नवौँ पञ्चवर्षीय योजना (२०५४–२०५९)

नवौँ पञ्चवर्षीय योजना (२०५४–२०५९)
उद्देश्य
राष्ट्रको दीर्घकालीन विकास अवधारणासँग मेल खाँदै, यस योजनाको मुख्य उद्देश्य ‘गरिबी निवारण’ थियो। यसले राष्ट्रको प्रमुख चुनौतीका रूपमा रहेको गरिबीलाई दीर्घकालीन र प्रभावकारी रूपमा घटाउने लक्ष्य राख्यो।
प्राथमिकता क्षेत्रहरू
१. कृषि तथा वन
२. जलस्रोत
३. मानव संसाधन र सामाजिक विकास
४. औद्योगिकीकरण, पर्यटन विकास र अन्तर्राष्ट्रिय व्यापार
५. भौतिक पूर्वाधार
नीतिहरू
१. आर्थिक सुधार र वृद्धिदर
-
आर्थिक सुधारका प्रक्रियाहरू सुदृढ पार्दै आर्थिक वृद्धिदरलाई फराकिलो बनाइने।
२. कृषि विकास
-
दीर्घकालीन कृषि योजना कार्यान्वयन गरि कृषि क्षेत्रमा विकास र विस्तार गरिने।
-
भूमिहीन किसानको पहुँच बढाउन भू–स्वामित्व समस्याको समाधान गर्दै कृषिको उत्पादकत्व वृद्धि गरिने।
-
कृषिमा आधारित उद्योगहरू विकास र विस्तार गरि आम्दानी र रोजगारीका अवसर सिर्जना गरिने।
-
सामाजिक न्याय र समावेशी विकास
-
जनसहभागितालाई मुख्य आधार बनाई विकेन्द्रीकरण, स्थानीय विकास, र मानव संसाधन विकास गरिने।
-
पिछडिएका जाति, जनजाति र समुदायहरूको आर्थिक तथा सामाजिक उत्थानमा जोड दिइने।
-
-
रोजगारी सिर्जना र सीप विकास
-
उद्यमशीलता र सीपमूलक तालिम सञ्चालन गरि स्वरोजगार तथा रोजगारीका अवसरहरू बढाइने।
-
प्राविधिक सहायता, सल्लाह, र ऋण सेवाहरू ग्रामीण तहसम्म पुर्याइने।
-
-
आयआर्जनको विस्तार
-
कृषि, घरेलु तथा साना उद्योग र पर्यटन क्षेत्रको विकास गरि ग्रामीण स्तरमै आयआर्जन र रोजगारीका अवसरहरू बढाइने।
-
सीमित साधनको अधिकतम उपयोग गरि छिटो र बढी प्रतिफल दिने कार्यक्रमहरूमा प्राथमिकता दिइने।
-
-
विदेश व्यापार र प्रतिस्पर्धा
-
निकासी व्यापारलाई अधिकतम प्रोत्साहन दिइने।
-
व्यापार विविधीकरण नीति अनुसरण गर्दै तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरि कानुनी तथा संस्थागत पूर्वाधार विकास गरिने।
-
-
पूर्वाधार विकास
-
आर्थिक र सामाजिक पूर्वाधारको विकास तथा विस्तार गरि उत्पादन र उत्पादन क्षमतामा वृद्धि गरिने।
-