Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (३ मंसिर २०८२, बुधबार)

  • Ajnabee Khadka
  • November 19, 2025
  • 356

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (३ मंसिर २०८२, बुधबार)

Public Service Preparation Special: Objective Question and Answer (3 Mangsir 2082, Wednesday)

१.  नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण कहिलेबाट सुरु भएको हो ? 

➤ विसं २०८२ मङ्सिर १ (सन् २०२५ नोभेम्बर १७)

  • खेल सञ्चालन मिति : विसं २०८२ मङ्सिर १ – २७ 
  • खेल स्थान : त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर, काठमाडौँ 
  • सहभागी टोली : ८ (जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स ।) 
  • उद्घाटन खेल : काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्स
  • पुरस्कार राशि : 
    • प्रथम : रु. एक करोड १० लाख 
    • दोस्रो : रु. ५१ लाख 
    • तेस्रो : रु. २५ लाख
    • चौथो : रु. १५ लाख 
  • क्रिकेटमा उदाउँदै गरेको नेपालद्वारा आयोजित फ्रेन्चाइ लिग नेपाल प्रिमियर लिग (एनपिएल) लाई पहिलो संस्करणमै आइपिएलसँग तुलना गरिएको थियो । एनपिएल पहिलो संस्करणमै विश्वको सबैभन्दा भ्यालुएबल फ्रेन्चाई क्रिकेट लिगको शीर्ष पाँचमा पर्न सफल भएको थियो । 
  • दोस्रो एनपिएलको सिङ्गल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायर हुँदै मङ्सिर २७ गते उपाधि भिडन्त हुने छ । यस पटक कुल ३२ खेल हुने छन् ।
  • हरेक टिममा कम्तीमा चारदेखि अधिकतम छ जनासम्म विदेशी खेलाडी राख्न पाउने 
  • प्रावधान रहेको । 
  • यस पटक फाप डु प्लेसिस (दक्षिण अफ्रिका), मार्टिन गप्टिल (न्युजिल्यान्ड), इमरान ताहिर (दक्षिण अफ्रिका), रवि बोपारा (इङ्ग्ल्यान्ड), व्रिmन लिन (अस्ट्रेलिया) जस्ता सुपरस्टार विदेशी खेलाडी विभिन्न टोलीमा आबद्ध भएका । 
  • दोस्रो एनपिएलमा आठमध्ये पाँच टिमले विदेशी प्रशिक्षक आबद्ध गरेका । 
  • प्रत्येक टिमका मार्की खेलाडीले जनही २० लाख रुपियाँ तथा अन्य घरेलु खेलाडी अधिकतम १५ लाखदेखि न्यूनतम दुई लाख रुपियाँमा टिममा आबद्ध भएका । 
  • नयाँ रूप प्रदान गरिएको रङ्गशालामा यो पटक अधिकांश खेल ‘फ्लड लाइट’ मा खेलिने भएको । रङ्गशालाको दर्शक क्षमता १३ हजार रहेको । 

२. राष्ट्रिय कर दिवस २०८२ को अवसरमा सबैभन्दा बढी आयकर तिरी सम्मानित हुने संस्था कुन हो ? 

➤ नेपाल दूरसञ्चार प्राधिकरण

सम्मानित व्यक्ति/संस्था 

  • व्यक्तिगत आयतर्फ : राजबहादुर शाह
  • एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने : थर्ड आइ इन्टरनेसनल
  • वस्तु निर्यातको कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने : डाबर नेपाल प्रालि, 
  • सूचना प्रविधिसम्बन्धी सेवामा सबैभन्दा बढी आयकर दाखिला गर्ने : भेरिस्क नेपाल प्रालि 
  • कृषि एवं पशुपन्छीजन्य उद्योग : पोषक ब्रिडर फार्म प्रालि
  • बैङ्किङ र बिमा संस्थातर्फ : नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेड
  • स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ : नोबेल मेडिकल कलेज, टिचिङ हस्पिटल
  • पर्यटन व्यवसायतर्फ : सोल्टी होटल लिमिटेड
  • वस्तु व्यापार गर्ने संस्थातर्फ : भाटभटेनी सुपर मार्केट
  • ऊर्जामूलक उद्योगतर्फ : भोटेकोशी पावर कम्पनी प्रालि
  • रेमिट्यान्स तथा मनी कारोबार गर्ने संस्थातर्फ : आइएमई लिमिटेड 
  • वार्षिक कारोबारका आधारमा ५० करोडदेखि एक अर्बसम्मको कारोबार गर्ने : सिडिएस एन्ड क्लियरिङ लिमिटेड 
  • वार्षिक कारोबारका आधारमा ५० करोडसम्मको कारोबार गर्ने संस्था : भिएफ सर्भिसेज प्रालि ।
  • २०७६ सालदेखि २०८२ सालसम्म नियमित रूपमा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने कम्पनीका रूपमा नेपाल दूरसन्चार कम्पनी लिमिटेड र विशेष उद्योगतर्फ सबैभन्दा बढी कर तिर्ने युनिलिभर नेपाल लिमिटेड ।

३.  आन्तरिक राजस्व विभागले केन्द्रीय बीजक प्रणालीको सुरुवात कहिलेदेखि गरेको हो ?

➤ विसं २०७४ मङ्सिर १

 

४. विवाहित महिलाहरूको सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि जित्ने प्रतिभा को हुन् ? 

➤ रक्षा पन्त (बुटवल)

  • विसं २०८२ कात्तिक २९ गते राजधानीमा सम्पन्न प्रतिस्पर्धामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै रक्षाले मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि चुमेकी ।
  • मस्ट फोटोजेनिक उपाधि विजेतासमेत बनेकी उनले शीर्ष उपाधिसँगै स्कुटरका साथ अमेरिकामा हुने मिसेस वल्र्ड २०२६ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने छन् ।
  • प्रतियोगितामा सञ्जु भट्ट मिसेस नेपाल इन्टरनेसनल र दिपिका तामाङ एमएस नेपाल इन्टरनेसनलको उपाधि विजेता भएका । मिसेस नेपाल वल्र्डमै विद्या चौहान फस्ट रनर्सअपका साथमा भ्युवर्स च्वाइस र फेसबुक च्वाइस, एलिना केसी सेकेन्ड रनर्सअपका साथमा क्युट केयर वेष्ट हेयर र निर्मला सुनुवार थर्ड रनर्सअप घोषित भएका । 
  • मिसेस नेपाल इन्टरनेसनल विजेताले सिङ्गापुरमा हुने मिसेस इन्टरनेसनल र एमएस नेपाल इन्टरनेसनल विजेताले सिङ्गापुरमै हुने एमएस इन्टरनेसलन प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन पाउने ।

५. नेपालमा राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केन्द्रको स्थापना कहिले भएको हो ? 

➤ विसं २०८२ कात्तिक २४

  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा एआई केन्द्र स्थापना गरिएको । 
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कात्तिक २४ गते मन्त्रालयभित्रै केन्द्रको उद्घाटन गरेका । जेनजी आन्दोलनले उठाएको सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, नवप्रवर्तनलाई डिजिटल रूपान्तरणले मात्रै प्रभावकारी रूपमा समेट्ने भएकाले त्यसका लागि महìवपूर्ण एआईमा काम गर्न केन्द्र स्थापना गरेको जनाइएको । 

६. ‘इमानदार भयौ भने तिमीले धेरै साथी बनाउन नसकौँला तर जति बनाउँछौ साँचो साथी मात्र बनाउँछौ’ भन्ने व्यक्तित्व को हुन् ? 

➤ जोन लेनन 

 

७. व्यथित साहित्य सम्मान २०८२ कसलाई प्रदान गरियो ? 

➤ डा. तुलसीप्रसाद भट्टराई

 

८. दृष्टिविहीन महिला टी–२० विश्वकप प्रतियोगिताको आयोजक राष्ट्र कुन हो ? 

➤ भारत र श्रीलङ्का 

  • खेल सञ्चालन : सन् २०२५ नोभेम्बर ११–२३ 
  • संस्करण : पहिलो 

 

९. २२ औँ अन्तर्राष्ट्रिय कर सम्मेलनका लागि तय गरिएको मिति कुन हो ? 

➤ विसं २०८२ मङ्सिर २–५ (सन् २०२५ नोभेम्बर १८–२१), काठमाडौँ 

 

१०. इन्डोनेसिया सरकारले राष्ट्रिय नायकको उपाधि कसलाई प्रदान गर्यो ? 

➤ पूर्वराष्ट्रपति सुहार्तो (सन् २०२५ नोभेम्बर १०)

  • राष्ट्रपति प्रबोवो सुबियान्तोको अध्यक्षतामा आयोजित एक विशेष समारोहमा सुहार्तोलाई राष्ट्रिय सम्मानको उपाधि प्रदान गरिएको । 
  • लोकतन्त्रवादी अभियन्ता र सुहार्तोको कठोर शासनबाट पीडित जनताले यस कदमप्रति विरोध जनाएका । 
  • तीन दशकभन्दा लामो समयसम्म इन्डोनेसियामा शासन गरेका सुहार्तो अन्ततः सन् १९९८ को आर्थिक सङ्कटको समयमा उठेको जनविरोध र घातक दङ्गाका कारण सत्ताबाट हट्न पुगेका थिए । पदच्युत भएको आठ वर्षपछि सन् २००६ मा ८६ वर्षको उमेरमा उनको मृत्यु भएको ।
  • सत्तामा आएपछि सुहार्तोले सन् १९६५–६६ मा कम्तीमा पाँच लाख मानिसलाई कम्युनिस्ट भएको आरोपमा मारेको बताइन्छ । 

 

११. सगरमाथाको सबैभन्दा धेरै पटक आरोहण गर्ने गैर शेर्पा आरोही को हुन् ? 

➤ बेलायतका केन्टन कुल

  • ५१ वर्षीय बेलायती पर्वतारोही केन्टन कुलले सन् २०२५ मे १८ मा १९ औँ पटक सगरमाथाको सफल आरोहण गरेका । 

 

१२. नेपालका तर्फबाट आणविक ऊर्जासम्बन्धी कन्ट्री प्रोग्राम फ्रेमवर्क (सिपिएफ) मा कहिले हस्ताक्षर भएको हो ?

➤ सन् २०२२ सेप्टेम्बर २७

 

१३. एसियाली विकास बैङ्क (एडिबी) ले नेपालका लागि अघि सारेको नयाँ कन्ट्री पार्टनरसिप स्ट्राटेजीको अवधि कुन हो ?  

➤ सन् २०२५–२०२९

 

१४. गोपालप्रसाद रिमाल पुरस्कार – २०८२ बाट सम्मानित हुने स्रष्टा को हुनुहुन्छ ? 

➤ कवि मञ्जुल (मेघराज शर्मा नेपाल)

 

१५. मधेश प्रदेशको सदरमुकाम जनकपुरमा प्रथम राष्ट्रिय शिक्षा सम्मेलन कहिले सम्पन्न भएको हो ? 

➤ विसं २०८२ असार १०–११ 

 

१६. विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला को हुन् ?

➤ दावा याङजुम शेर्पा (दोलखा) 

 

१७. एकल साहसिक यात्रा (सोलो एड्भेन्चर ट्राभल) गन्तव्यको सूची २०२५ मा नेपाल कति औँ स्थानमा परेको छ ?

➤ ७ औँ 

 

१८. प्रकृतिमैत्री देशको सूचीमा विश्वमै पहिलो स्थानमा पर्न सफल राष्ट्र कुन हो ? 

➤ नेपाल

  • रोयल स्विडिस एकेडेमी अफ साइन्सको तर्फबाट स्प्रिन्जरले प्रकाशित गर्ने वातावरण विज्ञानसम्बन्धी विश्व प्रसिद्ध जर्नल एम्बियोमा प्रकाशित प्रतिवेदन अनुसार नेपाल विश्वकै सबैभन्दा प्रकृतिमैत्री देश बन्न सफल भएको । 
  • प्रकृतिसँग देशका जनताको संवेगात्मक तथा मनोवैज्ञानिक सम्बन्धका विषयमा विश्वका ६१ देशका ५७ हजार मानिसमा गरिएको अध्ययनले नेपालीहरूमा सर्वाधिक प्रकृतिप्रेम रहेको देखाएको ।
  • १.३९ अङ्कसहित नेपाल पहिलो स्थानमा पर्न सफल भएको । उक्त सूचीमा १.२२ अङ्कसहित इरान दोस्रो तथा १.२० अङ्कसहित दक्षिण अफ्रिका तेस्रो स्थानमा पर्न सफल। 
  • सर्वाधिक प्रकृतिमैत्री जनता भएका अन्य शीर्ष १० मुलुकमा क्रमशः बङ्गलादेश, नाइजेरिया, चिली, क्रोएसिया, घाना, बुल्गेरिया र ट्युनिसिया रहेका ।
  • प्रकृतिसँग सबैभन्दा कम जोडिएका पुछारका १० देशमा रुस, आयरल्यान्ड, साउदी अरब, बेलायत, नेदरल्यान्ड, क्यानडा, जर्मनी, इजरायल, जापान र स्पेन रहेका ।
  • ब्रिटिस तथा अस्ट्रियन शोधकर्ताको नेतृत्वमा भएको उक्त अध्ययनले अध्यात्म र धार्मिक आस्थाले मानिसहरूको प्रकृतिसँगको सम्बन्धलाई गहन बनाउने सर्वाधिक शक्तशाली तत्व रहेको देखाएको ।

१९. १७ औँ ब्रिक्स शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ? 

➤ सन् २०२५ जुलाई ५–६, रियो दी जेनेरियो, ब्राजिल 

 

२०.  बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय कहिले सुनाएको हो ? 

➤ सन् २०२५ नोभेम्बर १७ 

 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 38
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 30
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 34
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 32
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 107
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA