Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (४ असार २०८२, बुधबार)

  • Ajnabee Khadka
  • June 18, 2025
  • 774

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (४ असार २०८२, बुधबार)

Public Service Preparation Special: Objective Question and Answer (4 Ashar 2082, Wednesday)

१.  मानव विकास प्रतिवेदन, २०२५ मा नेपाल कति औँ स्थानमा रहेको छ ? 

➤ १४५ औँ

  • संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युनडिपी) ले सन् २०२५ जुन १० मा सार्वजनिक गरेको सो प्रतिवेदन अनुसार नेपाल ०.६२२ सूचकाङ्कसहित १४५ औँ स्थानमा रहेको । 
  • पछिल्लो ३५ वर्षमा नेपालको मानव विकास सूचकाङ्कमा ५४ प्रतिशतको वृद्धि भएको पनि प्रतिवेदनमा उल्लेख रहेको । 
  • मानव विकास सूचकाङ्कमा नेपाल मध्यम खालको मानव विकास भएका मुलुकको सूचीमा रहेको ।

२. अन्तर्राष्ट्रिय स्तरको ‘आइरिस’ प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो मेनपावर कम्पनी कुन हो ? 

➤ आइएमआर (इन्टरनेसनल मेनपावर रिक्रुटमेन्ट) 

  • वैदेशिक रोजगारी क्षेत्रमा पारदर्शिता, न्यायोचित प्रक्रिया र श्रमिक अधिकारको संरक्षण सुनिश्चित गरेको भन्दै आइएमआरलाई अन्तर्राष्ट्रिय भर्ना एकीकृत प्रणाली (आइरिस) को प्रमाणपत्र प्रदान (२०८२ जेठ २६) गरिएको । 
  • आइरिसका अनुसार हालसम्म यो प्रमाणपत्र पाउने ५ वटा (नेपाल, सिङ्गापुर, पोल्यान्ड, केन्या, मेक्सिकोका एक–एक) मात्रै मेनपावर कम्पनी रहेका । 

 

३. इजरायल र इरानबिच युद्धको सुरुवात कहिले भएको हो ? 

➤ सन् २०२५ जुन १३

  • जुन १३ मा इजरायलले इरानका आणविक केन्द्र र शीर्ष सैन्य अधिकारी लक्षित गर्दै अचानक आक्रमण सुरु गरेपछि दुई देशबिच लडाइँ सुरु भएको । 
  • इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सले इजरायलले आक्रमण जारी राखे आफ्ना आक्रमण थप बढाउने चेतावनी दिएको । 

४. वि.सं. २०८२ असार १ मा सात वटै प्रदेशद्वारा आव २०८२/८३ का लागि कुल कति राशिको बजेट प्रस्तुत गरियो ?

➤ रु. दुई खर्ब ८७ अर्ब ७० करोड 

सातै प्रदेशको बजेट (२०८२/८३) : सङ्क्षिप्त झलक 

बागमती प्रदेश :

– कुल बजेट : रु. ६७ अर्ब ४७ करोड ७३ लाख 

– चालुतर्फ : रु. २६ अर्ब चार करोड ४७ लाख (३८.६०५)

– पुँजीगत तर्फ : रु. ४१ अर्ब ४३ करोड २६ लाख (६१.४०५)

कोशी प्रदेश :

– कुल बजेट : ३५ अर्र्ब ८७ करोड ९९ लाख 

– चालु : १८ अर्ब ६७ करोड ३३ लाख (५२.०४ प्रतिशत)

– पुँजीगततर्फ : १७ अर्व १० करोड ६५ लाख (४७.६८ प्रतिशत)

– वित्तीय व्यवस्थातर्फ : रु. १० करोड (०.२८ प्रतिशत)

मधेश प्रदेश :

– कुल बजेट : ४६ अर्ब ९८ करोड ३३ लाख

– चालुतर्फ : १६ अर्ब ७२ करोड पाँच लाख (३५.५९ प्रतिशत)

– पुँजीगततर्फ : ३० अर्ब २६ करोड २८ लाख (६४.४१ प्रतिशत)

गण्डकी प्रदेश :

– कुल बजेट : रु. ३१ अर्ब ९७ करोड ९९ लाख 

– चालुतर्फ : रु. १२ अर्व ६३ करोड ६६ लाख (३९.५२ प्रतिशत)

– पुँजीगततर्फ : रु. १९ अर्ब नौ करोड ३३ लाख (५९.७१ प्रतिशत)

– वित्तीय व्यवस्थातर्फ : रु. २५ करोड (०.७८ प्रतिशत)

लुम्बिनी प्रदेश :

– कुल बजेट : रु. ३८ अर्ब ९१ करोड

– चालुतर्फ : रु. १२ अर्ब एक करोड ४७ लाख (३०.८८ प्रतिशत)

– पुँजीगततर्फ : रु. २३ अर्ब ४७ करोड १४ लाख (६०.३२ प्रतिशत)

– वित्तीय व्यवस्थातर्फ : रु. तीन अर्ब ४२ करोड ३७ लाख

(८.८०प्रतिशत)

कर्णाली प्रदेश :  

– कुल बजेट : रु. ३२ अर्ब ९९ करोड ६६ लाख 

– चालुतर्फ : रु. सात अर्ब ७९ करोड ९१ लाख (२३.६३ प्रतिशत)

– पुँजीगततर्फ : रु. १९ अर्ब ९८ करोड २९ लाख (६०.५६ प्रतिशत)

– वित्तीय व्यवस्थातर्फ : रु. ६१ करोड ५० लाख (१.८६ प्रतिशत)

वित्तीय हस्तान्तरण : रु. चार अर्ब ५९ करोड ९८ लाख (१३.९४ प्रतिशत)

सुदूरपश्चिम प्रदेश :

–कुल बजेट : रु. ३३ अर्ब ४७ करोड ६० लाख 

–चालुतर्फ : रु. १० अर्ब २० करोड ८१ लाख (३०.४९ प्रतिशत)

–पुँजीगततर्फ : १९ अर्ब ८३ करोड दुई लाख (५९.२४ प्रतिशत)

–वित्तीय व्यवस्थातर्फ : रु. एक करोड (०.०३ प्रतिशत) 

–वित्तीय हस्तान्तरण : रु. तीन अर्ब ४२ करोड ७७ लाख (१०.२४ प्रतिशत)

५. हालै (विसं २०८२ जेठ) आइएसओ २१००१ गुणस्तर प्रमाणपत्र प्राप्त गर्न सफल विद्यालय कुन हो ? 

➤ नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय (धादिङ)

  • आइएसओ २१००१ गुणस्तर प्रमाणपत्र प्राप्त गर्ने सो विद्यालय नेपालको दोस्रो सामुदायिक विद्यालय बनेको । 

 

६. भेरी–१ अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ? 

➤ २७० मेगावाट 

  • जाजरकोटको नलगाढ नगरपालिका र रुकुम पश्चिमको आठविसकोट नगरपालिका बिच रहेको भेरी नदीमा सो जलविद्युत् आयोजना निर्माण हुने भएको । 
  • निर्माण सम्पन्न अवधि : पाँच वर्ष । 
  • लागत अनुमान : रु. ४६ अर्ब 
  • उक्त आयोजना स्थलमा पुग्न मुख्य बाटोबाट ११ किलोमिटरको सहायक बाटो निर्माण गर्नुपर्ने जनाइएको । 
  • नदीमा तीन वटा बेलिब्रिजसमेत निर्माण गर्नुपर्ने भएको । 

७. नेपाल राष्ट्र बैङ्कले विसं २०८२ जेठ २७ मा सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार गत वैशाखमा मुद्रास्फीति कतिमा झरेको छ ?

➤ २.७७ प्रतिशत 

  • आर्थिक गतिविधि शिथिल हुँदा उपभोक्ता मूल्य वृद्धिदर पाँच वर्ष पछि कै न्यून विन्दुमा झरेको । 
  • राष्ट्र बैङ्कका अनुसार २०७७ माघमा उपभोक्ता मूल्य वृद्धिदर २.७७ प्रतिशतमा झरेको थियो । कोभिड–१९ को महामारीका कारण आर्थिक गतिविधि ठप्प हुँदा बजारमा वस्तु तथा सेवाको माग घटेपछि मुद्रास्फीति न्यून विन्दुमा झरेको थियो । 

८. आमाको नामबाट मात्र पनि नागरिकता दिइने विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट कहिले पारित भएको हो ? 

➤ वि.सं. २०८२ जेठ २७

 

९. धिमाल युवा प्रतिभा पुरस्कार २०८२ कसलाई प्रदान गरियो ? 

➤ डा. सजना धिमाल 

  • धिमाल समुदायबाट पहिलो चिकित्सक बन्न सफल डा. सजनालाई सो पुरस्कारबाट सम्मान गरिएको । 
  • हरेक वर्ष असार २ गते सिरिजात पर्व समापनका अवसरमा सो पुरस्कारबाट एक जना युवा प्रतिभालाई सम्मान गरिँदै आएको । 

१०. राष्ट्र बैङ्कले २०८२ जेठ २७ मा सार्वजनिक प्रतिवेदन अनुसार गत वैशाखमा मात्र नेपालमा कति विप्रेषण भित्रिएको छ ? 

➤ रु. एक खर्ब ६५ अर्ब ३० करोड 

  • मासिक रूपमा तुलना गर्दा वैशाखमा भित्रिएको रेमिट्यान्स हालसम्मकै सबैभन्दा बढी हो । 
  • आव २०८१/८२ को १० महिनाको अवस्था 
  • शोधनान्तर बचत : रु. चार खर्ब ३८ अर्ब 
  • विप्रेषण : रु. १३ खर्ब ५६ अर्ब 
  • कुल विदेशी मुद्रा सञ्चिति : रु. २५ खर्ब १२ अर्ब 

 

११. विश्वको पहिलो वैदिक घडी कुन हो ?

➤ विक्रामादित्य वैदिक घडी 

  • भारतको मध्यप्रदेशस्थित उज्जैनमा रहेको । 
  • समय गणना मान ३० घण्टा एक दिन एवं १ घण्टा ४८ मिनेट रहेको । 
  • यस घडीको उद्घाटन सन् २०२४ फेब्रुअरी २९ मा भारतीय प्रम नरेन्द्र मोदीद्वारा गरिएको । 

 

१२. पहिलो नेपाली एनिमेटेड फिचर फिल्म कुन हो ?

➤ सलिना (तेजसराज जोशी निर्देशित) 

 

१३. नेपालका प्रथम महालेखा परीक्षक को हुन् ?

➤ चन्द्र बहादुर थापा

 

१४. अनुसूचीको व्यवस्था नभएको नेपालको संविधान कुन हो ?

➤ नेपाल अधिराज्यको संविधान, २०१५ 

 

१५. धेरै गजुर भएको मन्दिर पाटनको कृष्ण मन्दिर हो भने गजुर नै नभएको मन्दिर कुन हो ? 

➤ अशोक विनायक

 

१६. आन्तरिक राजस्व विभागले केन्द्रीय विजक प्रणालीको सुरुवात कहिलेदेखि गरेको हो ?

➤ विसं २०७४ मङ्सिर १

 

१७. आणिविक हतियारमा प्रतिबन्ध लगाउनेसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सन्धि औपचारिक रूपमा कहिलेदेखि कार्यान्वयनमा आएको हो ?

➤ सन् २०२१ जनवरी २२

 

१८. नेपाल विश्व पर्यटन सङ्गठन (युएनडब्लुटीओ) को सदस्य कहिले बनेको हो ?

➤ सन् १९७५ 

 

१९. लोक सेवा आयोगको स्थापना कहिले भएको हो ?

➤ विसं २००८ असार १

  • ‘नेपाल पब्लिक सर्भिस कमिसन’ नामबाट २००८ साल असार १ गते लोकसेवा आयोगको विधिवत् स्थापना भएको । 

 

२०.  उपप्रधानमन्त्रीले को समक्ष शपथ लिनुपर्ने प्रावधान रहेको छ ?

➤ राष्ट्रपति 

 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 49
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 228
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 185
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 262
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 375
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA