Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१२ कात्तिक २०८२, बुधबार)

  • Ajnabee Khadka
  • October 29, 2025
  • 723

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१२ कात्तिक २०८२, बुधबार)

Public Service Preparation Special: Objective Question and Answer (12 Kartik 2082, Wednesday)

१.  ‘ग्लोबल पिस इन्डेक्स २०२५’ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ? 

➤ ७६ औँ 

  • प्रतिवेदन अनुसार सूचीको पहिलो स्थानमा आइसल्यान्ड रहेको । सार्क राष्ट्र भुटान २१ औँ स्थानमा रहन सफल भएको । 

२.  विश्वकै सबैभन्दा ठुलो लामखुट्टे कारखाना कहाँ खुलेको छ ?

➤ ब्राजिल (सन् २०२५)

  • कारखानामा एडिस एजिप्टाई लामखुट्टेलाई वोल्बाचिया ब्याक्टेरियाबाट सङ्क्रमित गराइन्छ, जसले डेङ्गु भाइरसको विकास रोक्छ र रोग फैलिन दिँदैन ।
  • ब्राजिल सन् २०२४ मा सबैभन्दा खराब डेङ्गु प्रकोपबाट प्रभावित बनेपछि यो योजना ल्याएको । 

३. एसियाको सबैभन्दा कान्छो राष्ट्र पूर्वी टिमोर आसियानको ११ औँ सदस्य राष्ट्र कहिले बनेको हो ? 

➤ सन् २०२५ अक्टोबर २६ 

  • टिमोर–लेस्टे पनि भनिने पूर्वी टिमोर आसियानको ४७ औँ शिखर सम्मेलनबाट ११ औँ सदस्य बनेको । 
  • पूर्वी टिमोर सन् २००२ मे २० मा इन्डोनेसियाको अधिनबाट स्वतन्त्र राष्ट्र बन्न सफल भएको । 
  • आसियानको ४७ औँ शिखर सम्मेलन सन् २०२५ अक्टोबर २६–२८ मा मलेसियाको क्वालालम्पुरमा सम्पन्न भएको । 
  • सम्मेलनको नारा : समावेशिता र दिगोपन 
  • आसियानको १० औँ सदस्य राष्ट्र : कम्बोडिया (सन् १९९९) 

 

४. सरकारद्वारा कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको गुरुयोजना कहिले स्वीकृत गरिएको हो ?

➤ विसं २०८२ असोज ३०

  • मन्त्रीपरिषद्को असोज ३० को बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा क्रिकेट मैदानको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको । 
  • लागत अनुमान : रु. १० अर्ब 

५. अमेरिकी स्टक एक्सजेन्जमा सूचीकृत हुन सफल नेपाली मूलका उद्यमीद्वारा स्थापित प्रविधि कम्पनी कुन हो ? 

➤ फ्युजमेसिन्स इन्क, सन् २०२५ अक्टोबर 

  • एआई क्षेत्रमा काम गरिरहेको कम्पनी फ्युजमसिन्सले अमेरिकाको स्टक एक्सचेन्ज नास्डाकमा सेयर सूचीकृत गरेर कारोबार थालेको । 
  • विशेष गरी प्रविधि उद्योगका ठुला कम्पनीको सूचीकरणका लागि प्रसिद्ध नास्डाकमा एप्पल, माइक्रोसफ्ट, गुगल, अमेजन, मेटा जस्ता ठुला टेक कम्पनी सूचीकृत छन् । 
  • कम्प्युटर वैज्ञानिक समीर मास्केले सन् २०१३ मा संयुक्त राज्य अमेरिकामा फ्युजमसिन्स इङ्क स्थापना गरेका थिए । हाल यो कम्पनी नेपालसहित क्यानडा, डोमिनिकन रिपब्लिकलगायत विभिन्न देशमा विस्तार भएको छ ।

 

६. सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ (फाइनान्सियल एक्सन टास्कफोर्स–एफएटीएफ) को मूल्याङ्कन (सन् २०२५ अक्टोबर) अनुसार नेपालको अवस्था के रहेको छ ? 

➤ निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’ मा रहेको

  • सन् २०२५ अक्टोबर २४ मा सम्पन्न एफएटीएफको चौथो पूर्ण बैठकपछि जारी वक्तव्य अनुसार नेपाल निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’ मा नै रहेको जनाइएको । 

 

७. पर्यटकको आकर्षक गन्तव्य ‘ब्रह्मस्थान’ कहाँ रहेको छ ? 

➤ नवलपरासी (बर्दघाट–सुस्तापूर्व) 

  • नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको मध्यविन्दु नगरपालिका–३ स्थित ब्रह्मस्थानबाट सुन्दर नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज तथा सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिने । 

 

८. ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ २०२५ अवार्डबाट सम्मानित नेपालको क्यासिनो कुन हो ? 

➤ क्यासिनो माजोङ

  • सोल्टी होटल परिसरमा रहेको क्यासिनो माजोङले पाँचौँ पटक यो अवार्ड प्राप्त गरेको । 

९. विसं २०८२ को ग्वंगः सिरपाः सम्मान कसलाई प्रदान गरियो ? 

➤ साहित्यकारद्वय धु्रव मधिकर्मी र लक्ष्मणप्रसाद गौतम (पुरस्कार राशि : जनही पचास हजार पाँच रुपियाँ)

 

१०. ‘ग्लोबल फाइनान्स म्यागाजिनको बेस्ट बैङ्क अवार्ड’ २०२५ बाट सम्मानित हुन सफल नेपाली बैङ्क कुन हो ? 

➤ ग्लोबल आइएमई बैङ्क लि.

– यो अवार्डसँगै ग्लोबल आइएमई बैङ्क लगातार दुई वर्ष ‘ग्लोबल फाइनान्स म्यागाजिनको बेस्ट बैङ्क अवार्ड’ बाट सम्मानित भएको । 

 

११. हाल संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा सबैभन्दा बढी शान्ति सैनिक पठाउने देश कुन हो ? 

➤ नेपाल, सन् २०२५ 

  • सन् २०२५ अक्टोबरसम्म विभिन्न शान्ति मिसनमा ५३८ महिला सुरक्षाकर्मीसहित ५,८१९ नेपाली शान्ति सेनामा परिचालित रहेका । 

१२.  जेनजी आन्दोलनको परिणाम स्वरूप हालै सत्ता परिवर्तन हुन पुगेको अफ्रिकी मुलुक कुन हो ?

➤ माडागास्कर 

  • माडागास्करमा सन् २०२५ सेप्टेम्बर २५ देखि जेनजी आन्दोलन सुरु भएको थियो । जेनजी आन्दोलनपछि त्यहाँ एलिट युनिट क्यापसाटले राष्ट्रपति एन्ड्री रजोएलिनालाई पदच्युत गर्दै सत्ता कब्जा गरेको । क्यापसाट माडागास्करको सेनाको एउटा विशेष फौजी एकाइ हो ।

 

१३.  नेपाली राष्ट्रिय क्रिकेट टोली तेस्रो पटक टी–२० विश्वकपका लागि कहिले छनोट भएको हो ?

➤ सन् २०२५ अक्टोबर १५ 

  • सन् २०२६ मा छिमेकी राष्ट्र भारत र श्रीलङ्कामा आयोजना हुने आइसिसी टी–२० मेन्स विश्वकपका लागि छनोट हुन सफल भएको । 
  • नेपालले ओमानमा भएको छनोट खेलमा यो सफलता हात पारेको । 
  • सन् २०१४ : पहिलो पटक टी–२० विश्वकपमा सहभागी
  • सन् २०२४ : दोस्रो पटक टी–२० विश्वकपमा सहभागी
  • सन् २०२५ : तेस्रो पटक टी–२० विश्वकपमा छनोट

१४.  अर्थ मन्त्रालयद्वारा प्रकाशित प्रतिवेदन अनुसार हाल मुलुकको अर्थतन्त्रको आकार कति रहेको छ ?

➤ रु. ६१ खर्ब ७ अर्व २२ करोड

  • ४.६१ प्रतिशतले आर्थिक वृद्धिदर हुँदा अर्थतन्त्रको आकार रु. ६१ खर्ब ७ अर्ब २२ करोड पुगेको मन्त्रालयले जनाएको । 

 

१५.  जेनजी आन्दोलनपश्चात् पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकारको गठन कहिले भएको हो ? 

➤ विसं २०८२ भदौ २७ 

  • प्रधानमन्त्री नियुक्त : विसं २०८२ भदौ २७ 
  • मन्त्रीपरिषद् विस्तार : 
  • पहिलो पटक : विसं २०८२ भदौ ३० 
  • दोस्रो पटक : विसं २०८२ असोज ६ 
  • तेस्रो पटक : विसं २०८२ कार्तिक ९ 

वर्तमान मन्त्रीपरिषद्

 

१६. दैलेखको जलजले क्षेत्रमा कति वर्षलाई पुग्ने ग्यास रहेको रिपोर्ट आएको छ ?

➤ ५० वर्ष

  • विसं २०८० वैशाखबाट सुरु भएको अनुसन्धानको प्रारम्भिक नतिजा विसं २०८२ असारमा आएको ।

 

१७. नेपालमा सबैभन्दा अग्लो हाइलाइनको अभ्यास कहाँ गरियो ? 

➤ पर्वतको कुस्मा र बागलुङको बलेवा बिचमा रहेको कालीगण्डकी खोँच

  • बन्जीलगायत एड्भेन्चर हबका रूपमा परिचित ‘दी क्लिफ’ मा पहिलो पटक हाइलाइन अभ्यास गरिएको । 
  • विसं २०८२ असोज २९ देखि सुरु भएको हाइलाइन कार्यक्रम कात्तिक १ गतेसम्म सञ्चालन भएको । 
  • नेपाल स्ल्याकलाइन कम्युनिटी र लोकप्रिय एड्भेन्चर हब ‘दी क्लिफ’ को सहकार्यमा यो हाइलाइन आयोजना गरिएको । 
  • नेपालमा पहिलो पटक यति उचाइमा हाइलाइन गरिएको । यसले साहसिक पर्यटनमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको । उचाइ, जोखिम र कौशलका कारण यो खेल अत्यन्त चुनौतीपूर्ण मानिन्छ ।

१८.  आइसिसी पुरुष टी–२० विश्वकप अन्तर्गत एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि कसले जित्यो ? 

➤ नेपाल 

  • सन् २०२५ अक्टोबरमा ओमानको अल अमेरात क्रिकेट मैदानमा सहभागी नौ टोलीमा नेपालले सुपर सिक्समा सर्वाधिक १० अङ्क जोड्दै सो उपाधि जितेको ।
  • यससँगै नेपाल सात वर्षपछि आइसिसीको उपाधि जित्न सफल भएको । नेपालले यसअघि सन् २०१८ अक्टोबरमा पछिल्लो पटक आइसिसीको उपाधि जितेको थियो । 

 

१९.  हुम्ला जिल्लामा निर्माण गर्न थालिएको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ? 

➤ ३३५ मेगावाट 

  • हुम्लाको खार्पुनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकामा अवस्थित आयोजनाको प्रतिमेगावाट अनुमानित लागत रु. २१ करोड ७६ लाख रहेको । 
  • आयोजनाको कुल लागत अनुमान रु. ७२ अर्ब ९० करोड ८० लाख रहेको । 

 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 48
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 223
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 182
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 261
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 372
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA