Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (२५ असार २०८२, बुधबार)

  • Ajnabee Khadka
  • July 09, 2025
  • 975

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (२५ असार २०८२, बुधबार)

Public Service Preparation Special: Objective Question and Answer (25 Ashar 2082, Wednesday)

१. दैलेखको जलजले क्षेत्रमा कति वर्षलाई पुग्ने ग्यास रहेको रिपोर्ट आएको छ ?

➤ ५० वर्ष

  • – चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेले गरेको अनुसन्धानको प्रारम्भिक नतिजाले सो तथ्य देखाएको, 
  • – अनुसन्धान टोलीको प्रतिवेदन अनुसार सो स्थानमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डार रहेको, 
  • – विसं २०८० वैशाखबाट सुरु भएको अनुसन्धानको प्रारम्भिक नतिजा विसं २०८२ असारमा आएको, 
  • – अहिले नेपालले गर्ने आयातमध्ये १८ प्रतिशत पेट्रोलियम पदार्थकै हिस्सा रहेको । आव २०८०/८१ मा रु. दुई खर्ब ६८ अर्बको पेट्रोलियम आयात भएको थियो, 
  • – यातायातका साधनदेखि भान्साको ऊर्जा र इन्धनका लागि नेपालले आफ्नै उत्पादन प्रयोग गर्न पाए देशले आर्थिक रूपमा छलाङ मार्न सक्ने विश्वास गरिएको । 

२. थाइल्यान्डका प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई त्यहाँको संवैधानिक अदालतले देशको सूचना चुहाएको अभियोग लगाउँदै कहिले निलम्बन गरेको हो ?

➤ सन् २०२५ जुलाई १

 

३. न्यूनतम सेवा मापदण्डको लेखाजोखामा कोशी प्रदेशकै उत्कृष्ट अस्पताल बन्न सफल अस्पताल कुन हो ?

➤ उदयपुर जिल्ला अस्पताल 

  • – आव २०८१/८२ को न्यूनतम सेवा मापदण्डको लेखाजोखामा ९४ प्रतिशत अङ्क प्राप्त गरी उत्कृष्टता हासिल गरेको ।
  • – यस अघि आव २०७९/८० मा पनि यो अस्पतालले कोशी प्रदेशकै उत्कृष्ट अस्पतालको सम्मान प्राप्त गरेको थियो ।

४. एकल साहसिक यात्रा (सोलो एड्भेन्चर ट्राभल) गन्तव्यको सूची २०२५ मा नेपाल कति औँ स्थानमा परेको छ ?

➤ सातौँ 

  • – बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच बेटर एड्भेन्चर्स’ ले सार्वजनिक गरेको सूचीमा नेपाल सातौँ स्थानमा परेको ।
  • – नेपाललाई अद्वितीय भूदृश्य, समृद्ध संस्कृति, बजेटमैत्री सेवा र विविध साहसिक गतिविधिका लागि उच्च मूल्याङ्कन गरिएको ।
  • – एभरेष्ट बेसक्याम्प ट्रेक, अन्नपूर्ण सर्किट, चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी जस्ता गतिविधिले नेपाललाई आत्मिक शान्ति खोज्ने र साहसिकतामा रमाउने एकल पर्यटकहरूको प्रमुख रोजाइमा रहेको उल्लेख । 

एडभेन्चर्सका प्रमुख १० गन्तव्य:

१. इटाली 

२. जापान 

३. नर्वे 

४. स्पेन 

५. अल्बानिया 

६. पोर्चुगल 

७. नेपाल 

८. मोन्टेनेग्रो 

९. जोर्डन 

१०. ग्रिस

  • – नेपाल पर्यटन बोर्डले प्रवर्धन गर्दै आएको उत्तरदायी पर्यटन, सहज पहुँच, स्थानीय गाइड प्रयोग र समुदाय–आधारित पर्यटन प्रवर्धनको नीतिले नेपाललाई एकल यात्रुहरूका लागि थप सुरक्षित, भरपर्दो र रमणीय गन्तव्य बनाएको ।

५. विश्वकै गरिब राष्ट्रपतिको उपनामबाट परिचित उरुग्वेका पूर्वराष्ट्रपति जोसे अल्बर्टो ‘पेपे’ मुजिका कोर्डानोको निधन कहिले भएको हो ?

➤ सन् २०२५ मे १३ (८९ वर्षको उमेरमा)

 

६.  साइटिसको पूरा रूप के हो ?

➤ कन्भेन्सन अन इन्टरनेसनल ट्रेड इन इन्डेन्जर्ड स्पेसिज अफ वल्र्ड फौना एन्ड फ्लोरा

  • – दुलर्भ एवं सङ्कटग्रस्त वन्यजन्तु तथा वनस्पतिको संरक्षण गर्ने उद्देश्यले यो महासन्धि सन् १९७५ जुलाई १ देखि लागु भएको ।
  • – नेपालले सन् १९७५ मा नै यस सन्धिमा हस्ताक्षर गरेको ।

 

७. प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुन्द्रावती सेतीदेवी कुण्ड कहाँ रहेको छ ?

➤ दोलखा

  • – सुन्द्रावती सेतीदेवी मन्दिर आसपास रहेको पहराको एउटै ढुङ्गामा सात वटा अद्भुत र आकर्षक कुण्ड रहेका । 
  • – सुन्द्रावती सेतीदेवी कुण्डमा एकादशी, रामनवमी, फागु पूर्णिमा जस्ता पर्वमा ठुलो मेला लाग्ने गरेको । 

 

८. राष्ट्रिय पर्यटन नीति, २०८२ कहिले स्वीकृत गरिएको हो ? 

➤ वि.संं. २०८२ असार १३

 

९. युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद सम्मान–२०८२ बाट कस कसलाई सम्मानित गर्यो ? 

खेलाडीतर्फ: 

१. पारातेक्वान्दो:भरतसिंह महता,

२. तेक्वान्दो:प्रेमबहादुर लिम्बू, वीरबहादुर महरा, 

३. कबड्डी:अनुजा कुलुङ राई, मानमती बिष्ट,

४. महिला फुटबलर:दीपा शाही, 

प्रशिक्षकतर्फ:

१. तेक्वान्दो:कविराज नेगी, 

२. बक्सिङ निर्णायक:धनकुमार मैनाली, 

३. चिकित्सक तर्फ:राजु डङ्गोल महर्जन, 

  • – उपर्युक्त पुरस्कारहरूको राशि जनही एक लाख रुपियाँ रहेको, 
  • – खेलकुद पत्रकार श्रीलोचन राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मानसहित ५० हजार रुपियाँ प्रदान गरिएको, 
  • – खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार अन्तर्गत विभिन्न प्रदेशबाट थप ९ पत्रकारलाई जनही २५ हजार रुपियाँसहित सम्मान गरिएको । 

१०. राष्ट्रिय खेलकुद नीति – २०८२ कहिले स्वीकृत गरिएको हो ? 

➤ वि.सं. २०८२ असार ९

 

११. संयुक्त राष्ट्रसङ्घीय विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ? 

➤ सन् २०२५ जुन ३०–जुलाई ३, सेभिया (स्पेन)

  • – सम्मेलनमा नेपाललगायत संयुक्त राष्ट्रसङ्घका अधिकांश सदस्य राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूको सहभागिता रहेको । 
  • – सम्मेलनको पूर्ण सत्रमा अतिकम विकसित मुलुक समूहको अध्यक्षका हैसियतमा जुन ३० का दिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सम्बोधन गरिएको । 
  • – पछिल्लो दशकमा अल्पविकसित राष्ट्रको ऋण तीन गुणा बढेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले असमान व्यापारको वृद्धि र कमजोर लगानीका कारण विश्वव्यापी गरिबीको दर उस्तै रहेको बताउनुभएको । 
  • – विकसित देशमा प्रविधि र नवप्रवर्तन द्रुत गतिमा अगाडि बढिरहे पनि अल्पविकसित राष्ट्रले प्राविधिक र डिजिटल विभेदको सामना गरिरहेको पनि उहाँले बताउनुभएको । 
  • – प्रधानमन्त्री ओलीले सम्मेलनको पूर्वसन्ध्यामा सिभिल सोसाइटी फोरमद्वारा आयोजित अर्को समारोहको पूर्ण सत्रमा प्रमुख अतिथिको हैसियतमा सम्बोधन गर्नुभएको थियो । 

१२. धेरै गजुर भएको मन्दिर पाटनको कृष्ण मन्दिर हो भने गजुर नै नभएको मन्दिर कुन हो ? 

➤ अशोक विनायक

 

१३.  आन्तरिक राजस्व विभागले केन्द्रीय विजक प्रणालीको सुरुवात कहिलेदेखि गरेको हो ?

➤ वि.सं. २०७४ मङ्सिर १

 

१४. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९ल्ब्क्त्० को स्थापना कहिले भएको हो ?

➤ वि.सं. २०३९ मङ्सिर २०

 

१५. नेपाल र भारतबिच भएको सन् १९५० को सन्धिमा नेपालको तर्फबाट कसले हस्ताक्षर गरेका थिए ?

➤ मोहनशमशेर (भारतको तर्फबाट : चन्द्रेश्वर नारायण सिंह)

 

१६.  हराएको वस्तु पाएबापत दिइने पुरस्कारलाई के भनिन्छ ?

➤ पलौनी

 

१७. नेपालको कुन हिमाललाई ‘म्याटरहर्न अफ हिमालयज’ उपनामले चिनिन्छ ?

➤ माछापुच्छे

 

१८.  ‘रातो र चन्द्र सूर्य....’ नामक गीतका सर्जक को हुन् ?

➤ गोपालप्रसाद रिमाल

 

१९.  अण्डा पार्ने स्तनधारी जीव कुन हो ?

➤ प्लेटिपस

 

२०. सरकारद्वारा कर्जा असुली न्यायाधीकरण गठन गर्ने निर्णय कहिले गरिएको हो ?

➤ वि.सं. २०८२ असार १३

  • – सहकारी संस्थाको कर्जा असुलीसम्बन्धी मुद्दाको सुरु कारबाही र किनारा लगाउनका लागि सो न्यायाधीकरण गठन गरिएको ।
  • – सर्वोच्च अदालतका उपसचिव कृतिबहादुर बस्नेत अध्यक्ष र वसन्तराज पुरी (धनकुटा) तथा गोविन्द शर्मा गैह्रे (तनहुँ) सदस्य रहेको न्यायाधीकरण गठन गर्ने निर्णय भएको । 

२१. सरकारले राष्ट्रिय चलचित्र दिवस कहिले मनाउने निर्णय गरेको छ ? 

➤ असोज १५ (विसं २०८२ असार १३ गतेको मन्त्रीपरिषद्को निर्णय) 

 

प्रस्तुतकर्ता : टङ्क केसी    

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 49
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 228
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 185
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 262
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 375
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA