Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२५ चैत २०८२, बुधबार)

  • Ajnabee Khadka
  • April 08, 2026
  • 765

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२५ चैत २०८२, बुधबार)

Public Service Preparation Special: Objective Question and Answer (25 Chaitra 2082, Wednesday)

१. विसं २०८२ चैत २२ को प्रतिनिधि सभा बैठकद्वारा सभामुखमा पदमा कसलाई चयन गरियो ? 

➤ डोलप्रसाद (डिपी) अर्याल 

  • अन्य दलबाट कुनै उम्मेदवारी नपरेपछि उहाँ उक्त पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । 
  • १० औँ सभामुखको रूपमा निर्वाचित अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराइएको हो ।
  • काठमाडौँ निर्वाचन क्षेत्र नम्बर९ बाट सांसद निर्वाचित अर्यालले यसअघि नेपाल सरकारको ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री’ को जिम्मेवारीसमेत समाल्नु भएको थियो ।
  • पहिलो सभामुख : कृष्णप्रसाद भट्टराई 
  • पहिलो महिला सभामुख : ओनसरी घर्तीमगर 

२. हालै नासाले चन्द्रमाको परिक्रमा गर्ने उद्देश्यका साथ अन्तरिक्षयात्रीसहित पठाएको ऐतिहासिक मिसनको नाम के हो ? 

➤ आर्टेमिस-२

  • सन् २०२६ अप्रिल १ मा फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको हो ।
  • यस मिसनका चार जना यात्रीमध्ये क्रिस्टिना कोच चन्द्रमाको कक्षमा पुग्ने पहिलो महिला र भिक्टर ग्लोभर पहिलो अश्वेत अन्तरिक्षयात्री हुन् ।
  • यात्रीहरूले चन्द्रमामा पाइला टेक्ने छैनन् । उनीहरूले यानमार्फत चन्द्रमाको नजिकबाट परिक्रमा गर्ने छन् र १० दिने यात्रापछि पृथ्वी फर्कने छन् ।
  • ५० वर्षपछिको यो पहिलो मानवसहितको चन्द्रउडानद्वारा आगामी मिसन (आर्टेमिस३) मार्फत मानिसलाई सुरक्षित रूपमा चन्द्रमामा उतार्नुअघि प्रविधिको परीक्षण गरिने जनाइएको छ । 

May be an image of text that says 'From startribune.com The Latest: Artemis Il astronauts reach orbit n historic mission to the moon a...'

३. वानीरा प्रज्ञा पुरस्कार २०८२ कसलाई प्रदान गरियो ? 

➤ कवि तथा गीतकार माधव खनाल ‘भावुक’

  • यसै गरी, कम्प्युटर वैज्ञानिक मुनि शाक्यलाई ‘वानीरा शङ्कर पुरस्कार’ प्रदान गरिएको छ । 
  • दुवै पुरस्कारको राशि जनही एक/एक लाख रुपियाँ रहेको छ । 
  • आख्यान, कविता र हास्यव्यङ्ग्य लेखनमा समर्पित चितवनका धनराज गिरीलाई पचास हजार रुपियाँ राशिसहित ‘वानीरा पुरस्कार’ बाट सम्मान गरिएको हो । 
  • त्यसै गरी किशोरावस्थादेखि नै समाज सेवामा समर्पित काठमाडौँका सरोज ढकाललाई ‘वानीरा सेवा सम्मान’ प्रदान गरिएको छ । 
  • नेपाली साहित्य जगत्की प्रतिभा डा. वानीरा गिरीको सम्झनामा यी पुरस्कार स्थापना गरिएको हो । 

भावुक, शाक्य र गिरीलाई 'वानीरा पुरस्कार'

४. काठमाडौँ महानगरपालिकाद्वारा साझा यातायातसँगको सहकार्यमा रात्रिकालीन सार्वजनिक यातायात सेवा कहिलेदेखि सञ्चालन गर्ने निर्णय भएको छ ? 

➤ वि.सं. २०८३ वैशाख १ 

  • यस सेवा अन्तर्गत हाल एउटा रुट ललितपुरको लगनखेलदेखि पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गङ्गालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म हुने छ । त्यस्तै अर्को रुट थानकोटदेखि सतुङगल, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म रहेको छ । 
  • यी दुई रुटमा चार वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुने महानगरपालिकाले जनाएको छ । साँझ ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुने बसमा सिसिटिभी क्यामरा जडान हुने छन् । सुरक्षाका लागि नगर प्रहरी हुने छन् ।

May be an image of trolley and text

५. आख्यानकार परशु प्रधानको स्मृतिमा स्थापित ‘परशुकल्पना स्रष्टा सम्मान, २०८२’ कसलाई प्रदान गरियो ? 

➤ वरिष्ठ गीतकार किरण खरेल

  • नेपाल स्रष्टा समाजद्वारा आयोजित विशेष कार्यक्रममा वरिष्ठ समालोचक प्राडा दयाराम श्रेष्ठद्वारा गीतकार खरेललाई सम्मानपत्रका साथ नगद राशि एक लाख १११ रुपियाँ प्रदान गरिएको छ । 
  • सम्मानित स्रष्टा खरेलको पहिलो गीत ‘ए दूरका सितारा मेरो चाँदनी कहाँ छ...’ २०१४ सालमा रेकर्ड भएको थियो साथै हिमालको काखमा छ सानो मेरो गाउँ..., तिमीले चुमेका पाइला..., उसको मायाले मार्यो..., यो मौसम यो हरियाली..., नमान लाज यस्तरी..., वसन्त नै बस्न... लगायत सात सयभन्दा बढी गीत उहाँले सिर्जना गर्नुभएको हो ।

अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार गीतकार खरेललाई – Online Khabar

६. सरकारले नागढुङ्गा सुरुङमार्ग सञ्चालन तथा व्यवस्थानको जिम्मा कुन कम्पनीलाई दिने भएको छ ? 

➤ युसिनएआरटी जेभी (चिनियाँ कम्पनी)

  • सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनका लागि गत कात्तिक १६ गते ठेक्का आह्वान भएको थियो । १० कम्पनीले टेन्डर दिएकामा युसिनएआरटी जेभीले सबैभन्दा कम रकममा ठेक्का प्रस्ताव गरेको थियो ।
  • सो सुरुङमार्ग विसं २०८३ वैशाख अन्तिममा परीक्षण तथा साउन पहिलो सातादेखि व्यावसायिक सञ्चालन हुने जनाइएको छ । 

 

७. नेपालमा कृषि तथा पशु बिमाको सुरुवात कहिलेदेखि भएको हो ?

➤ वि.सं. २०६९ माघ

 

८.  प्रमुख निर्वाचन आयुक्त वा निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता कति हो ?

➤ स्नातक तह

 

९. सर्वप्रथम सुशासन शब्दको आधिकारिक प्रयोग कहिले गरिएको हो ? 

➤ सन् १९८९ (विश्व बैङ्कद्वारा)

  • विश्वमा पहिलोपल्ट विश्व बैङ्कद्वारा प्रस्तुत  सन् १९८९ को ‘सबसहारन अफ्रिका ः फ्रम क्राइसिस टु सस्टेनेबल ग्रोथ’ प्रतिवेदनले अफ्रिकाको विकास नहुनुको मुख्य कारण ‘शासन व्यवस्थाको कमजोरी’ लाई मानेको छ । सन् १९९० को दशकबाट दिगो विकास र गरिबी न्यूनीकरणको अनिवार्य सर्तको रूपमा सुशासनको अवधारणाको उदय भएको हो ।
  • सन् १९९२ को विश्व बैङ्ककै अर्को प्रतिवेदन ‘गभर्नेन्स एन्ड डेभलपमेन्ट’ मार्फत सुशासनका मुख्य तत्व जस्तै : पारदर्शिता, उत्तरदायित्व आदि स्थापित भएको छ ।
  • विश्वव्यापी मान्यताः सन् १९९५ को ‘सामाजिक विकाससम्बन्धी विश्व सम्मेलन’ ले सुशासनलाई प्रजातान्त्रिक र मानवकेन्द्रित दिगो विकासको आधारशिलाको रूपमा घोषणा गरेको छ ।
  • मुख्य उद्देश्य : शासन व्यवस्थामा सुधार ल्याई जनतालाई उपलब्ध गराउने सेवा प्रवाहमा गुणस्तरीयता, पारदर्शिता र प्रभावकारिता बढाउनु हो ।

 

१०. वि.सं. २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने विद्यार्थी सङ्ख्या कति रहेको छ ? 

➤ पाँच लाख १२ हजार ४२१ 

  • नियमिततर्फ : चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ : ७० हजार ८५५ विद्यार्थी । 
  • परीक्षा सञ्चालन मिति : विसं २०८२ चैत १९२९
  • परीक्षा केन्द्र : १,९६६ (जापानमा एकसमेत गरी) । 
  • राष्ट्रिय परीक्षा बोर्डले यस पटक एसइईको उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गरेको छ । 

 

११. सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा कसलाई नियुक्त ग¥यो ? 

➤ डा. गुणाकर भट्ट 

  • नियुक्त मिति : विसं २०८२ चैत २४ । 

 

१२.  कुन पुरस्कारलाई वैकल्पिक नोबेल पुरस्कार भनी चिनिन्छ ?

➤ राइट लिभ्लिहुड पुरस्कार 

 

१३.  अपरेसन नाइटिङ्गेल भन्नाले के बुझिन्छ ?

➤ प्राकृतिक प्रकोपबाट पीडित जनतालाई चिकित्सकीय सेवा उपलब्ध गराउन स्थायी रूपमा सञ्चालित कार्यक्रम ।

 

१४. सर्वोच्च अदालतको कायममुकायम प्रधान न्यायाधीशमा कसलाई नियुक्त गरियो ? 

➤ सपना प्रधान मल्ल (वि.सं. २०८२ चैत १८)

  • प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ बर्से उमेर हदका कारण अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले कामु प्रधान न्यायाधीशको रूपमा जिम्मेवारी समाल्नु भएको हो । 
  • उहाँ विसं २०७३ साउन १७ मा सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त हुनुभएको थियो । 
  • नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेकी मल्लले दिल्ली विश्वविद्यालयमा कानुनमै स्नातकोत्तर तथा अमेरिकाको हार्वर्डबाट जनप्रशासनमा स्नातकोत्तर गर्नुभएको छ । 

संवैधानिक इजलासमा सपना प्रधान मल्लको 'इन्ट्री' – Online Khabar

१५. सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय कहिले गरेको हो ? 

➤ वि.सं. २०८२ चैत २२

  • सरकारले हप्ताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 
  • कार्यालय समय बिहान नौ बजेदेखि बेलुका ५ बजेसम्म कायम गरिएको छ । 
  • सार्वजनिक बिदाका दुई दिन सबै सरकारी कार्यालय र शैक्षिक संस्था बन्द रहने छन् । 

हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय - बाह्रखरी :: Baahrakhari

१६.  नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको सुरुवात कहिले गरेको हो ?

➤ वि.सं. २०८१ मङ्सिर २

  • सुन्धारास्थित टेलिकमको कार्यालयमा ‘एआई ज्याक’ नामक रोबोट सेवा सञ्चालन गरिएको हो । 
  • सामान्य सोधपुछदेखि एनटिसी सेवाका थुप्रै प्रश्नको उत्तर ग्राहकले रोबोटमार्फत पाउन (सुन्न) सक्ने छ ।
  • रोबोटमा अङ्ग्रेजी र नेपाली भाषाबाट सेवाको व्यवस्था मिलाइएको छ । 

 

१७.  विमानमा जडित बल्याक बक्सको रङ कस्तो हुन्छ ?

➤ सुन्तला रङ

 

१८.  साना तथा मझौला उद्यम विकास केन्द्रको स्थापना कहिले गरिएको हो ?

➤ वि.सं. २०८१ मङ्सिर ३

 

१९. ‘सपना कतिपय’ नामक कथाकृतिका सर्जक को हुनुहुन्छ ? 

➤ कुमार काफ्ले (विपना कतिपय कृतिका सर्जक : इन्द्रबहादुर राई)

 

२०. प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा कस्तो निर्वाचन प्रणाली अपनाउने व्यवस्था छ ?

➤ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली 

 

२१. सरकारको मुख्य कानुनी सल्लाहकारको भूमिकामा रहने महान्यायाधिवक्ता पदमा कसलाई नियुक्त गरियो ? 

➤ डा. नारायणदत्त कँडेल 

  • नियुक्त मिति : वि.सं. २०८२ चैत २२
  • प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा नियुक्त । 
  • प्रथम महान्यायाधिवक्ता : कालीप्रसाद उपाध्याय (विसं २००८ पुस ८) 
  • पहिलो महिला महान्यायाधिवक्ता : सविता भण्डारी बराल (विसं २०८२ भदौ २९)

डा. नारायणदत्त कँडेल – Online Khabar

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 41
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 173
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 140
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 253
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 363
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA