Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३

  • Ajnabee Khadka
  • May 08, 2026
  • 586

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३

Prevention of Money Laundering (Third Amendment) Ordinance, 2083
अध्यादेशको आधारभूत तथ्यपत्र
  • अध्यादेशको नाम: सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३
  • नेपाल राजपत्रमा प्रकाशित मिति: २०८३/०१/१८
  • अध्यादेश नम्बर: संवत् २०८३ सालको अध्यादेश नं. ०३
  • जारी गर्ने अधिकारी: मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति
  • संवैधानिक आधार: नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम
  • संशोधन गरिएको मूल ऐन: सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४
मुख्य संशोधन तथा व्यवस्थाहरू:
  • क्षेत्राधिकार र सूचनाको दायरा (दफा १३): तस्करी (भन्सार, अन्तःशुल्क र कर सहित), प्रत्यक्ष वा अप्रत्यक्ष कर, धितोपत्र वा कमोडिटिज बजारको मार्केट म्यानिपुलेसन वा इन्साइडर ट्रेडिङ, मुद्रा, बैंकिङ, वित्तीय, विदेशी विनिमय र बीमा सम्बन्धी कसूरहरूसँग सम्बन्धित सम्पत्ति शुद्धीकरणको सूचना विभागमा दिनुपर्ने व्यवस्था गरिएको,
  • सरकारी वकील र अदालत सम्बन्धी व्यवस्था (दफा २२):
    • विभागको अनुसन्धानको हकमा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको सरकारी वकील कार्यालयले मुद्दा हेर्ने,
    • विभागले गरेको अनुसन्धानबाट मुद्दा चल्ने देखिएमा सरकारी वकीलले विशेष अदालतमा मुद्दा दायर गर्ने,
  • अभियोजन सम्बन्धी स्पष्टता (दफा २९): विभागले अनुसन्धान गर्दा आफ्नो क्षेत्राधिकारको कुनै सम्बद्ध कसूरमा मुद्दा नचलेको अवस्थामा पनि सो कसूरको समेत मागदावी लिई अभियोजनको राय प्रस्ताव गर्न बाधा नपर्ने व्यवस्था थप गरिएको,

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 69
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 317
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 268
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 297
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 410
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA