समसामयिक प्रश्न उत्तर

समसामयिक प्रश्न उत्तर
निक साइन्स अवार्ड २०२४ बाट सम्मानित हुने व्यक्तित्व को हुन्? |
जनस्वास्थ्य निरीक्षक रविन थापा (धादिङको ज्वालामुखी गा.पा.ढोला स्वास्थ्य चौकीमा कार्यरत) |
वरिष्ठ पत्रकार तथा राजनीतिज्ञ कमल कोइरालाको निधन कहिले भएको हो? |
वि.सं. २०८१ चैत्र १७ |
नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको दौड़ सम्मेलन संम्मान को आयोजन कहिले हुने भएको छ ? |
वि.सं. २०८२ जेठ २३ |
प्रधानमन्त्री कप देशव्यापी राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८१ को उपाधि कसले जित्यो? |
नेपाल पुलिस क्लब (उपविजेता : त्रिभुवन आर्मी क्लब) |
त्रिवि स्थापनाको ६ दशकको अवधिमा सर्वाधिक बढ़ी बिधीयर्थी सहभागी भई दीक्षित भएको दीक्षान्त समारोह कुन हो ? |
५० औँ दीक्षान्त समारोह (वि.सं. २०८१ पौष १३ ) |
प्रतिष्ठित गोल्डेन ग्लोब्स अवार्ड, २०२५ मा उत्कृष्ट चलचित्र बन्न सफल चलचित्र कुन हो ? |
द बूटालिस्ट |
नेवा पत्रकार राष्ट्रिय दबुले स्वतन्त्र सेनानी पुरस्कार २०२१ कसलाई प्रदान गरियो? |
स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठ |
सहकारी ऐन मा भएको नयाँ व्यवस्थाअनुसार एकभन्दा बढी प्रदेशमा कार्य क्षेत्र रहेका सहकारीलाई बचतको अधिकतम सीमा कति निर्धारण गरिएको छ। |
५० लाख |
सगरमाथा सम्वादको आयोजना कहिले गरिने भएको छ? |
विक्रम सम्वत २०८२ जेठ २ गते |
सन् २०२५ जनवरीमा भारतको नयाँ दिल्लीमा सम्पन्न पहिलो खोखो विश्वकपमा नेपालले कुन स्थान हासिल गर्यो? |
दोस्रो (विजेता भारत) |
विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल दोहर्याएर आरोहण गरी विश्वकृतिमान कायम गर्ने आरोही को हुन्? |
सानु शेर्पा (सङ्खुवासभा) |
भारतका पूर्व प्रधानमन्त्री एवं भारतीय राष्ट्रिय काङ्ग्रेसका नेता डा मनमोहन सिंहको निधन कहिले भएको हो? |
२०२४ डिसेम्बर २६ |
इतिहासकार पुरुषोतम शमशेर राणाको निधन कहिले भएको हो? |
विक्रम सम्वत २०८१ मङ्सिर २० |
नेपालले कार्बन व्यापार बाट पहिलोपटक कति रकम प्राप्त गरिएको छ? |
१ अरब ६० करोड |
मिथिला नाट्य कला परिषद्ले यस वर्ष २०८१ को महामूर्ख उपाधिबाट कसलाई सम्मान गरियो ? |
मधेश प्रदेशका मुख्यमन्त्री सतिस् कुमार सिंह |
नेपाल प्रहरीको ३१औं महानिरीक्षकमा नियुक्त हुन सफल व्यक्तित्व को हुनुहुन्छ? |
दिपक थापा २०८१ चैत्र ४ गते |
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा कसलाई नियुक्त गरियो ? |
प्राडा अच्युत वाग्ले |
Transparency International ले सन् २०२५ फेब्रुअरी ११ मा सार्वजनिक गरिएको भ्रष्टाचार आवधारणा सूचकाङ्क अनुसार नेपाली कतिऔँ स्थानमा रहेको छ ? |
१०७औँ स्थान |
मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा हिमवत् खण्ड कला साहित्य संस्कृति सम्मेलन कहिले सम्पन्न भएको हो? |
विक्रम सम्वत २०८१ चैत्र १ |