Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३

  • Ajnabee Khadka
  • May 08, 2026
  • 1721

सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३

Public Procurement (Second Amendment) Ordinance, 2083
सामान्य परिचय:
  • अध्यादेशको नाम: सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३
  • जारी भएको मिति: २०८३ साल वैशाख १७ गते
  • जारी गर्ने निकाय: नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट (नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम)
  • प्रारम्भ: यो अध्यादेश तुरुन्त प्रारम्भ हुने व्यवस्था,
परिभाषा र दायरामा विस्तार:
  • मालसामान: चल वा अचल, सजीव वा निर्जीव, भौतिक वा अभौतिक जुनसुकै किसिमको वस्तु र सोसँग सम्बन्धित आनुषङ्गिक सेवालाई बुझाउने गरी दायरा बढाइएको,
  • कम्तीमा ३० प्रतिशत मूल्य अभिवृद्धि (Value Addition) भएको मालसामानलाई स्वदेशी मानिने, तर विदेशबाट पैठारी गरी नेपालमा ब्रान्डिङ मात्र गरिएकोलाई स्वदेशी नमानिने,
  • अन्य सेवा: सवारी साधन भाडामा लिने, ढुवानी, मर्मत सम्भार, विज्ञापन, सुरक्षा, हवाई टिकट, पूर्वाधार व्यवस्थापन लगायतका गैर-परामर्श सेवाहरूलाई "अन्य सेवा" मा स्पष्ट पारिएको,
३. नयाँ खरिद विधि र प्रक्रिया
  • रिभर्स अक्सन (Reverse Auction): कबोल अङ्ग घटाघट गर्ने नयाँ खरिद विधिको सुरुवात गरिएको छ, जसमा लागत अनुमानलाई अधिकतम सीमा मानी सो रकममा घटाघट गरी सबैभन्दा कम कबोल गर्नेलाई छनोट गरिन्छ,
  • खाम प्रणाली:
    • तोकिएको रकमभन्दा कमको निर्माण कार्यका लागि एक खाम प्रणाली (प्राविधिक र आर्थिक प्रस्ताव एउटै खाममा)
    • सोभन्दा बढी रकमको निर्माण कार्यका लागि दुई खाम प्रणाली (प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै खाममा)
  • प्रतिस्पर्धामा रोक: प्रतिस्पर्धा संकुचित हुने गरी ठूला प्याकेज बनाउन वा खरिद विधिलाई टुक्रा टुक्रा पार्न नपाइने व्यवस्था गरिएको,
खरिद समयसीमामा कटौती (छिटो प्रक्रिया)
  • अध्यादेशले बोलपत्र आह्वानको समयसीमालाई छोट्याएको;
    • ३० दिनको अवधिलाई २१ दिन बनाइएको,
    • ४५ दिनको अवधिलाई ३० दिन बनाइएको,
    • १५ दिनको अवधिलाई ७ दिन बनाइएको,
    • ७ दिनको अवधिलाई ३ दिन बनाइएको,
    • विशेष परिस्थितिमा नेपाल सरकारले ७ दिनको समय दिई बोलपत्र आह्वान गर्न सक्ने,
नवीन व्यवस्थाहरू:
  • सरकारी ई-मार्केटप्लेस (Government e-Marketplace): सार्वजनिक खरिद अनुगमन कार्यालयले तयार गरेको पोर्टलबाट तोकिएको रकमसम्मको मालसामान वा सेवा सिधै खरिद गर्न सकिने व्यवस्था,
  • जग्गा खरिद: सार्वजनिक निकायले व्यापारिक वा व्यावसायिक प्रयोजनका लागि कार्यविधि अपनाई जग्गा खरिद गर्न सक्ने,
  • उपभोक्ता समिति: जटिल प्रविधि नचाहिने र स्थानीय तहमा रोजगारी सिर्जना हुने निर्माण कार्य उपभोक्ता समिति वा लाभग्राही समूहबाट गराउन सकिने,
  • सरकारी खरिद सेवा कार्यालय: आपूर्तिकर्ता छनोट र मालसामान खरिदमा सहयोग गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत यो कार्यालय रहने,
सम्झौता र भुक्तानी व्यवस्था:
  • मोबिलाइजेसन पेस्की: निर्माण कार्य सुरु गर्न आवश्यक तयारी (अस्थायी क्याम्प, मेसिन उपकरण व्यवस्थापन आदि) का लागि २० प्रतिशतसम्म पेस्की दिन सकिने,
  • भेरिएशन आदेश: ५%, १०%, १५% र सोभन्दा माथिको भेरिएशन स्वीकृत गर्ने अधिकारीहरूको तह निर्धारण गरिएको,
  • काम रोक्न नहुने: विवादका कारण सार्वजनिक पूर्वाधार निर्माणको कार्य रोक्न नपाइने व्यवस्था गरिएको,
प्रोत्साहन र दण्ड सजाय:
  • कर्मचारीलाई प्रोत्साहन: निर्धारित समयभित्र गुणस्तरीय रूपमा काम सम्पन्न गर्ने कर्मचारीलाई प्रोत्साहन सुविधा दिन सकिने,
  • व्यवसायीलाई पुरस्कार: उत्कृष्ट काम गर्ने निर्माण व्यवसायीलाई पुरस्कार र प्रशंसापत्र प्रदान गरिने,
  • विभागीय कारबाही: समयमा खरिद प्रक्रिया सुरु नगर्ने वा निर्णय नगर्ने पदाधिकारीलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने,
अन्य विशेष व्यवस्था:
  • विद्युतीय खरिद प्रणाली: विद्युतीय खरिद प्रणाली मार्फत बोलपत्र आह्वान गर्दा अन्य माध्यम (पत्रपत्रिका) मा सूचना प्रकाशन गर्नु नपर्ने व्यवस्था गरिएको,
  • मुल्याङ्कन: बोलपत्रदाताको योग्यता गणना गर्दा कम्पनी एकीकरण (Merger) भएको भए सोभन्दा अघिको योग्यतालाई पनि गणना गरिने,

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 69
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 317
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 268
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 297
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 410
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA