Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (२४ मङ्सिर २०८२, बुधबार)

  • Ajnabee Khadka
  • December 10, 2025
  • 545

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (२४ मङ्सिर २०८२, बुधबार)

Public Service Preparation Special: Objective Question and Answer (24 Mangsir 2082, Wednesday)

१.  बेलायतको ‘रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्ग’ द्वारा प्रदान (सन् २०२५) गरिएको प्रतिष्ठित ‘फेलोसिप अफ द रोयल कलेज अफ सर्जन्स’ (एफआरसिएस) उपाधिबाट सम्मानित हुने नेपाली चिकित्सक को हुनुहुन्छ ? 

➤ डा. पुकारचन्द्र श्रेष्ठ

  • अङ्ग प्रत्यारोपण क्षेत्रमा विश्वस्तरीय नतिजा र नेतृत्व देखाएको भन्दै कलेजले उहाँलाई यो सम्मान प्रदान गरेको ।

२. आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले षडानन्द राष्ट्रिय पुरस्कार २०८२ बाट कसलाई सम्मानित गर्यो? 

➤ तिलविक्रम नेम्वाङ (वैरागी काइँला) 

  • पुरस्कार राशि : रु. एक लाख 
  • षडानन्द क्षेत्रीय पुरस्कार : काशीनाथ तमोट (पुरस्कार राशि : रु. ५१ हजार) 

३. रुसका राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा भारतको औपचारिक भ्रमण कहिले भएको हो ? 

➤ सन् २०२५ डिसेम्बर ४–५

  • भ्रमणको क्रममा दीर्घकालीन आर्थिक रणनीति अन्तर्गत ‘स्ट्राटेजिक एरियाज् अफ इकोनोमिक कोअपरेसन’ नामक कार्यक्रम सार्वजनिक गरिएको । 
  • दुई पक्षबिच सामुद्रिक सहकार्य, बन्दरगाह र भन्सारसम्बन्धी सम्झौतामा हस्ताक्षर ।
  • भारत र रुसले आफ्ना राष्ट्रिय मुद्राहरूमा द्विपक्षीय व्यापारको भुक्तानी बढाउन निरन्तर काम गर्ने सहमति ।
  • रुसी र भारतीय मल कम्पनीले रुसमा युरिया प्लान्ट निर्माण गर्नका लागि एक समझदारीपत्रमा हस्ताक्षर ।

४. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले कुलपति राष्ट्रिय प्रवर्तन पुरस्कार २०८२ बाट कसलाई सम्मानित गर्यो? 

➤ डा. वसन्त पन्त

  • पुरस्कार राशि : रु. दुई लाख

५. अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस कहिले मनाइन्छ ? 

➤ डिसेम्बर ५

  • स्वयंसेवकको योगदानको सम्मान गर्दै र स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म स्वयंसेवाको संस्कृतिलाई प्रवर्धन गर्ने उद्देश्यले यो दिवस सन् १९८५ देखि मनाउँदै आइएको। 
  • सन् १९८५ मा संयुक्त राष्ट्रसङ्घीय महासभाले डिसेम्बर ५ लाई अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।

 

६. ‘बैङ्क अफ दी इयर’ २०२५ बाट सम्मानित हुने नेपाली बैङ्क कुन हो ? 

➤ सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड

  • ‘दी फाइनान्सियल टाइम्स’ ले डिसेम्बर ३ मा आयोजना गरेको एक कार्यक्रमका बिच सिटिजन्स बैङ्कलाई ‘बैङ्क अफ दी इयर’ २०२५ को अवार्ड प्रदान गरेको ।
  • यसअघि ‘बैङ्क अफ दी इयर’ २०२४ को अवार्डसमेत प्राप्त गरेको यो बैङ्क लगातार दुई पटक विश्वकै प्रतिष्ठित अवार्ड हासिल गर्न सफल भएको ।

 

७.  नेपाल विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) को सदस्य कहिले बनेको हो ?

➤ सन् १९७५ 

 

८. अनौठो जनविश्वास रहेको ग्रुब्राकुण्ड कहाँ रहेको छ ? 

➤ रसुवा 

  • रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिका–५ टेताङचेमा अवस्थित सो कुण्डमा हरेक वर्ष जनै पूर्णिमाको दिन मेला लाग्ने गर्छ । 
  • यस कुण्डमा स्नान गर्नाले विभिन्न रोग निको हुने विश्वास रहेको । बोल्न नसक्ने, कान नसुन्ने बालबालिकालाई यस कुण्डमा नुहाइदिएमा त्यस्तो समस्या हट्ने जनविश्वाससमेत रहेको । 

 

९.  अनुसूचीको व्यवस्था नभएको नेपालको संविधान कुन हो ?

➤ नेपाल अधिराज्यको संविधान, २०१५ 

 

१०. सरकारले घरजग्गा कारोबार गर्न इजाजत पत्र अनिवार्य गर्ने निर्णय कहिले गरेको हो ? 

➤ वि.सं. २०८२ असोज ९ 

  • सरकारले देशैभरका छ महानगर एवं ११ उपमहानगरपालिकाभित्र मात्रै एक पटकमा तीन करोडभन्दा बढीको घरजग्गा कारोबार गर्दा इजाजतपत्र लिनैपर्ने व्यवस्था गरेको। 

 

११. सरकारले बाघ गणनाका लागि तय गरेको मिति कुन हो ? 

➤ वि.सं. २०८२ पुस–फागुन 

  • बाघ गणना सुरु : विसं २०८२ पुस १ 
  • बाघ पाइने निकुञ्ज र संरक्षित क्षेत्रमा गणना गर्न लागिएको ।
  • हरेक चार चार वर्षमा बाघ गणना गरिँदै आएको । 
  • यसअघि विसं २०७८ मङ्सिर १९ गतेदेखि गरिएको गणनामा नेपालमा ३५५ बाघ पुगेका । 
  • बाघको सङ्ख्या ३५५ पुगेपछि नेपालले सन् २०२२ सम्ममा सङ्ख्या दोब्बर बनाउन लिएको लक्ष्य पूरा भएको ।
  • बाघ गणना सकिएलगत्तै गैँडा गणना गरिने जनाइएको । 

१२.  नेपालका प्रथम महालेखा परीक्षक को हुन् ?

➤ चन्द्रबहादुर थापा

 

१३. सरकारले मानव विकास सूचकाङ्कमा न्यून एवं गरिबीको दर उच्च रहेका उच्च पहाडी एवं हिमाली क्षेत्रका कति जिल्लामा स्वरोजगार तथा आर्थिक सामाजिक सशक्तीकरण कार्यक्रम लागु गरेको छ ? 

➤ १३ जिल्ला 

  • आर्थिक र सामाजिक रूपमा पछाडि परेका वर्ग र समुदायलाई लक्षित गरी सरकारले सामाजिक सशक्तीकरण कार्यक्रम सञ्चालन गरेको । 

 

१४. हाल कार्यान्वयनमा रहेको पर्यटन नीति कुन हो ? 

➤ पर्यटन नीति, २०८२ 

 

१५. मधेश प्रदेशको मुख्यमन्त्रीमा कसलाई नियुक्त गरियो ? 

➤ कृष्णप्रसाद यादव, विसं. २०८२ मङ्सिर १९ 

  • मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णद्वारा प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई नियुक्त गरिएको । 

 

१६. नेपाल राष्ट्र बैङ्कले उपभोक्ता मूल्य सूचकाङ्क (सिपिआई) को आधार वर्ष परिवर्तन गरी कुन आव कायम गरेको छ ? 

➤ आ.व. २०८१/८२ (छैटौँ पटक अद्यावधिक गरिएको) 

  • करिब एक दशकपछि सिपिआई गणनाका लागि आर्थिक वर्ष २०७१/७२ लाई हटाएर आव २०८१/८२ लाई नयाँ आधार वर्षका रूपमा लागु गर्ने निर्णय भएको ।
  • राष्ट्र बैङ्कका अनुसार उपभोक्ता मूल्य सूचकाङ्कले घरधुरीले उपभोग गर्ने वस्तु तथा सेवाको औसत मूल्यमा समय अनुसार हुने परिवर्तनलाई मापन गर्ने । यसका लागि निश्चित ‘बास्केट’ भित्रका वस्तुलाई तोकिएको भारका आधारमा गणना गरिने ।
  • नयाँ आधार वर्ष लागु भएपछि उपभोग भारमा महìवपूर्ण फेरबदल भएको । आव २०७१/७२ मा कुल उपभोगमा खाद्य तथा पेय पदार्थको हिस्सा ४३.९१ प्रतिशत रहेकोमा अहिले यो ३५.४९ प्रतिशतमा झरेको । त्यसै गरी गैरखाद्य तथा सेवाको हिस्सा ५६.०९ प्रतिशतबाट बढेर ६४.५१ प्रतिशत पुगेको । 
  • मूल्य सङ्कलनका लागि वस्तुहरूको ‘बास्केट’ पनि अद्यावधिक गरिएको । पहिले ४९६ प्रकारका वस्तु समावेश गरिएकोमा अहिले प्रयोगबाट हराउँदै गएका वा कम प्रचलनका सयओटा वस्तु हटाइएको । खाद्य समूहका वस्तु १६२ बाट घटेर १४५ कायम गरिएको छ भने गैरखाद्य र सेवा समूहका वस्तु ३३४ बाट बढेर ३८० पुगेका ।
  • राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको चौथो नेपाल जीवनस्तर सर्वेक्षणका तथ्याङ्क नै अब सिपिआई गणनामा भार निर्धारणका आधार हुने । यसअघि राष्ट्र बैङ्कले आफ्नो छुट्टैै घरधुरी बजेट सर्वेक्षणमार्फत भार निर्धारण गर्दै आएको थियो । 
  • राष्ट्र बैङ्कले सन् १९७३/७४ बाट मूल्य सूचकाङ्क प्रकाशन गर्न थालेको । 

१७. संयुक्त राष्ट्रसङ्घीय कृषि तथा खाद्य सङ्गठन (एफएओ) ले बालीको रोग पत्ता लगाउन सञ्चालनमा ल्याएको एप्स कुन हो ?

➤ टेलिप्लान्ट डाक्टर (सन् २०२४ फेबु्रअरी)

 

१८. संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित गाजा द्वन्द्व अन्त्य योजना तथा प्यालेस्टिनी क्षेत्र गाजामा अन्तर्राष्ट्रिय स्थिरीकरण बल तैनाथ गर्नेसम्बन्धी प्रस्ताव कहिले पारित गरेको हो ? 

➤ सन् २०२५ नोभेम्बर १७

  • प्रस्तावको प्रारूपमा गाजा क्षेत्रका लागि ‘शान्ति बोर्ड’ स्थापना गर्ने कुरा उल्लेख । यसको कार्यकाल सन् २०२७ सम्म रहने ।
  • प्रस्तावले सदस्य राष्ट्रहरूलाई ‘अस्थायी अन्तर्राष्ट्रिय स्थिरीकरण फोर्स’ (आईएसएफ) गठन गर्ने अनुमति दिने जसले इजरायल, इजिप्ट र नयाँ तालिम प्राप्त प्यालेस्टिनी प्रहरीसँग मिलेर गाजा क्षेत्रको सीमा सुरक्षा र निरस्त्रीकरणमा सहयोग गर्ने ।
  • ब्रिटेन, फ्रान्स र सोमालियासहित १३ देशद्वारा प्रस्तावको पक्षमा मतदान भएको । विपक्षमा मतदान नभएको । रुस र चीन भने मतदान प्रक्रियाबाट अलग रहेका । 

१९.  सामाजिक सुरक्षा दिवस कहिले मनाइन्छ ?

➤ मङ्सिर ११ गते 

  • वि.सं. २०८२ को नारा : सामाजिक सुरक्षा : सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिकको जीवन रक्षा । 
  • हालसम्म सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताको सङ्ख्या २६ लाख ४७ हजार पुगेको । 

 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 45
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 33
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 37
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 38
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 110
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA