Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१६ वैशाख २०८३, बुधबार)

  • Ajnabee Khadka
  • April 29, 2026
  • 506

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१६ वैशाख २०८३, बुधबार)

Public Service Preparation Special: Objective Question and Answer (16 Baisakh 2083, Wednesday)

१.  प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६ को उपाधि विजेता टोली कुन हो ?

➤ त्रिभुवन आर्मी क्लब 

  • त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले हराउँदै अपराजित यात्राका साथ तेस्रो पटक प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको उपाधि चुमेको ।

२. सशस्त्र प्रहरी बल, नेपालको १३ औँ महानिरीक्षकमा नियुक्त हुन सफल व्यक्तित्व को हुनुहुन्छ ? 

 ➤ नारायणदत्त पौडेल

  • नियुक्ति मिति : २०८३ वैशाख १४ गतेको मन्त्रीपरिषद् निर्णय (कार्यकाल सुरु : १८ वैशाख २०८३ बाट) 
  • नेपाल प्रहरीबाट सेवा सुरु गरी सशस्त्र प्रहरीमा स्थानान्तरण हुनुभएका पौडेलले ३० बर्से सेवा हदका कारण १८ चैत २०८४ सम्म सङ्गठनको नेतृत्व गर्नुहुने । 

सशस्त्र प्रहरीको आइजिपीमा नारायणदत्त पौडेल नियुक्त

३. राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा २०८३ वैशाख १५ मा सार्वजनिक वार्षिक राष्ट्रिय लेखा अनुमान अनुसार आव २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ? 

➤ ३.८५ प्रतिशत 

  • वृद्धिदर सामान्य रहे पनि नेपाली अर्थतन्त्रको समग्र आकार भने विस्तार भएर ६६ खर्ब रुपियाँ पुग्ने प्रक्षेपण रहेको ।
  • गत आवमा ४.६१ प्रतिशत वृद्धिदरसहित अर्थतन्त्र ६१ खर्ब सात अर्ब रहेकोमा यस वर्ष वृद्धिदर केही खुम्चिए पनि अर्थतन्त्रको कुल आयतन भने बढेको ।
  • यो तथ्याङ्क चालु आवको सुरुवाती आठ महिनाको वास्तविक तथ्याङ्क (रियल डेटा) र बाँकी चार महिनाको अनुमानमा आधारित छ ।

 

४. सञ्चार प्रविधिका क्षेत्रमा ठुलो उपलब्धि हासिल गर्दै हालै कुन देशले विश्वकै पहिलो ‘प्रिसिक्सजी’ परीक्षण नेटवर्क सञ्चालनमा ल्याएको छ ?

➤ चीन (सन् २०२६ अप्रिल) 

  • मुख्य उपलब्धि : विश्वकै पहिलो ‘प्रिसिक्सजी’ परीक्षण नेटवर्कको शुभारम्भ ।
  • प्रमुख क्षमता : हाल प्रचलनमा रहेको फाइभजीभन्दा १० गुणा बढी ।

प्राविधिक विशेषता: 

  • उच्च ब्यान्डविथ र न्यूनतम ढिलाइ (लो लेटेन्सी) ।
  • आर्टिफिसियल इन्टेलिजेन्सको सहज एकीकरण ।
  • लामो दुरीको कभरेज र प्रणालीगत प्रमाणीकरण ।

 

५. कर्मचारीलाई योग्यता, क्षमता, कार्यसम्पादन, अनुभव र दक्षताका आधारमा एक ठाउँबाट अर्को ठाउँमा सरुवा गर्ने वा जिम्मेवारी दिने प्रक्रियालाई के भनिन्छ ?

➤ मेरिटमा आधारित सरुवा तथा पदस्थापन (मेरिटबेस्ड ट्रान्सफर एन्ड प्लेसमेन्ट)

  • नेपालमा नयाँ सरकारद्वारा (वि.सं. २०८२ चैत महिनादेखि) यसको सुरुवात गरिएको ।
  • मुख्य आधार : राजनीतिक दबाब, पहुँच, व्यक्तिगत सम्बन्ध वा पक्षपातका आधारमा नभई विशुद्ध कार्यसम्पादन र योग्यताका आधारमा कर्मचारीको नियुक्ति वा सरुवा गरिने ।
  • अन्तर्राष्ट्रिय अभ्यास : योग्यता प्रणालीमा आधारित यो अभ्यास विशेष गरी विकसित मुलुकमा बढी प्रचलनमा रहेको पाइने । 

 

६. ‘भोदी’ खेल विशेष गरी कुन जाति/समुदायसँग सम्बन्धित रहेको छ ? 

➤ थारू 

  • थारू समुदायको संस्कृति तथा पहिचानका रूपमा रहेको मौलिक खेल भोदीको प्रवर्धन तथा विकास गर्ने उद्देश्यले २०८२ चैत २८ र २९ गते पूर्वी नवलपरासीको डन्डामा यस खेलको राष्ट्रिय प्रतियोगिता आयोजना गरिएको । 

 

७. २० औँ एनएनआइपिए स्पोट्र्स अवार्ड - २०८२ अन्तर्गत ‘सर्वोत्कृष्ट खेलाडी’ को अवार्डबाट सम्मानित हुने खेलाडी को को हुन् ?

➤ पुरुषतर्फ स्यान्टु श्रेष्ठ (टेबलटेनिस) र महिलातर्फ एरिका गुरुङ (कराँते) 

८. सरकारले समस्याग्रस्त सहकारीका कति रुपियाँसम्म बचत भएका सदस्यलाई ‘बचत तथा कर्जा सुरक्षण कोष’ मार्फत रकम फिर्ता गर्ने निर्णय गरेको छ ?

➤ पाँच लाख रुपियाँसम्म 

  • घोषणाको आधार : वि.सं. २०८२ चैत १५ गते सार्वजनिक गरिएको ‘सुशासन मार्गचित्र, २०८२’ ।
  • रकम फिर्ताको प्रत्याभूति : सम्पत्ति असुली नभए पनि पाँच लाखसम्म फिर्ता हुने कानुनी ग्यारेन्टी (तर पाँच लाखभन्दा माथिको बचत भने दामासाहीका आधारमा वितरण गरिने) ।
  • नयाँ संरचना निर्माण : हालको सहकारी विभाग खारेज गरी नयाँ ‘सहकारी नियमन प्राधिकरण’ स्थापना गरिने । साथै प्रत्येक समस्याग्रस्त सहकारीका लागि छुट्टै ‘टास्क फोर्स’ र ‘एसेट म्यानेजमेन्ट कम्पनी’ बनाइने ।

 

९.  नेपालको इतिहासमा कुन घटनालाई बस्नेत पर्व पनि भनिन्छ ? 

➤ भण्डारखाल पर्व 

 

१०.  ‘दी डार्क क्लाउड’ नामक औपन्यासिक कृतिका सर्जक को हुन् ?

➤ बङ्गलादेशी लेखिका जहाँआरा 

 

११. नेपाल नगरपालिका सङ्घको ३३ औँ स्थापना दिवसका अवसरमा ‘उत्कृष्ट नगरपालिका पुरस्कार - २०८२’ बाट कुन नगरपालिकालाई सम्मानित गरिएको छ ?

➤ मन्थली नगरपालिका (रामेछाप) 

  • प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालद्वारा प्रदान गरिएको ।
  • मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठद्वारा पुरस्कार ग्रहण ।
  • आव २०८१/८२ मा स्थानीय आर्थिक विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहमा उल्लेखनीय कार्यसम्पादन गरेबापत सम्मानित ।
  • काठमाडौँमा आयोजित कार्यक्रममा अवार्ड प्रदान गरिएको । 

 

१२. निवृत्तभरण (पेन्सन) लिने सेवाग्राहीले घरैबाट पेन्सन नवीकरण गर्न सक्ने गरी ‘ई. पेन्सन प्रमाणीकरण’ प्रणालीको सुरुवात कहिले गरिएको हो ?

➤ वि.सं. २०८२ चैत २७ 

  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा शुभारम्भ । 
  • प्रणाली विकास गर्ने निकाय : महालेखा नियन्त्रकको कार्यालय ।
  • हाल प्रत्यक्ष लाभान्वित : साढे तीन लाखभन्दा बढी (तीन लाख ५२ हजार ८१६ जना) ।
  • पेन्सन नवीकरणका लागि बैङ्क वा निवृत्तभरण कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यताको अन्त्य । सुशासन र मितव्ययिता कायम हुने ।
  • पेन्सन रकम र करको म्यानुअल गणना गर्दा हुने मानवीय त्रुटिको अन्त्य ।
  • समयमै नवीकरण हुने भएकाले सरकारको ढुकुटीमा हुने नगद प्रवाह अनुमानयोग्य भई आर्थिक व्यवस्थापन गर्न सहज हुने ।

 

१३.  सरकारले तर्जुमा गरेको एक सयदिने कार्यसूची अनुसार आगामी पाँच वर्षमा कति रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको छ ?

➤ १५ लाख 

  • आर्थिक वृद्धि : आगामी पाँच वर्षभित्र औसत आर्थिक वृद्धिदर सात प्रतिशत पु¥याइने । 
  • प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर र जिडिपी एक सयअर्ब डलरनजिक पु¥याइने ।
  • गरिबी निवारण : हालको बहुआयामिक गरिबीलाई घटाएर १० प्रतिशत कायम गर्ने ।

 

१४.  विन्ध्यवासिनी लाइफ टाइम अचिभमेन्ट अवार्ड २०८२ बाट सम्मानित हुने कलाकार को हुनुहुन्छ ? 

➤ शम्भुजित बाँसकोटा (सङ्गीतकार/गायक) 

  • पुरस्कार राशि : रु. एक लाख
  • आयोजक : विन्ध्यवासिनी फाउन्डेसन
  • स्थान : राष्ट्रिय नाचघर, जमल, काठमाडौँ
  • विधा सङ्ख्या : १२ प्रतिस्पर्धात्मक विधा र पाँच विशिष्ट सम्मान
  • विशिष्ट सम्मान तथा पुरस्कार राशि
  • विन्ध्यवासिनी सङ्गीत साधना सम्मान : गीतकार विजय शिवाकोटी (रु. ५० हजार) 
  • प्रेमध्वज सङ्गीत रत्न सम्मान : गायिका रचना रिमाल (रु. २५ हजार) 
  • झलकमान लोकसङ्गीत सम्मान : लोकगायक पशुपति शर्मा (रु. २५ हजार) 
  • विन्ध्यवासिनी कला पत्रकारिता सम्मान : पत्रकार पवन आचार्य (रु. २५ हजार) 

 

१५. पहिचान विशेष सम्मान २०८२ बाट सम्मानति हुने स्रष्टा को हुनुहुन्छ ?   

➤ प्राज्ञ वैरागी काइँला

  • पुरस्कार राशि : रु. पाँच लाख (आयामेली आन्दोलनका प्रणेता एवं नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति)
  • प्रदान गर्ने संस्था : पहिचान पुरस्कार कोष ।
  • त्यस्तै गेलु रातोसाललाई पहिचान युवा सम्मान (रु. ५० हजार) प्रदान गरिएको । 
  • यसअघि पहिचान विशेष सम्मानबाट राजु स्याङ्तान सम्मानित हुनुभएको । 

शेक्सपियरको घरमा बैरागी काइँलासँग

१६.  हालै सरकारले नागरिक एपमा कुन कुन व्यक्तिगत पञ्जीकरणका सूचना एकीकृत गर्ने प्रक्रिया अघि बढाएको छ ?

➤ जन्म, विवाह र सम्बन्धविच्छेदसम्बन्धी दर्ता 

  • जन्म, विवाह र सम्बन्धविच्छेद जस्ता राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकृत गरिने भएको । 
  • लक्ष्य : डिजिटल सुशासन सुदृढ गर्ने र नागरिक सेवालाई अनलाइन माध्यमबाट तीव्र बनाउने ।
  • अन्तिम चरणमा रहेका अन्य सेवा : निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोक सेवा आयोगको परीक्षार्थी प्रवेशपत्र, वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ एनओसी) । 

 

१७. नेपाली चिकित्सा जगत्मा आधुनिक शल्यक्रिया र न्युरो सर्जरी सेवाको जग बसाल्ने विशिष्ट चिकित्सक प्राडा दिनेशनाथ गङ्गोलको निधन कहिले भएको हो ? 

➤ वि.सं. २०८३ वैशाख ८ (९२ वर्षको उमेरमा)

  • उपकरण र पूर्वाधार अभावका बिच सन् १९६० को दशकमा वीर अस्पतालबाट जटिल मस्तिष्क शल्यक्रिया सुरु गरी नेपालमै विशेषज्ञ उपचार सम्भव बनाउने उहाँ एक युग प्रवर्तक चिकित्सक हुनुहुन्थ्यो ।
  • विशेष पहिचान : नेपालमा आधुनिक न्युरो सर्जरी सेवा सुरु गर्ने प्रथम चिकित्सक ।
  • सेवा र अनुभव : वीर अस्पतालमा करिब चार दशक सेवा । जीवनकालमा ४० हजारभन्दा बढी सफल शल्यक्रिया गरेको अभूतपूर्व कीर्तिमान ।
  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को स्थापना र विकासमा नेतृत्वदायी भूमिका ।

वरिष्ठ चिकित्सक दिनेशनाथ गोंगलको निधन | Nepal Khabar

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 34
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 156
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 128
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 250
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 361
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA