Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

नेपाल समाचारपत्रको वस्तुगत लोकसेवा सामग्री (२२ मंसिर २०८२, सोमवार)

  • Ajnabee Khadka
  • December 08, 2025
  • 508

नेपाल समाचारपत्रको वस्तुगत लोकसेवा सामग्री (२२ मंसिर २०८२, सोमवार)

Nepal Newspaper's objective public service content (22 Mangsir 2082, Monday)

१. नयाँ नक्सा सहितको १०० रुपैयाँ कहिलेदेखि चलनचल्तीमा आएको हो?

उत्तर: २०७२ साल मंसिर ११ गते

  • राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले वि.सं. २०८२ को मंसिर ११ गतेदेखि साविककै आकार तथा रङ्गमा १०० रूपैयाँ दरको बैंक नोट प्रचलनमा ल्याएको हो । 
  • तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपसषदको निर्यणले वि.सं. २०८१ वैशाख २० गते १ सय रुपैयाँको नोटमा चुच्चे नक्सा राखेर जारी गर्ने निर्णय गरेको थियो। 

नेपाल राष्ट्र बैंकद्धारा चुच्चे नक्सा भएको १०० रुपैयाँ दरका नोट प्रचलनमा ल्यायो

२. अन्य ग्रहको विपरीत दिशामा घुम्ने ग्रह कुन हो?

उत्तर: शुक्र

  • शुक्र ग्रहले सूर्यको परिक्रमा अन्य ग्रहहरूको तुलनामा विपरीत दिशामा (घडीको सुईको दिशामा) गर्छ। यसलाई पश्चगामी घुमाइ (Retrograde Rotation) भनिन्छ। यस्तो विपरीत दिशामा घुम्ने अर्को ग्रह अरुण (Uranus) हो।

३. न्युजिल्यान्डको पहिलो निर्वाचित महिला प्रधानमन्त्री को हुन्?

उत्तर: हेलेन क्लार्क

  • हेलेन क्लार्क (Helen Clark) न्युजिल्यान्डको ३७ औँ प्रधानमन्त्रीको रूपमा सन् १९९९ देखि २००८ सम्म कार्यरत न्युजिल्यान्डमा आम निर्वाचन मार्फत प्रधानमन्त्री बन्ने पहिलो महिला थिइन्।

४. पानीको भन्दा कम घनत्व भएको ग्रह कुन हो?

उत्तर: शनि

  • शनि ग्रह सौर्यमण्डलको सबैभन्दा कम घनत्व भएको ग्रह हो। यसको घनत्व पानीको घनत्व (1000kg/m^3) भन्दा कम छ, जसको अर्थ यसलाई पर्याप्त ठूलो पानीको पोखरीमा राखिएमा यो तैरिन सक्छ। 

५. टाइम म्यागेजिनको २०२५ का उत्कृष्ट १०० तस्बिरमा समावेश गरिएका नेपालका दुई तस्बिरहरू कुन-कुन हुन्?

Two photos from Nepal in Time Magazine's '100 Best Photos of 2025'

उत्तर: नेपालमा जेन–जी प्रदर्शनका बेला जल्दै गरेको सिंहदरबार र सगरमाथामा आरोहीहरुको भीडको तस्बिर

  • गत भदौ २३ गतेको जेन–जी आन्दोलनको भोलिपल्ट भदौ २४ गते नेपालको प्रमुख प्रशासनिक भवन सिंहदरबार जल्दै गरेको एएफपीका लागि प्रवीण रानाभाटले खिचेको तस्बिर र एपीका लागि कुङा शेर्पाले खिचेको सगरमाथामा आरोहीहरुको भीडको तस्बिर टाइम म्यागेजिनको वर्ष २०२५ का १०० उत्कृष्ट तस्बिरमा अटाएका हुन् ।

६. विश्व एड्स दिवस कहिले मनाइन्छ?

उत्तर: डिसेम्बर १ (सन् २०३० सम्म एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिइएको)

७. विश्वमा हाल कतिवटा देशमा मृत्युदण्डको व्यवस्था गरिएको छ?

उत्तर: ५३ वटा

८. लङ्काका राजा रावणका पिता को थिए?

उत्तर: विश्श्रवा ऋषि

  • रावण (दशमुख) हिन्दू धर्मग्रन्थ रामायणका अनुसार लङ्काका राजा थिए। उनी महर्षि विश्श्रवा र राक्षसी कैकसीका पुत्र थिए। उनी परम शिवभक्त र असाध्यै शक्तिशाली तथा विद्वान् मानिन्थे।

९. २०८२ सालको अरनिको युवा कला पुरस्कार कसलाई प्रदान गरिएको छ?

उत्तर: कलाकार सुरेम देसार

अरनिको युवा कला पुरस्कार कलाकार सुरेम देसारलाई दिइने

१०. पचाल झरना कुन जिल्लामा पर्छ?

उत्तर: कालिकोट

  • नेपालकै सबैभन्दा अग्लो झरना,
  • उचाई - ३८१ मिटर 
  • यस अघि नेपालको सबैभन्दा अग्लो मानिएको झरना - ह्रथुमको हृयातुङ झरना (उचाई ३६५ मिटर)

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 42
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 33
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 37
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 38
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 109
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA