई वैधानिकता दिँदै नागरिकको सूचनाको हक सुनिश्चित गर्नु,

 

प्रमाणीकरण र प्रकाशन प्रक्रिया:

  • राजपत्रमा सामग्री प्रकाशन गर्नुपूर्व सरोकारवाला मन्त्रालय/विभागबाट आधिकारिक प्रमाणीकरण अनिवार्य छ:
    • ऐन, अध्यादेश वा सन्धि भए: कानून मन्त्रालयका सचिवद्वारा प्रमाणित
    • नियम/नियमावली भए: सम्बन्धित मन्त्रालयका सचिवद्वारा प्रमाणित
    • अन्य सूचना भए: सम्बन्धित मन्त्रालयका सचिव वा निजले अख्तियारी दिएको कम्तिमा राजपत्राङ्कित द्वितीय श्रेणीको अधिकृतद्वारा प्रमाणित
    • विशेष शर्त: राजपत्रमा प्रकाशन हुने सबै सूचनाहरू कानून मन्त्रालयबाट अनिवार्य रूपमा सम्पादन गरिएको हुनुपर्दछ,

 

प्रकाशनका प्रकार (तरिका):

१.) सङ्ख्या (नियमित अङ्क):

  • मन्त्रिपरिषद्‌बाट पारित सूचना तथा नियमावलीहरू (ऐन र अध्यादेश बाहेक) यसमा छापिन्छन्,
  • वि.सं. २००८ देखि २०७८/११/१८ सम्म हप्ताको एक पटक (सोमबार) मात्र प्रकाशन हुने गरेकोमा, वि.सं. २०७८ फागुन १९ गतेदेखि हप्ताको दुई पटक (सोमबार र बिहीबार) प्रकाशन गरिँदै आएको,

२.) अतिरिक्ताङ्क:

  • संविधान, ऐन, अध्यादेश, नियमावली तथा मन्त्रिपरिषद्‌बाट पारित जरुरी सूचनाहरू जुन मितिदेखि नै लागू गर्नु पर्ने हो, सोही मिति उल्लेख गरी आकस्मिक रूपमा प्रकाशन गरिने राजपत्र,

 

नेपाल राजपत्रका भागहरू (वर्गीकरण):

  • राजपत्रमा प्रकाशित हुने सामाग्रीको महत्त्व र गाम्भीर्यताका आधारमा यसलाई ६ भागमा विभाजन गरिएको,
भाग प्रकाशित हुने सामाग्री / विवरण
भाग १ संविधान वा संविधान सरहका घोषणा पत्रहरू
भाग २ व्यवस्थापिका संसद्‌बाट पारित भई राष्ट्रपतिबाट लालमोहर लागेका ऐन तथा अध्यादेशहरू
भाग ३ मन्त्रिपरिषद्‌बाट पारित नियमावली तथा नेपाल सरकारले जारी गरेका आदेश वा अधिकार पत्रहरू
भाग ४ संविधान अन्तर्गतका नियुक्ति तथा सूचनाहरू
भाग ५ ऐन, नियम वा आदेश अन्तर्गत वा नेपाल सरकारको निर्णय बमोजिम राजपत्रमा छाप्नु पर्ने भनिएका अन्य सूचनाहरू
भाग ६ नेपाल पक्ष भएका सन्धि तथा सम्झौताहरू

 

स्वीकृत राजश्व तथा मूल्य दररेट (लागू मिति: २०८० वैशाख १ गते)

१.) वार्षिक सदस्यता शुल्क (Annual Membership):

  • हुलाकबाट रजिष्ट्री गरी पठाउँदा: रु. ३,०००/-
  • मुद्रण विभाग मार्फत सदस्यलाई बुझाउँदा: रु. ३,०००/-
  • मुद्रण विभागमा स्वयं आफै उपस्थित भई बुझिलिँदा: रु. १,८००/-

२.) फुटकर बिक्री मूल्य (Retail Price):

सदस्य नभएका व्यक्ति वा संघ-संस्थाका लागि पेज सङ्ख्याका आधारमा प्रति-प्रति मूल्य निम्न बमोजिम तोकिएको;

पेज सङ्ख्या (Pages) प्रति प्रति मूल्य (रु.)
१ देखि ८ पेजसम्म रु. ५/-
९ देखि २४ पेजसम्म रु. १५/-
२५ देखि ४० पेजसम्म रु. २५/-
४१ देखि ५६ पेजसम्म रु. ३५/-
५७ देखि ७२ पेजसम्म रु. ४५/-
७३ देखि ९६ पेजसम्म रु. ६०/-
९७ पेजभन्दा बढी भएमा रु. ६०/- र थप प्रति पेज ४२ पैसाका दरले शुल्क लाग्ने

 

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 61
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 302
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 250
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 290
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 393
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA