Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाली काष्ठकला र यसको विशेषताहरू

  • Bikash Shrestha
  • August 07, 2025
  • 669

नेपाली काष्ठकला र यसको विशेषताहरू

Nepali woodcraft and its characteristics

 

नेपालको समृद्ध काष्ठकलाले यहाँको सांस्कृतिक, धार्मिक र ऐतिहासिक पहिचान झल्काउँछ। विशेषगरी उपत्यकामा रहेका दरबार, मन्दिर, विहार र घरहरूमा काठको कलात्मक प्रयोग अत्यन्त प्रभावशाली पाइन्छ। लिच्छविकालदेखि नै काष्ठकलाको प्रयोग भए पनि त्यस कालका मूर्त उदाहरणहरू धेरैजसो उपलब्ध छैनन्। यद्यपि त्यसपछिका कालका उत्कृष्ट काष्ठकलाका नमुनाहरू अझै संरक्षित छन्।

झ्याल र ढोका
काठमाडौं उपत्यकाका विभिन्न ऐतिहासिक संरचनाहरूमा विभिन्न आकृति र शैलीका काठका कलात्मक झ्यालहरू पाइन्छन्। यस्ता झ्यालहरूमा प्रमुख रूपमा निम्न उल्लेखनीय उदाहरणहरू छन्:

  • मयूर झ्याल (भक्तपुर)

  • देशे मरु झ्याल

  • कुमारी घरका झ्यालहरू (काठमाडौं)

  • ५५ झ्याले दरबारका झ्यालहरू (भक्तपुर)

यी सबै झ्यालहरू नेपाली काष्ठकलाका उत्कृष्ट र ऐतिहासिक नमुना हुन्।

तोरण
तोरण भनेको प्रवेशद्वारमाथि रहने अर्धवृत्ताकार काठको सजावटी भाग हो, जुन प्रायः मन्दिर र दरबारहरूमा देख्न पाइन्छ। प्रमुख ऐतिहासिक तोरणहरू यस्ता छन्:

  • इटुमबहालको तोरण – १६औँ शताब्दी (काठमाडौं)

  • भक्तपुर दरबारको मूलचोकको तोरण – १७औँ शताब्दी

  • छुस्या वहालको तोरण – प्रताप मल्लकालीन (काठमाडौं)

यी तोरणहरू काष्ठकला र धार्मिक प्रतीकहरूको संयोजनका उत्कृष्ट नमुना हुन्।

टुँडाल
टुँडाल भनेको छानालाई समर्थन दिन ४५ डिग्रीको कोणमा राखिने साधारण वा कलात्मक काठको खम्बा हो। यसले न केवल वास्तु संरचना सम्हाल्ने काम गर्छ, तर काष्ठकलाको सौन्दर्य पनि प्रस्तुत गर्छ। उल्लेखनीय ऐतिहासिक टुँडालहरू:

  • पाटन महाविहारका सालभञ्जिका मुद्राका टुँडालहरू – १२/१३औँ शताब्दी

  • इटुमबहालका टुँडालहरू – ११औँ शताब्दी

  • पनौतीको इन्द्रेश्वर मन्दिरका टुँडालहरू – १२/१३औँ शताब्दी

मध्यकालीन तले शैलीका मन्दिरहरूमा यस्ता कलात्मक टुँडालहरू प्रशस्त प्रयोग भएका छन्, जसले नेपाली काष्ठकलाको उच्च स्तर दर्शाउँछ।

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 41
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 33
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 37
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 37
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 108
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA